 चीनको राज्य परिषदको सूचना कार्यालयका प्रमुख वाङ्ग छनले आज तीस तारिखका दिन पैचिङ्गमा बोल्दै चीन राष्ट्रिय मानव अधिकारको प्रक्रिया योजनाको तर्जुमा गरिरहेको छ र त्यसलाई आगामी सालको सुरुमै सार्वजनिक गर्ने योजना रहेको कुरा बताउनुभएको छ।
आजै आयोजित पत्रकार सम्मेलनमा श्री वाङ्गले बोल्दै यो योजना गरिबी निवारण, आर्थिक समानता, मातृ-शिशु संरक्षण आदि क्षेत्रहरुसित सम्बन्ध रहेको कुरा बताउनुभयो। यो विषय विश्व मानवअधिकार घोषणा-पत्रको सबभन्दा राम्रो प्रयोग हुनुका साथै चीनको मानव अधिकार कार्यको विकासलाई अघि बढाउने मूल तत्व हो भनी दावी गर्नुभएको छ।
|