china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    समसामयिक प्रसङ्ग
    (GMT+08:00) 2009-03-30 20:00:07    
                      यालुचाङ्ग बुच्याङ्ग नदीले तिब्बतको आधाभन्दा बढी क्षेत्रलाई नाघिरहेको छ। त्यसलाई तिब्बतको "मातृनदी" पनि मानिन्छ। भौगोलिक र मौसम एवम मानव जातिहरुको बढी प्रक्रिया आदि कुराहरुबाट आएको प्रभावले गर्दा सो नदीको केही भागमा बालुवीकरण र लोप हुन गएको प्रसंगलाई नै आजको प्रमुख विषय बनाएका छौं। यसका अतिरिक्त बेलायतको भ्रमणमा रहेको चिनियाँ तिब्बती शास्त्री प्रतिनिधि मण्डलले गत चौबीस तारिखका दिन बेलायतको वेस्मिन्स्टर विश्वविद्यालयमा बेलायती विद्वान र विदेशमा बसोबास गर्ने तिब्बतीहरुसित गोष्ठी र छलफल गरेको प्रसङ्गलाई पनि समेट्नेछौँ।समय रहेमा हालै पैचिङ्गमा आयोजित "तिब्बतमा प्रजातान्त्रिक सुधार भएको पचासौं वार्षिकोत्सव" प्रदर्शनीसंबन्धी विषय पनि प्रस्तुत गर्नेछौँ।अब कार्यक्रमतर्फ लागौं।

                           हिमाली श्रृंखलाबाट आएको यालुचाङ्गबुच्याङ्ग नदीलाई तिब्बतको "मातृनदी" पनि मानिन्छ। सो नदीको केही भागमा बालुवीकरण र लोप हुन गएको देखिन्छ र त्यहाँको वातावरण एकदमै नाजुक पनि भएको देखिन्छ। अब त्यहाँबाट पठाइएको एउटा विवरण सुनौं

                        पहिलेको जस्तै हरेक सालको मार्च लागेदेखि तिब्बतका तत्स्थानका बासिन्दाहरुले गठनबद्ध सो नदीको दक्षिण किनारमा पर्ने मङ्गारुङ्गछुन गाविसमा आउने गर्दछन्। उक्त गाविसका प्रमुख जाम्फाको भनाइअनुसार हाम्रा गाविसका बासिन्दाहरुले हरेक साल यसै बेलामा यहाँ आएर वृक्षरोपण गर्दछन्। यस साल पनि उनीहरुले एकदमै उत्साह लिई तिब्बती पात्रो अनुसार नयाँ वर्ष गएपछिको केही दिनभित्र वृक्षरोपण गर्दै आएका छन्।

                          आवाज दुई वृक्षरोपण गर्ने बासिन्दाहरुको उत्साह निकै ठूलो छ। यस सालमा राष्ट्रले हामीलाई प्रदान गरेको नगद रकम पनि बढाएको छ। यस सालमा भन्ने हो भने विरुवा रोप्ने हरेक खाडल खन्न एक दशमलब पाँच चिनियाँ युआन प्रदान दिएको छ। त्यति मात्र नभई पछि रुखहरु त हाम्रो गाविसको अधीनमा रहनेछन्। यसले गर्दा बासिन्दाहरुलाई निकै खुशी लागेको छ।

                      तिब्बत स्वायत्त प्रदेश सरकारले पनि हरेक सालमा दुई/तीन करोड चिनियाँ युआन छुट्याएर यालुचाङ्गबुच्याङ्ग नदीको दुई किनारमा वृक्षरोपण गर्ने गर्दछन्। तीमध्ये केही भाग चाहिं बासिन्दाहरुको श्रमिक आम्दानी हो। त्यसका साथसाथै ती रुखहरु ठूलो भएपछि बासिन्दाहरु स्वयम आफैले ती रुखहरुको प्रयोग गर्न सक्दछन् भन्ने निर्णय गरिन्छ। शान नान क्षेत्र अर्थात पहाडको दक्षिण क्षेत्रका बन जङ्गल व्यूरोका प्रमुख सोनाम दोर्जेले जानकारी दिंदै भन्नुभयोः यहाँका बासिन्दाहरुले यस्तै निर्णयबाट धेरै लाभ प्राप्त गर्दै आएका छन्। त्यसैले उनीहरुले वृक्षरोपण गर्न झन् झन् बढी रुपमा मन पराउंदै आएका छन्।

                       प्राप्त गरिएको जानकारीका अनुसार दर्जनौं सालदेखि वृक्षरोपण गर्ने र घाँस लगाउने एवम परियोजनाको संरक्षण गर्ने कार्यहरुमार्फत यालुचाङ्गबुच्याङ्ग नदीको मध्य भागमा एक सय साठी किलोमिटर लामो हुने र तीस हजारभन्दा बढी क्षेत्रफल हुने हरियो-भरियो लामो बरण्डाको स्थापना गरिसकिएको छ।

                    यालुचाङ्गबुच्याङ्गको मध्यभागका त्यस रुखको बरण्डाले तत्स्थानको नाजुक परयावरणको वातावरणको अवस्था सुधार भएको देखिन्छ। पहिले हूरी बतास र उडिरहेका बालुवाले गर्दा कुङ्गा विमान स्थलमा हरेको दिनको बिहानमा मात्र विमान उड्ने-ओर्लने गर्दथे। आज आएर सो विमान स्थलमा रातमा पनि विमान उड्ने-ओर्लने गर्न सक्दछन्।

                      गत हप्ता बेलायतको वेस्मिन्स्टर विश्वविद्यालयमा बेलायती विद्वान र विदेशमा बसोबास गर्ने तिब्बतीहरुसित तिब्बती शास्त्रीहरूले गोष्ठी र छलफल गरेका छन्। यस सम्बन्धी थप प्रस्तुति सहकर्मी यु फुङबाट उक्त प्रतिनिधि मण्डलका प्रमुख एवम चिनियाँ तिब्बती शास्त्र अनुसन्धान केन्द्रका एकेडेमीसीयन चाङ्ग युनले सुरुमा बोल्दै यस्तै खालको आवन-जावतमार्फत अझ बढी रुपमा इतिहासमा रहेका ठीक र बेठीक कुराहरुलाई छर्लङ्ग पारी मतैक्य कुराहरुको विस्तृत अध्ययन गरेर गल्ती कम पारेर सबैलाई तिब्बत समस्याप्रति अझ बढी रुपमा तिब्बतको वास्तविक कुरासित मेल गराउने आशा व्यक्त गर्नुभएको छ। उहाँ भन्नुहुन्छः पचास वर्षअघि अर्थात् सन् 1959को मार्चमा तिब्बतमा सामाजिक क्रान्ति सुरु भएको थियो। त्यसको अर्थ के हो भने पहिलेको राजनैतिक र धार्मिक एकीकरणको सामन्ती भूदास व्यवस्थाबाट प्रजातान्त्रिक समाजतिर संक्रमण गरेपछि समाजवादी समाजमा प्रवेश भएको थियो। त्यसबेलाको तिब्बतमा रहेका एघार लाख चालीस हजार जनसंख्यामा अत्यधिक जनता समाजको तल्लो स्तरमा रहन्थे। प्राज्ञिक क्षेत्रमा उनीहरुलाई भूदास भनिन्थ्यो। ती भूदास-भूदासीहरु मुक्त भई अरु मानिसहरुले जस्तै समानताका मालिकहरु बनेका छन्। त्यो सुधार तिब्बतका लागि निकै महत्वपूर्ण ठूलो घटना हो। पचास वर्षदेखि यता तिब्बतका स्थानीय अर्थतन्त्र, समाज, संस्कृति र मानिसहरुको मानसिक भावनामा निकै ठूलो परिवर्तन हुँदै आएको देखिन्छ।

                          त्यस अवसरमा श्री चाङ्ग युनले तिब्बतको प्रजातान्त्रिक सुधार र पश्चिमी क्षेत्रको प्रजातन्त्रसित तुलनामा गरी भन्नुभयोः प्रजातन्त्र अपेक्षाकृत कुरा हो। विभिन्न मुलुकहरु, भिन्नाभिन्नै चरण र बेग्लाबेग्लै मुलुकहरुको अवस्थामा प्रजातन्त्रका आआफ्नै विशेषता छन्। सन् 1959ताका तिब्बतको प्रजातन्त्रलाई भन्ने हो भने प्रजातन्त्रको अर्थ धेरैजसो तिब्बतीहरु, आफ्नो जीउको स्वतन्त्रता नभएकाहरु, कुनै सम्पति र आफ्ना श्रमिको उपभोग्य गर्न नसकेकाहरुलाई मुक्त गरी अरु मानिसहरुले जस्तै समानताको अवशर प्राप्त गरेर राजनैतिक क्षेत्रमा प्रजातन्त्र र आर्थिक क्षेत्रमा हक-अधिकार दिलाउनु पर्छ। यो निकै महत्वपूर्ण प्रजातन्त्रिक अर्थ हो।

                       गतहप्ता चीनको परराष्ट्र मन्त्रालयको निमन्त्रणामा चीनस्थित एक सय पचास जना विदेशी राजदूत तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरुले पैचिङ्गमा आयोजित "तिब्बतमा प्रजातान्त्रिक सुधार भएको पचासौं वार्षिकोत्सव" प्रदर्शनी अवलोकन गर्नुभयो।यससम्बन्धी थप विवरण यस पटकको प्रदर्शनी चीनमा आयोजित तिब्बतको प्रजातान्त्रिक सुधारसम्बन्धी पहिलो ठूलो प्रदर्शनी हो। उक्त प्रदर्शनीका पाँच भाग रहेका छनः "तिब्बतको शान्ति मुक्ति", "सशस्त्र विद्रोह साम्य", "तिब्बतको प्रजातान्त्रिक सुधार", "बितेका पचास वर्षमा एकीकरण तथा पृथकता, प्रगति तथा पश्चगामीबीचको संघर्ष" तथा "आर्थिक र सामाजिक विकास एवम् मानवअधिकार महाकार्यमा प्राप्त ठूलो उपलब्धि"।

                         पाँच सयवटा फोटाहरु तथा एकसय असीवटा सामान एवम् ऐतिहासिक सामग्रीबाट दर्शकहरुसमक्ष पुरानो तिब्बतको सामन्तबादी भूदास अवस्थाको पछिल्तिर तथा अँध्यारो पक्षलाई प्रतिविम्वित गरिएको साथै दलाइ समूहले सन् 1959मा गरेको सशस्त्र विद्रोहको वास्तविकतालाई पनि देखाइएको छ। यसका साथै उक्त प्रदर्शनीमा प्रजातान्त्रिक सुधार भएको पचास वर्षमा तिब्बतको विकास तथा प्रगतिलाई पनि देखाइनुका साथै तथ्यबाट तिब्बत समस्यासम्बन्धी दलाइ समूहका झूठा कुरालाई संकेतसमेत् गरिएको छ।

                      घानाका काउन्सलर अक्वासी अगेमान अग्यारेले प्रदर्शनीबारे चर्चा गर्दै भन्नुभयोः "पहिले हामीले चल-चित्रबाट तिब्बतसम्बन्धी जानकारी दिने गर्दथ्यौँ। तर हामीले लिएको जानकारी एकपक्षीय मात्र थियो। आज यो प्रदर्शनी हेरेपछि तिब्बतको विकासको वास्तविक अवस्था मैले बुझेको छु। दलाइ समूहले तिब्बत समस्याबारे चर्चा गरेको कार्वाहीबाट उनीहरुलाई डर लागेको महसुस मैले गरेको छु। म सबैलाई भन्न चाहिन्छु कि तपाईँहरुले सुन्नुभएको तिब्बतसम्बन्धी समाचार असत्य हुन्। तिब्बतको वास्तविक विकास हेर्नका लागि म जस्तै आफ्ना आँखाले तिब्बतको विकासलाई हेर्नुपर्छ।"

                      प्रदर्शनी स्थलमा चीन तिब्बत शास्त्र अनुसन्धान केन्द्रका तिब्बती विद्वानहरुले विदेशी राजदूतहरुसँग सदिच्छापूर्ण तथा मैत्रीपूर्ण आदान-प्रदान गर्नुभयो। उहाँहरुले तथ्य तथा अङ्कले तिब्बतमा प्रजातान्त्रिक सुधार भएको पचास वर्षमा प्राप्त गरिएका उपलब्धिबारे जानकारी दिनुभयो। जस्तै भनौं, हालसम्म तिब्बती किसान तथा पशुपालकहरुको आम्दानी सन् 1959को भन्दा एक सय गुणा बढी भएको छ। तिब्बतमा प्रतिव्यक्ति औसत आयु पहिलेको छतीसदेखि आजको सतसट्ठीसम्म उकासिएको छ। तिब्बतका प्राथमिक स्कुलमा पढ्ने विद्यार्थीहरुको संख्या कूल बाल-बालिकाको अन्ठानब्बे दशमलब पाँच प्रतिशत पुगेको छ। तिब्बतमा टेलिफोन प्रयोग गर्ने दर हरेक एक सय जनामध्ये पचपन्न पुगिसकेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040