china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    समसामयिक प्रसङ्ग
    (GMT+08:00) 2009-04-20 20:40:13    

                चीनको जल सेनाका डिपुटी चीफ अफ जनरल स्टाफ चाङ्ग द शुनले केही समयअघि घोषणा गर्दै यस महिनाको तेईस तारिखका दिन पूर्वी चीनमा पर्ने छिङ्ग ताउ नगरमा " मेलमिलापयुक्त समुद्र" मुख्य विषययुक्त पहिलो जल सेना-दिवसको आयोजना रहेको भन्ने प्रसंगलाई नै आजको प्रमुख विषय बनाएका छौं। कार्यक्रममा चीनमा उत्पादित वस्तुको 105औं आयात-निर्यात मेला अर्थात कुआङ चौ व्यापार मेला चीनको दक्षिणी भागमा पर्ने कुआङ चौ शहरमा सुरु भएको प्रसङ्गलाई पनि समेट्नेछौँ। साथै समय रहेमा पो आओ एशिलायी मञ्च सन् 2009 को वार्षिक सम्मेलन सत्रदेखि उन्नाईस तारिखसम्म दक्षिण चीनमा पर्ने हाइ नानको पो आओ नाउँको बस्तिमा आयोजना भइरहेको विषय पनि प्रस्तुत गर्नेछौँ।अब कार्यक्रमतर्फ लागौं।

                यसै महिनाको तेईस तारिखका दिन पूर्वी चीनमा पर्ने छिङ्ग ताउ नगरमा " मेलमिलापयुक्त समुद्र" मुख्य विषययुक्त पहिलो जल सेना-दिवसको आयोजना गर्नेछ र त्यसबेला अनेकौं मुलुकका जहाजबेडाहरुले संयुक्त रुपमा समुद्रमा सैनिकहरुको परेड समारोहमा सहभागी गर्ने छन् भनेर बताउनुभएको छ। यससम्बन्धी थप प्रस्तुति सहकर्मी यु फुङबाट चिनियाँ जन सेनाको स्थापना भएको साठीऔं वार्षिकोत्सव मनाउनका लागि चिनियाँ सेनाले यस महिनाको तेईस् तारिखका दिनलाई चीनको पहिलो " जल सेना दिवस"का रुपमा बनाउन निर्णय गरेको छ। त्यसबेला चिनियाँ जल सेनासमेत अमेरिका, रुस आदि तीस भन्दा बढी मुलुकहरुबाट आउन लागेका जल सेनाहरुका प्रतिनिधि मण्डलहरुले चीनको छिङ्ग ताउ नगरमा समुद्री सैनिक परेड समारोहको आयोजना गर्ने भएका छन्। चिनियाँ जल सेनाका डिपुटी चीफ अफ स्टाफ जनरल चाङ्ग द शुनले बोल्दै उक्त समारोहको आयोजना गर्नुबाट राष्ट्रिय भावनालाई तेज पार्न सकिन्छ र जिम्मेवार ठूलो मुलुकको प्रतिमा देखाउन सकिन्छ भनेर बताउनुभएको छ। उहाँले भन्नुभयो-

                उहाँको भनाइअनुसार हामीले पहिलो पटक जलसेना दिवसको आयोजना गर्नेछौं। यो चाहिं एक सयवर्षभन्दा बढी समयदेखि अनेकौं गन्यमान्य व्यक्तिहरुले आधुनिकीकरण र औद्योगीकरणका खोजतलाशी गर्दै आएर प्राप्त गरिएका केही नतीजाहरु देखाउनु नै हो।

                उहाँले अगाडि भन्नुभयो कि एउटा शक्तिशाली जल सेना हुनु चीनका केही युगहरुका मानिसहरुको अभिलाषा नै हो। चिनियाँ जल सेनाले आफ्नो प्रादेशिक समुद्री क्षेत्रमा अन्तर्राष्ट्रिय जलसेनाको परेड समारोहको आयोजना गरी आफ्नो सक्दो प्रयासमार्फत विकसित हुँदै आएको आधुनिकीकरण भएको जलसेना देखाउने छ। यस कुराबाट चीनको राष्ट्रिय सुरक्षाको संरक्षण गरी मुनासिब र न्यायोचित अन्तर्राष्ट्रिय अनुशासनको स्थापना गर्नका लागि निकै महत्वपूर्ण अर्थ रहन्छ।

                हाल चिनयाँ जलसेनाको जहाजबेडाले यदन खाडी र सोमाली समुद्री क्षेत्रमा जहाजहरुको संरक्षण गर्ने कार्य गरी आवत-जावत गरिरहेका विभिन्न मुलुकका व्यापारिक जहाजहरु र मावनतावादी मालसामानहरुको ढुवानी गरिरहेको संयुक्त राष्ट्र संघका जहाजहरुको संरक्षण गर्दै आइरहेको छ। यस कुराबाट अन्तर्राष्ट्रिय रुपमा जिम्मा लिंदै आएकोमा चीनको शुर्‍याइँ र अठोट देख्न सकिन्छ।

                त्यसरी नै श्री सुङ्गले बोल्दै चीनले जलसेनाको विकास आफ्नो मुलुकको संरक्षण गर्नुलाई अवश्यकता पर्छ भनेर जिम्मेवार ठूलो मुलुकको प्रतिमा देखाउनु पनि हो भनेर बताउनुभएको छ। मेलमिलापयुक्त विश्वको अनुशासनको प्रस्ताव र निर्माण गर्नु त्यसमध्येको मुख्य केन्द्र नै मानिन्छ। उहाँले भन्नुभयो-

               चीनको अर्थतन्त्रको विकास भएको हाराहारीमा चिनियाँ जलसेनाले उपर्युक्त जलसेना दिवसको आयोजना गर्न लागेको छ।

               ऐतिहासिक चीनको जलसेना चाहिं शक्तिशाली जल सेनायुक्त मुलुकको तुलनामा प्रबन्धका शर्तमा होस् वा तालिमको स्तर र लडाइँका अनुभवहरुमा होस्, सबै क्षेत्रमा हामी र उनीहरुबीच ठूलो अन्तर छ। चीनका लागि भावी विकसित बाटो अझै लामो हुनेछ।

                चीनको दक्षिणी भागमा पर्ने कुआङ चौ शहरमा हालै सुरु भएको आयात-निर्यात मेला विश्वमा मौद्रिक संकट फैलिइरहेको पृष्ठभूमिमा अन्तर्राष्ट्रिय व्यापारको महत्वपूर्ण मञ्च तथा चीनको वैदेशिक व्यापारको दिशा देखाइने भएको छ।अब यससम्बन्धी थप विवरण सहकर्मी हिमाबाट सन् 1957मा सुरु भएको कुआङ चौ व्यापार मेला हरेक वर्षको वसन्त तथा शरद ऋतुमा दुई पटक कुआङ चौमा आयोजना गरिने भएको छ। हालसम्म यो चीनमा सबभन्दा लामो इतिहास र सबभन्दा ठूलो परिधिको मिलिजुली अन्तर्राष्ट्रिय व्यापार मेला हो। गत वर्षदेखि यता विश्वमा फैलिइरहेको मौद्रिक संकटको प्रभावमा चीनको वैदेशिक व्यापार कठिनाइमा परेको देखिन्छ। पहिले कुआङ चौ व्यापार मेलामा राखिएका स्टलहरुको संख्या चाहिने मागभन्दा धेरै कम थिए र किन्ने व्यापारीहरु पनि आफैंले मेला जाने गरेका छन्। तर यस पटकको मेलामा भाग लिएका व्यापारी तथा किन्ने व्यापारीहरुको संख्या घटेको देखिन्छ।

                मौद्रिक संकटको चुनौतिको सामना गर्न यस पटकको मेलाको संयोजकले निहित शक्तिलाई निकाली मेलामा भाग लिने व्यापारीको परिधिलाई विस्तार गर्नेलगायत् विविध कदम चालेको छ। कुआङ चौ व्यापार मेलाका प्रेस प्रवक्ता मु सिन हाइले यसबारे जानकारी दिँदै भन्नुभयोः

              "यस पटकको मेलाका लागि हामीले आठ लाख विदेशी व्यापारिक कम्पनीलाई निमन्त्रणा दियौं। तीमध्ये युरोप, अमेरिका, जापानलगायत् परम्परागत लक्षित बजारका व्यापारीबाहेक, मध्य-पूर्व, मध्य युरोप, अफ्रिका, भारत तथा दक्षिण अमेरिकालगायत् नयाँ बजारलाई पनि समावेश गरिएको छ।

                यसका साथसाथै यस पटकको मेलाले व्यापारी जुटाउने तेह्र वटा टोलीको गठन गरी विश्वका अठतीस मुलुक तथा क्षेत्र गएर विविध तरिकामार्फत कुआङ चौ व्यापार मेलालाई प्रचार-प्रसार गर्‍यो। चीनको वाणिज्य मन्त्रालयका चारजना नेताको नेतृत्वमा हङ्गकङ्ग, अस्ट्रेलिया, न्युजिल्याण्ड, भारत, मोरोक्को, जोर्डन, केन्या, दक्षिण अफ्रिकालगायत् आठ वटा ठाँउमा उक्त मेलाको प्रचार-प्रसार समारोह आयोजना गरियो।

                प्राप्त जानकारीअनुसार, विभिन्न पक्षको साझा प्रयासमा यस पटकको मेलामा भाग लिने व्यवसायहरुको संख्या बाइस हजार पुग्यो र अघिल्लो पटकको मेलामा भाग लिएकाहरुको संख्याभन्दा कम भएता पनि यस मेलाको परिधि पहिलेको जस्तै कायम राखिएको छ।

                गत मार्चसम्म चीनको वैदेशिक व्यापार पाँच महिनासम्म लगातार रुपमा निर्यात तथा आयात दुवै घटेको देखा परेता पनि घटेको परिमाण चालू वर्षका जनवरी तथा फेब्रअरीको भन्दा कम भयो। चीनको वैदेशिक व्यापार राम्रो हुँदै गएता पनि त्यसको भविष्य चिन्तित भएको ठहर वाणिज्य मन्त्रालयका एक जना अधिकारिले व्यक्त गर्नुभयो। यसै आधारमा चीन सरकार तथा वैदेशिक व्यापारमा संलग्न चिनियाँ व्यवसायहरुले यस पटको कुआङ चौ व्यापार मेलामा ठूलो अपेक्षा राखेका छन्।

                पो आओ एशिलायी मञ्च सन् 2009 को वार्षिक सम्मेलन सत्रदेखि उन्नाईस तारिखसम्म दक्षिण चीनमा पर्ने हाइ नानको पो आओ नाउँको बस्तिमा आयोजना भइरहेको छ। त्यस अवसरमा एशिया एवम् अरु महाव्दीपबाट आएका हजारौं सरकारी नेतागण, वाणिज्य क्षेत्रका प्रमुख र विशेषज्ञ तथा विव्दानहरुले अन्तर्राष्ट्रिय मौद्रिक संकटको सामना गर्ने विषयमा छलफल गर्नुभयो।यससम्बन्धी थप विवरण सहकर्मी यु फुङबाट सो मञ्चको स्थापना भएदेखि यो साल विश्वव्यापी अर्थतन्त्रको अवस्थाका क्षेत्रमा सबभन्दा नराम्रो साल भएपनि सो वार्षिक मञ्चको तम्तयारी कार्य सुचारु भएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता श्रीमती च्याङ्ग युल् त्यसबारे जानकारी दिंदै भन्नुभयो-

                पो आओ एशियाली मञ्चको निमन्त्रणामा चीनका प्रधानमन्त्री वन च्या पाउले उक्त वार्षिक मञ्चमा सहभागी हुनुका साथै मुख्य लक्ष्ययुक्त सम्बोधन गर्नुहुने छ। पाकिस्तानका राष्ट्रपति, कजाकस्तानका राष्ट्रपति, टोगोका राष्ट्रपतिका साथै मङ्गोलिया, म्यामार, भियतनान, फिन्ल्याण्ड, अल्वानिया, न्यूजिल्याण्ड , पपुवा न्यूगिनीका प्रधान मन्त्रीहरु र थाइल्याण्डका उप राष्ट्रपतिले पनि त्यसमा भाग लिनुहुनेछ। त्यसका अतिरिक्त अमेरिकाका भूतपूर्व राष्ट्रपति जर्ज डब्लु बुश र जापानका भूतपूर्व प्रधानमन्त्री फासु फुकुदा आदि मुलुकहरुका राजनैतिकि गन्यमान्य व्यक्तिहरुले पनि सो वार्षिक मञ्चमा भाग लिनुहुने भएको छ।

                अन्तर्राष्ट्रिय मौद्रिक संकटको पृष्ठभूमिको अवस्थामा विभिन्न एशियाली मुलुकहरुको आ-आफ्नो आर्थिक वृद्धि-गतिमा मन्दि आएको देखिन्छ। त्यसरी चिनियाँ सामाजिक एकेडेमी प्रतिष्ठानअन्तर्गत् एशिया-प्रशान्त अनुसन्धानालयका एकेडेमीसीयन श्रीमती छाइ युले बोल्दै यस पटकको वार्षिक मञ्चको मुख्य विषयवस्तु चाहिं " आर्थिक संकट र एशिया, चुनौति र भविष्यतिर हेर्ने" हो भनेर बताउनुभएको छ। उहाँको भनाइअनुसार त्यहाँ उपस्थित भएकाहरुले मौद्रिक संकटको अवस्थामा एशियाली मुलुकहरुका सामु देखा परिरहेको चुनौतिको कसरी सामना गर्ने, बैकिङ्ग सिर्जना गर्ने र खुलापन एवम् निगरानीबीचको सन्तुलन गर्ने र त्यसका साथै यस सालको विश्वको आर्थिक परिस्थितिको विकास के कस्तो दिशातिर जाने हो सो हेर्ने। उहाँले भन्नुभयो-

               सो पो आओ मञ्च पूर्वी एशियाली शिखर मञ्चको समयलाई पछि सारिएपछि तुरुन्त आयोजना हुन लागेको मञ्च हो। त्यसैले सो वार्षिक मञ्चले केही परिमाणमा पूर्वी एशियाली मञ्चको आयोजना नगरिएकोमा उत्पन्न भएको अफसोसलाई हटाइदिएको छ। यस कुराबाट एशियाली मुलुकहरुबीचमा संकल्प र अठोटको पुनर्स्थापना गर्नका लागि निकै महत्वपूर्ण अर्थ छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040