china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    समसामयिक प्रसङ्ग
    (GMT+08:00) 2009-04-13 17:27:07    

                तीन वर्षसम्म छलफलको विषयमा रहेको चीनको चिकित्सा र औषधीसम्बन्धी परिपाटीको नयाँ सुधार योजना गत छ तारिखका दिन सार्वजनिक गरिएको प्रसंगलाई नै आजको प्रमुख विषय बनाएका छौं। यस कार्यक्रममा अप्रिल छ र सात तारिख चीनले लगातार गरी 2020 सालसम्म चीनको चिकित्सा र औषधीसम्बन्धी परिपाटीको सुधार गर्ने प्रारुप योजना र तीन वर्षभित्र सुधारका महत्वपूर्ण बुँदाहरुलाई व्यवहारमा उतार्ने योजना सार्वजनिक गरेको प्रसङ्गलाई पनि समेट्नेछौँ।

               आधारभूत चिकित्सा परिपाटीसम्बन्धी नयाँ सुधार योजनामा तोकिएको छ- सरकारले आधारभूत सार्वजनिक स्वास्थ्य सेवाका विस्तृत बुँदाहरुको तर्जुमा गर्नेछ। यस वर्षदेखि सरकारले क्रमशः शहरबासीहरुलाई एकीकृत रुपमा रोग-व्याधीको पूर्व प्रतिरोध र नियन्त्रण गर्ने, मातृ शिशुको स्वास्थ्यलाभ गर्ने र स्वास्थ्य विषयक शिक्षा दिने जस्ता आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नेछ। यससम्बन्धी थप प्रस्तुति सहकर्मी छाङ होबाट यस वर्षदेखि सरकारले क्रमशः शहरबासीहरुलाई एकीकृत रुपमा रोग-व्याधीको पूर्व प्रतिरोध र नियन्त्रण गर्ने, मातृ शिशुको स्वास्थ्यलाभ गर्ने र स्वास्थ्य विषयक शिक्षा दिने जस्ता आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नेछ। र सन् 2011 सम्ममा आधारभूत चिकित्सा सुनिश्चितता प्रणालीबाट देशभरिका सम्पूर्ण शहरबासीहरु लाभान्वित हुनेछन्। हालैका लागि चाहिं डाक्टरलाई हेर्न गाह्रो पर्ने र महंगो हुने समस्याको ठोस रुपमा समाधान गरिनुपर्दछ। दीर्घकालीन लक्ष्य चाहिं सम्पूर्ण शहरबासीहरुलाई ढाक्ने मूलभूत चिकित्सा स्वास्थ्य परिपाटीको स्थापना गरेर त्यसलाई पूर्णता दिलाउँदै सर्वसाधारण जनतालाई सुरक्षित, प्रभावकारी, सुविधाजनक र सुलभ चिकित्सा सेवा प्रदान गर्नुपर्दछ। चिनियाँ उप स्वास्थ्य मन्त्री चाँग माओले यस बारे जानकारी दिंदै भन्नुभयो-

              "मूलभूत चिकित्सा स्वास्थ्य परिपाटीसम्बन्धी योजनाले टप डिजाइन अर्थात सुधारको दिशा र दीर्घकालीन लक्ष्यमा सोच विचार पुर्‍याउनुका साथै वर्तमान समयमा टडकारो रुपमा देखापरेका समस्याको समाधानमा पनि घनिष्ठ नजर पुर्‍याएको छ। त्यसको मुख्य कुरोचाहिं आधारभूत चिकित्सा स्वास्थ्य सेवालाई एउटा सार्वजनिक उत्पादित वस्तुको रुपमा बनाएर सारा जनतालाई प्रदान गर्नु हो। जसबाट प्रत्येक मानिसले आधारभूत चिकित्सा सेवाको उपभोग गर्न पाउने लक्ष्यलाई साकार तुल्याउन सकियोस्"।

                यसका अतिरिक्त उक्त योजनाले "शहर र गाउँघरलाई एकीकृत विचारमा राखेर चाँजोपाँजो मिलाउँदै क्षेत्रीय विकास गर्ने" सम्बन्धी सुधार सिद्धान्तमा विशेष जोड दिएको छ। यस योजनाले जोडतोडसँग ग्रामीण चिकित्सा स्वास्थ्य सेवा सञ्जालको निर्माण गर्नुपर्ने कुरा अघि सारेको छ र यसबाट हरेक प्रशासनिक गाउँको एकएकवटा गाउँले चिकित्सक हुन सकोस्। यसका साथै सो योजनाले वरिष्ठ चिकित्सकहरुलाई ग्रामीण क्षेत्र र मध्य तथा पश्चिमी क्षेत्रमा स्वास्थ्य सेवा गर्न प्रोत्साहन दिएको छ।

                छिंग व्हा विश्वविद्यालयअन्तर्गत सार्वजनिक व्यवस्थापन क्याम्पसको स्वास्थ्य र विकास अध्ययन केन्द्रका सहायक प्रमुख श्रीमती हू लिनले चर्चा गर्दै "ग्रामीण क्षेत्रलाई महत्वपूर्ण बिन्दुको रुपमा रहेको" चिकित्सा सेवा सम्बन्धी नयाँ चरणको सुधार सम्बन्धी नीतिबाट चीनका व्यापक किसानहरु सबैभन्दा बढी लाभ प्राप्त हुने विचार व्यक्त गर्नुभयो-

              "यस पटकको चिकित्सा सेवासम्बन्धी सुधार कार्यको एक महत्वपूर्ण कुरा के हो भने निष्पक्षताको समस्याको समाधान। अघि यसबाट कम लाभ प्राप्त हुने ठाउँ ग्रामीण क्षेत्र हो। त्यसैले सार्वजनिकता र निष्पक्षताको निर्देशनमा यस योजना ग्रामीण बासिन्दाहरुलाई बढी लाभ दिलाउनुपर्ने कुरातर्फ उन्मुख भएको छ। यसले ग्रामीण क्षेत्रमा टाउन्शीप र जिल्लास्तरीय स्वास्थ्य चिकित्सकहरुले कुन कुन काम गर्नुपर्ने कुरा प्रष्टसँग प्रस्तुत गरेको छ"।

                गाउँघरमा ध्यान दिनुबाहेक शहरमा आर्थिक स्थिति कमजोर भएका मानिसहरुको चिकित्सा सुनिश्चितता र चिकित्सा सेवासम्बन्धी विषय पनि भावी सुधारको महत्वपूर्ण बिन्दु बनेको छ। थाहा भएअनुसार ती मानिसहरुमा टाट पल्टेका उद्योग व्यवसाय र कठिन स्थितिमा जाकिन पुगेका उद्योग व्यवसायका कामदार र अवकाश लिएका मानिसहरु, गैर सार्वजनिक स्वामित्वयुक्त उद्योग व्यवसायका कामदारहरु तथा शहरका बृद्ध व्यक्ति, अपाँगहरु र बालबालिकाहरु समावेश छन।

                चिकित्सा र औषधीसम्बन्धी परिपाटीको नयाँ सुधार योजनाले हित कल्याणकारी सिद्धान्तलाई आधार बनाएर "भूलभूत चिकित्सा स्वास्थ्य प्रणाली" लाई एक सार्वजनिक उत्पादित वस्तुको रुपमा बनाएको छ। अब यससम्बन्धी थप विवरण सहकर्मी छाङ होबाट चिकित्सा र औषधीसम्बन्धी परिपाटीको नयाँ सुधार योजना सार्वजनिक गरिएको कुराबाट चीन सरकारले जनताको जीवनमा बढी ध्यान पुर्‍याएको कुरा प्रष्ट्याइएको छ। सरकारले थप लगानी लगाएको कुरामार्फत यस्तो ख्याल विचार प्रकट गरेको छ। वास्तविकतामा यता हालैका केही वर्षदेखि चीन सरकारले चिकित्सा सेवाका लागि लगाउने गरेको रकम प्रतिवर्ष सरदर अठाइस प्रतिशतको दरले बृद्धि हुँदै आएको छ। जुन वित्तीय खर्चमा आएको बृद्धि मात्राभन्दा धेरै माथि चढेको छ। यस नयाँ योजनाले सार्वजनिक स्वास्थ्य सेवालाई एक सार्वजनिक उत्पादित वस्तुको रुपमा बनाएर यसका लागि लाग्ने खर्च सरकारले बेहोर्ने कुरा प्रष्ट्याएको छ। आउने तीन वर्षभित्र चीनले आधारभूत चिकित्सा सुनिश्चितता प्रणालीले सारा जनतालाई ढाक्ने र वीमा सेवामा संलग्न हुने व्यक्तिहरुको संख्या नब्बे प्रतिशतभन्दा बढी पार्ने लक्ष्य बनाएको छ। यस नीतिबाट ग्रामीण बासिन्दा र शहरमा आर्थिक स्थिति कमजोर भएकाहरु सबैभन्दा लाभान्वित हुनेछन्।

                जनताको जीवनमा ध्यान पुर्‍याउँने कुरा चिकित्साको स्रोत साधनको निष्पक्ष सामाजिक विभाजनबाट पनि अभिव्यक्त गरिएको छ। यसभन्दा अघि चीनका चिकित्सा र स्वास्थ्यको स्रोत साधन ठूला शहर र ठूला अस्पतालहरुतर्फ ढल्केका छन्। शहर र गाउँघरबीच, क्षेत्र क्षेत्रबीच र फरक फरक सामाजिक समूहबीच औषधि उपचारकको सुनिश्चितता उपभोग गर्ने दिशामा धेरै ठूलो अन्तर रहेको छ। यसैले चिकित्सा र औषधिसम्बन्धी परिपाटीको नयाँ सुधार योजनाले स्रोत साधनको अनुचित विभाजनको समस्याको समाधान गर्नेछ। त्यसैले सो नयाँ योजनाले सन् 2011 मा शहर र गाउँबस्तीका बासिन्दाहरुलाई ढाक्ने आधारभूत चिकित्सा सुनिश्चितता परिपाटी र आधारभूत औषधी परिपाटीको स्थापना गर्ने र सन् 2020 मा सारा बासिन्दाहरु लाभान्वित हुने आधारभूत चिकित्सा स्वास्थ्य परिपाटीको स्थापना गर्ने कुरा अघि सारेको छ र यसबाट प्रत्येक मानिसले आधारभूत चिकित्सा सेवाको उपभोग गर्ने लक्ष्य साकार हुनेछ। यसो गरेबाट चीनको सामाजिक सुनिश्चितता प्रणालीलाई पूर्णता दिलाउन सघाउ पुगेको मात्र होइन अझ जनताको स्वास्थ्य स्तरलाई माथि उकास्न पनि हितकर हुनेछ। साथै सामाजिक अन्तर्विरोधलाई घटाउन र सामाजिक मेलमिलापको प्रबर्द्धन गर्नका लागि पनि सकारात्मक अर्थको रहेको छ।

               चीनले गत छ तारिखका दिन चिकित्सा र स्वास्थ्य व्यवस्थाको सुधार योजना सार्वजनिक गरेको छ। त्यस योजनाअनुसार, सरकारको मुख्य निर्देशनमा रहेको आधारभूत चिकित्सा र स्वास्थ्य व्यवस्थाको स्थापना गरिनुपर्छ। त्यो व्यवस्था क्रमश: शहर तथा ग्रामीण क्षेत्रका बासिन्दाका लागि प्रयोग गरिनेछ। यससम्बन्धी थप विवरण सहकर्मी मेघाबाट बितेका दश वर्षभन्दा लामो समयमा चीनको चिकित्सा र स्वास्थ्य कार्य सामूहिक कल्याणको दृष्टिबाट सुरु भई बजारमूलक बाटोको सर्भेक्षण गर्न खोज्दैआएको छ। अहिलेसम्म उक्त कार्य पुन: सामूहिक कल्याणको बाटोमा फर्केको देखिन्छ।

               श्रोतागण, अहिले तपाईंले सुनिरहनुभएको आवाज एकजना पुराना चिकित्सकले बताएको आवाज हो। उनका अनुसार, उनी पहिले निकै व्यस्त थिए। दिनभरि अर्थात् चौब्बीस घण्टासम्म आराम हुने समय पटक्कै थिएन। जुन बेला रोगी आए त्यहाँ डाक्टर हुनुपर्छ।

                यसवर्ष सतसट्ठी वर्षको उमेरका पुराना चिकित्सक छ्यु फङ्ग यिङ्ग निकै प्रभावित छन्। चालीस वर्षअघि उनी गाउँमा रहेका एकजना चिकित्सक थिए। सन् 1968को अन्तमा उनी विश्वविद्यालयबाट स्नातक भएपछि ल्याउ निङ्ग प्रान्तको पा पाऊ गाउँमा रहेको चिकित्सा चौकीमा एकजना "गाउँले डाक्टर"बनिसकेका थिए।

                 त्यति बेला "गाउँले डाक्टर"भन्ने विशेषता रहेको ग्रामीण क्षेत्रको चिकित्सा व्यवस्थाले चिनियाँ किसानहरुका लागि रोग निवारण र उपचार गर्ने आधारभूत सुनिश्चितता ल्याएको थियो। त्यति बेलाका किसानहरुले रोगको औषधोपचार गर्नका लागि थोरैमात्र पैसा दिए पुग्थ्यो । ग्रामीण क्षेत्रको त्यस्तो चिकित्सा व्यवस्थालाई सन् 1980मा विश्व बैंक तथा विश्व स्वास्थ्य संगठनले "विकासोन्मुख मुलुकका लागि सर्वसाधारणको स्वास्थ्य समस्याको समाधान गर्ने उदाहरण"मानेको थियो।

                 ग्रामीण क्षेत्रको चिकित्सा व्यवस्था र शहरका कामदारका लागि श्रमिक सुनिश्चित चिकित्सा व्यवस्थासँगै मिलेर गत शताव्दीको पचास/साट्ठीको दशकमा चीनको चिकित्सा व्यवस्थाको आधारभूत प्रारुप बनेको थियो। तर युगको परिवर्तन हुदैगएको सिलसिलामा त्यस व्यवस्थामा झन् झन् बढी नकारात्मक असर पर्दै आएको देखिन्छ।

                 सन् 1985मा चीनको चिकित्सा सुधार औपचारिक रुपमा शुरु भएको थियो। त्यस सुधारको निर्देशन विचार के थियो भने बजारमूलक व्यवस्थाको आधारमा सामाजिक र आर्थिक नाफाको ख्याल-विचार गर्नुपर्छ। साथै सरकारले चिकित्सातर्फको लगानीलाई कटौती गरी अस्पतालको आफ्नो अधिकारको विस्तार गर्नुपर्छ।

                 सन् 1998मा चीन सरकारले "तीन किसिमका सुधार" लागू गर्न थालेको थियो। ती तीन किसिमका सुधारमध्ये चिकित्सा बीमा व्यवस्थाको सुधार, चिकित्सा र स्वास्थ्य व्यवस्थाको सुधार र औषधी उत्पादन र प्रचलन व्यवस्थाको सुधार पनि समावेश छन्। त्यसको मुख्य उद्देश्य चीनको शहर तथा गाउँबस्तीका कामदारका लागि आधारभूत चिकित्सा बीमा व्यवस्थाको स्थापना गरेमार्फत व्यवसायको बोझलाई खुकुलो पार्नु हो। तर त्यस सुधारमा बजारमूलक निर्देशन-कार्यनीतिको अझ अपनाएकाले सर्वसाधारणका लागि "रोगको उपचार गर्न ज्यादै अप्ठ्यारो र महङ्गो" हुने समस्याको समाधान गर्न सकिएको थिएन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040