china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    समसामयिक प्रसङ्ग
    (GMT+08:00) 2009-04-27 19:20:45    

                चिनियाँ जनमुक्ति सेनाअन्तर्गत जल सेनाको स्थापना भएको साठीऔं वार्षिकोत्सवका उपलक्ष्यमा बहुदेशीय जल सेनाका गतिविधिको उद्‍घाटन समारोह बीस तारिखका दिन सम्पन्न भएको प्रसंगलाई नै आजको प्रमुख विषय बनाएका छौं। कार्यक्रममा चिनियाँ जनमुक्ति सेनाअन्तर्गत जल सेनाको स्थापना भएको साठी औं वार्षिकोत्सवका उपलक्ष्यमा बहुदेशीय जल सेनाका गतिविधिको उद्‍घाटन समारोह बीस तारिखका दिन बेलुकी पूर्व चीनको तटवर्ती शहर छिंग ताउमा सम्पन्न भएको प्रसङ्गलाई पनि समेट्नेछौँ। साथै समय रहेमा चीनको राज्य परिषद्ले हालै चिनियाँ राष्ट्रिय जन कांग्रेस स्थायी समितिसमक्ष ग्रामीण क्षेत्रको सामाजिक प्रत्याभूति प्रणालीको निर्माणको अवस्थासम्बन्धी प्रतिबेदन पेश गरेको विषय पनि प्रस्तुत गर्नेछौँ।अब कार्यक्रमतर्फ लागौं।

               छाङ हो April 21 चिनियाँ जल सेनाका सेनापति ऊ शंग लीले उद्‍घाटन समारोहलाई सम्बोधन गर्दै यस गतिविधिले विभिन्न मुलुकका नाविक सेनाबीचको आदान प्रदानलाई मजबुत पार्न, आपसी जानकारी बढाउन तथा विश्वलाई चीन र चिनियाँ जल सेनाको बारेमा बढीभन्दा बढी जानकारी दिन सफल हुने आशा व्यक्त गर्नुभयो। यससम्बन्धी थप प्रस्तुति सहकर्मी छाङ होबाट चिनियाँ जल सेनाले आयोजना गरेको बहुदेशीय मुलुकका नाविक सेनाको यो पहिलो हर्ष बढाइं गतिविधि हो। चिनियाँ जल सेनाका उप सेनापति कु वन कंगले यो गतिविधि औपचारिक रुपमा शुरु भएको घोषणा गर्दै भन्नुभयो-

             "मेलमिलापपूर्ण समुद्र" विषयक बहुदेशीय जल सेनाका गतिविधिको उद्देश्य समुद्री सुरक्षा सम्बन्धी सहयोगलाई सबल पार्ने र संगसंगै मिलेर मेलमिलापपूर्ण समुद्री वातावरणको निर्माण गर्ने रहेको छ। यस गतिविधिबाट विश्व शान्तिको प्रबर्द्धन गर्ने र मेलमिलापपूर्ण विश्वको निर्माण गर्ने चीन सरकार र चिनियाँ जनताको सदिच्छा र समुद्री सुरक्षाको संरक्षण एवं मेलमिलापपूर्ण समुद्रको निर्माण गर्ने चिनियाँ जल सेनाको दृढ संकल्प यथेष्ट रुपमा अभिव्यक्त भएको छ। आजको भेटबाट अवश्य नै हाम्रा आपसी विश्वास बढ्ने, एकले अर्काकोवारेमा थप जानकारी प्राप्त हुने र आपसी सहयोग वृद्धि हुनेमा हामी पूर्ण विश्वस्त छौं"।

               थाहा भए अनुसार रुसी जल सेनाका प्रधान सेनापति र अमेरिकी जल सेनाका चीफ अफ नभल अपरेशन लगायतका उन्नतीसवटा मुलुकका जल सेनाका प्रतिनिधि मणडल र चौधवटा मुलुकका एकाइसवटा विभिन्न खालका युद्धपोतहरु छिंग ताउ बन्दरगाहमा आयोजित हर्ष बढाइं कार्यक्रममा सहभागि भएका छन्। ती विदेशी सैनिक युद्धपोतहरुले चिनियाँ जल सेनाका तीनवटा युद्धपोत बेडाहरुसित मिलेर समुद्री सैनिक परेडमा प्रदर्शित गर्नेछन।

               यसका साथै उन्नन्तीसवटा मुलुकका जल सेनाका प्रतिनिधि मण्डलहरुले बहुदेशीय जल सेनाका उच्च नेतृत्वसँग विचार विमर्श, युद्धपोतहरुबीच सिपको आदान प्रदान, सांस्कृतिक खेलकूदको आदान प्रदान गर्नुका साथै समुद्री सानपाम नौका प्रतियोगितामा भाग लिनेछन।

              सो अवसरमा चिनियाँ जल सेनाका सेनापति ऊ शंग लीले सहभागिहरुलाई स्वागत व्यक्त गर्दै भन्नुभयो-  

             "चीर शान्ति र साझा समृद्धिको मेलमिलापपूर्ण विश्वको निर्माण गर्ने चीन सरकारको घोषणा रहेको छ। शान्तिपूर्ण, मेलमिलापयूक्त र सहयोगी समुद्र"को स्थापना गर्नु बहुदेशीय जल सेनाको यस पटकको मुख्य उदेश्य रहेको छ। साथै विभिन्न मुलुकका नाविक सेनाबीचको आदान प्रदानलाई मजबुत पार्नु, आपसी जानकारीलाई बढाउनु र विश्वलाई चीनका साथै चिनियाँ जल सेनाको बारेमा बढीभन्दा बढी जानकारी गराउनु यस गतिविधिको मुख्य उद्देश्य रहेको छ।

               छाङ हो April 22 उद्‍घाटन समारोह बीस तारिखका दिन बेलुकी पूर्व चीनको तटवर्ती शहर छिंग ताउमा सम्पन्न भएको छ। चिनियाँ जल सेनाले आयोजना गरेको यो बहुदेशीय जल सेनाको पहीलो गतिविधि हो। अब यससम्बन्धी थप विवरण सहकर्मी छाङ होबाट सो गतिविधिमा अमेरिकाले "भारयाग" नामक "यू एस एस फिटजगेराल्ड" स्तरीय क्षेप्यास्त्रसहित विध्वंशक युद्धपोत पठाउनुका साथे अमेरिकी जल सेनाका चीफ अफ नभल अपरेशन गेरि रौगहेडले प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ। यस वर्षको शुरुदेखि यता अमेरिकाका सैनिक अधिकारीवाट भएको यो उच्चस्तरीय सैनिक भ्रमण हो। अमेरिकी संचार माध्यमले हालै दिएको समाचारमा श्री रौगहेदको भ्रमण दुई मुलुकका लागि अत्यन्तै उपलब्धिपूर्ण रहेको र त्यसबाट चीन र अमेरिकाका जल सेनाबीच भविष्यमा प्रतिद्बन्द्बीलाई कम गर्ने दिशामा एक महत्वपूर्ण पाइला रहेको उल्लेख गरेका छन्। श्री रौगहेदले "सक्रिय" भन्ने शव्दको प्रयोग गरी यी दुई मुलुकका जल सेनाबीचको वर्तमान सम्बन्धको मूल्याङ्कन गर्दै चीन र अमेरिकाका जल सेनाले आपसी सहयोगलाई मजबुत पार्नुपर्ने र मतभेदलाई हटाउनु पर्ने कुरामा जोड दिनुभयो। साथै उहाँले सोमालियाली समुद्री डाँकामाथि गरेको कार्वाहिले अभूतपूर्व रुपमा दुई मुलुकको जल सेनाबीचको सहयोगमा वल पुगेको उल्लेख गर्नुभयो।

              चिनियाँ जनमुक्ति सेनाअन्तर्गत जल सेना स्थापनाको साठीऔं वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित गतिविधिमा फ्रान्सले पनि सैनिक युद्धपोत पठाएको छ। ए एफ पीले एकाइस तारिखका दिन जनाए अनुसार चीनले यस पटकको गतिविधिमा पहिलो पटक आणविक पनडुब्बी जहाज प्रदर्शन गर्नेछ। तर चीनले यस कार्यमार्फत "आफ्नो शक्ति"को धाक देखाउन नखोजेको कुरामा जोड दिएको छ।

              चीनको छिमेकी मुलुक रुसले पनि यस गतिविधिमा आफ्नो युद्धपोत पठाएको छ। रुसी युद्धपोत वेलैमा छिंग ताउ बन्दरगाहमा आइपुगेको रुसी संचार माध्यमले जनाएका छन्। रुसी संचार माध्यम र केही विशेषज्ञले चीनले एक आधुनिक जल सेनाको निर्माण गर्नका लागि अझै केही समय लाग्ने विचार व्यक्त गरेका छन।

              पाकिस्तानले यस पटकको बहुदेशीय जल सेनाका गतिविधिलाई उच्च महत्व दिएको छ। त्यसले "बादर" नामक क्षेप्यास्त्रसहित विध्वंशक युद्धपोत र "नासर" नामक आपूर्ति युद्धपोत पठाउनुका साथै पाकिस्तानी जल सेनाका जनरल स्टाफ जर्नेल बाशीर चीनमा आयोजित जल सैनिक परेड कार्यक्रममा उपस्थित हुन बीस तारिखमा नै चीन आइपुग्नु भएको छ। पाकिस्तानले चिनियाँ जल सेनाको वास्तविक शक्तिको उच्च मूल्याङ्कन गरेको पाकिस्तानी संचार माध्यमले जनाएका छन्।

               दुइ वर्षअगाडि चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि सम्मेलनमा चीनको सत्तारुढ पार्टी-चिनियाँ कम्युनिष्ट पार्टीले "सन् 2020सम्ममा गरिबी निवारणलाई आधारभूत रुपमा सफल तुल्याउने, हरेक चिनियाँ नागरिकलाइ जीवनयापनका लागि आवश्यक आधारभूत बस्तुको प्रत्याभूति दिने" लक्ष्य तय गरेको थियो। यससम्बन्धी थप विवरण सहकर्मी रबिबाट राज्य परिषद्को ग्रामिण क्षेत्रको सामाजिक प्रत्याभूति प्रणालीको निर्माण सम्बन्धी प्रतिबेदनमाथि लेखाजोखा गर्नुअघि चिनियाँ राष्ट्रिय जन कांग्रेस स्थायी समिति अन्तर्गत कृषि तथा ग्रामिण क्षेत्र समितिले चीनका नौ वटा प्रान्तमा एक सर्भेक्षण गरेको थियो। कृषि तथा ग्रामिण क्षेत्र समितिका उप-प्रमुख लिउ चन वैले सो सर्भेक्षणको परिणामबाट हेर्दा चीनका विभिन्न ठाउँहरुमा ग्रामिण क्षेत्रको सामाजिक प्रत्याभूति प्रणालीको निर्माणमा ठूलो उपलव्धी हासिल गरिएको ठहर गर्नुभयो।  

              चीनले गरेको लगानी बढ्दै गएको छ भने प्रत्याभूति ढाक्ने क्षेत्र पनि क्रमश:विस्तार भएको छ। त्यसका अतिरिक्त, पैचिङ, थेन चिन तथा शाङहाई लगायत केही ठाउँहरुमा शहर र ग्रामिण क्षेत्रको सामाजिक प्रत्याभूति सम्बन्धी प्रणालीको सक्रियताका साथ अध्ययन गरिरहेका छन्। व्यापक किसानहरुले यस नीतिको ठूलो समर्थन जनाएका छन्।

              प्राप्त जानकारी अनुसार, अहिले चीनको ग्रामिण क्षेत्रमा सामाजिक प्रत्याभूति प्रणालीको प्रारम्भिक गठन भएको छ। तीमध्ये ग्रामिण क्षेत्रमा न्युनतम जीवनको प्रत्याभूति प्रणाली, ग्रामिण क्षेत्रमा नयाँ सहयोगात्क चिकित्सा प्रणाली, दैवि प्रकोप सम्बन्धी उद्धारक प्रणाली समावेश छन्। तीमध्ये सन् 2003देखि लागू भएको ग्रामिण क्षेत्रमा नयाँ सहयोगात्क चिकित्सा प्रणालीले सन् 2008को अन्त्यसम्ममा चीनको ग्रामिण क्षेत्रलाइ ढाकेको छ। यस प्रणालीमा भाग लिएका किसानहरुको संख्या एकासी करोड पचास लाख पुगेको छ भने निर्धारित समयभन्दा दुइ वर्षअगाडी सम्बन्धित लक्ष्यलाई सफल तुल्याइएको छ।

               चिनियाँ राष्ट्रिय जन कांग्रेसले केही दिनअघि ग्रामिण क्षेत्रको सामाजिक प्रत्याभूति प्रणालीको अवस्थाको सर्भेक्षण गर्दा केही समस्या पहीचान गरेको थियो। यसबारे चर्चा गर्दै चिनियाँ नागरिक मामिला मन्त्री ली श्वे च्वीले भन्नुभयो,

              आर्थिक तथा सामाजिक विकासको स्तर पिछडिएको, सम्बन्धित व्यवस्थाको निर्माण ढिलो भएको लगायतका कारणले हाम्रो देशको ग्रामिण क्षेत्रको सामाजिक कार्य समग्र रुपमा पिछडिएको र प्रत्याभूति पाउनेहरुको संख्या कम भएको छ। केही क्षेत्रमा सम्बन्धित नीतिलाई व्यवहारमा उतारिएको छैन।

              ती समस्याहरुले चीनको ग्रामिण क्षेत्रको सामाजिक प्रत्याभूति प्रणालीको सुधारलाई अरु सिमित पारेको छ। वर्तमान चीन सामू देखा परेको अन्तर्राष्ट्रिय बैंकिंग संकट, कतिपय किसान मजदुरहरु आफ्नो जन्म स्थल फर्केका तथा किसानहरुको आम्दानी मन्द गतिले बृद्धि भएको नयाँ परिस्थितिमा ग्रामिण क्षेत्रको सामाजिक प्रत्याभूति प्रणालीको निर्माणलाई सबल पार्नु आवश्यक तथा जरुरी देखिन्छ। श्री ली श्वे च्वीले चीनको ग्रामिण क्षेत्रमा सामाजिक प्रत्याभूतिको निर्माणका लागि तयगरिएको भावि योजनाबारे जानकारी दिनुभयो।  

             अबदेखि ग्रामिण क्षेत्रमा सामाजिक प्रत्याभूति कार्यमा सुधार ल्याउने कार्य सम्वन्धी प्रणालीमा रहेका विद्यमान त्रुटिको समाधानलाई महत्वपूर्ण विषय बनाएर प्रणाली ढाक्ने क्षेत्रको विस्तार गर्नुपर्ने तथा प्रत्याभूतिको स्तरलाई निरन्तर रुपमा उकास्नुपर्नेछ।

             त्यसका अतिरिक्त, चीनले ग्रामिण क्षेत्रमा सामाजिक प्रत्याभूति सम्बन्धी कानून तथा नियमलाई पूर्णता दिलाउनु पनि आवश्यक देखिन्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040