china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    समसामयिक प्रसङ्ग
    (GMT+08:00) 2009-05-04 20:32:39    
          हाल अमेरिका र मेक्सिको आदि देशमा मानिसहरुले स्वाइन फ्लू्को भाइरसको महामारी उत्पन्न भएको छ । जसबाट विश्वका सबै मुलुकहरुलाई यसले आकर्षण गरेको छ। तर चीनको सम्बन्धित विभागका अनुसार हाल चीनमा मानिसमा स्वाइन फ्लुको भाइरस लागेको बिरामी देखा परेको छैन भन्ने प्रसंगलाई नै आजको प्रमुख विषय बनाएका छौं। कार्यक्रममा चीनको मुख्य-भूमिको थाइवान् जलडमरु वारपार सम्बन्ध संघका प्रमुख छन् युन् लिन्‌ र थाइ वान् जलडमरु आदान प्रदान प्रतिष्ठानका प्रमुख च्यांग पिंग खुंगका बीच हालै नान् चिंगमा तीनवटा सम्झौता सम्पन्न भएको प्रसङ्गलाई पनि समेट्नेछौँ। साथै समय रहेमा हालै "पैचिङमा भेला हौँ" भन्ने कार्यक्रम पैचिङमा सुरु भएको विषय पनि प्रस्तुत गर्नेछौँ।अब कार्यक्रमतर्फ लागौं।

          चीनको सम्बन्धित विभागका अनुसार हाल चीनमा मानिसमा स्वाइन फ्लुको भाइरस लागेको बिरामी देखा परेको छैन । तर पनि देखा पर्न सक्ने उक्त विरामीको रोकथाम गर्नका लागि चीनले विविध कडा कदम चालिरहेको छ । चीनको स्वास्थ्य मन्त्रालयका प्रवक्ता माओ छ्युंग आन्‌ले बोल्दै हाल चीनमा स्वाइन फ्लु लागेका विरामी नरहेको कुरा बताउनुभयो । उहाँका अनुसार उक्त भाइरसको अनुक्रमको केरकार गर्नका लागि चीनले विशेषज्ञहरुको गठन गरिरहेको छ र स्वाइन फ्लुको महामारीको विकास प्रवृत्तिबमोजिम् विभिन्न रोकथाम गर्ने कार्य तयार पारिरहेको छ । उहाँले भन्नुभयोः

          स्वास्थ्य मन्त्रालयले अज्ञात कारणले निमोनियाँ र सरुवा रुघा लागेका विरामीसम्बन्धी प्रतिवेदन र निदान गर्ने विभिन्न स्तरीय र विविध खालको चिकित्सा अंगको कार्यलाई तीव्र पार्नेछ । यसका अतिरिक्त स्वास्थ्य मन्त्रालयले विभिन्न स्थानको स्वास्थ्य विभागसित केही स्वाइन फ्लुका शंकास्पद विरामीको उपचारमा उच्च महत्व दिने आग्रह गर्नुका साथै विशेष गरी पछिल्ला दुई हप्ताभित्र स्वाइन फ्लुको महामारी भएको क्षेत्रमा पुगेका मनिसहरुलाई ध्यान दिनु पर्ने आग्रह पनि गरेको छ । यसका अलावा स्वास्थ्य मन्त्रालयले केही महत्वपूर्ण नाका शहरमा तत्कालै निश्चित चिकित्सा अंगको तर्जुमा गरी केही शंकास्पद विरामीको समसामयिक रुपमा उपचार गर्न आग्रह पनि गरेको छ ।

          थाहा भएअनुसार हाल मानिसले स्वाइन फ्लुको भाइसरबारे छलफल र परीक्षण गर्नका लागि चीनको क्षमता र प्रविधि स्पष्ट रहेको छ । स्वास्थ्य मन्त्रालयले वैज्ञानिक अनुसन्धान अंगले छोटोभन्दा छोटो समयमा द्रूत निदान गर्ने प्रतिक्रियात्मक वस्तुको अनुसन्धान गर्न र उत्पादन गर्न आग्रह गरेको छ ।

          सरुवा रोगसम्बन्धी विशेषज्ञ , पैचिङ शहर रोग निवारण केन्द्र अन्तर्गत सरुवा रोग र स्थानीय रोग नियन्त्रण प्रतिष्ठानका प्रमुख वांग छ्युआन् यीले पत्रकारसित कुराकानी गर्दा हाल चीनमा मानिस स्वाइन फ्लु लाग्ने शंकास्पद विरामी देखा नपरेता पनि यस्तो भाइरससित मानिसहरुका बीच सर्ने विशेषता रहेको कारणले चीनमा स्वाइन फ्लुको महामारी स्वदेशमा सर्ने सम्भावनाप्रति चेतनाशील हुनुपर्छ । उहाँले भन्नुभयोः

          हाम्रो देशमा स्वाइन फ्लु लाग्ने सम्भावना रहिरहेको छ। किनकि अन्तर्राष्ट्रिय आदान प्रदान बढीभन्दा बढी हुँदै आएको छ । तर हाल स्वदेशमा स्वाइन फ्लु सर्ने जोखिमको मूल्यांकन गर्नु त गाह्रो पर्छ। विश्व स्वास्थ्य संगठनका अनुसार उक्त भाइरस ठूलो पैमानामा सरुवा रुघा फैलिने भाइरस बन्ने सम्भावना रहेको छ । किननि त्यो भाइरस नयाँ खालको सरुवा रुघाको भाइरस हो । त्यसका लागि धेरैजसो मानिसहरुको प्रतिरोध शक्ति छैन । यसैले मानिसहरु सजिलैसित त्यस्तो रुघा लाग्न सक्छ ।

          चीनको मुख्य-भूमिको थाइवान् जलडमरु वारपार सम्बन्ध संघका प्रमुख छन् युन् लिन्‌ र थाइ वान् जलडमरु आदान प्रदान प्रतिष्ठानका प्रमुख च्यांग पिंग खुंगका बीचको सम्झौतामा दुइ किनार बीचको नियमित वायु सेवाको सन्चालन सुरु गर्नु , बैंकिंग सहयोगलाई मजबूत पार्नु र संयुक्त रुपमा अपराधलाई नियन्त्रण गर्नु आदि विषय समावेश रहेको छ ।

          थाइ वान् जलडमरु वारपार सम्बन्ध संघ र थाइवान् जलडमरु आदान प्रदान प्रतिष्ठान बीचका नेताहरुको तेस्रो वार्तामा दुइ पक्षका बीच दुइ किनारको नियमित वायु सेवाको सन्चालन सुरु गर्ने आदि विषयबारे तीनवटा सम्झौता सम्पन्न भएको छ । यसका अतिरिक्त चीनको मुख्य भूमिको रकमले थाइवान्‌मा लगानी गर्ने विषयबारे दुइ पक्षले सर्वसम्मति जनाएका छन् । चीनको राज्य परिषद्‌ अन्तर्गत थाइवान् मामिला कार्यालयका प्रमुख वांग यीले उक्त वार्ताको परिमाणको उच्च मूल्यांकन गर्नुभयो । उहांका अनुसार उक्त सम्झौता सम्पन्न भएको कुरा थाइवान् जलडमरु वारपार सम्बन्ध संघ र थाइ वान् जलडमरु आदान प्रदान प्रतिष्ठानले गत वर्षदेखि यता प्राप्त गरेको अर्को एउटा महत्वपूर्ण सफलता हो र त्यसले दुइ किनारका बीच सम्झौता वार्ताको नयां ऐतिहासिक पाना उघारेको छ ।

      दुइ पक्षको प्रयासमार्फत दुइ किनार बीचको आर्थिक आवतजावतको सामान्यीकरणको उद्देश्य साकार हुँदै गएको छ । जस्तै भनौं नियमित वायु सेवाको सञ्चालनको मतलब दुइ किनार बीचको सीधै वायु सेवा झन् बढी रुपमा पूर्ण भएको छ । दुइ किनारका व्यक्तिहरु बीचको आदान प्रदानका लागि त्यसले नयां परिस्थिति बनाइदिएको छ । बैंकिंग सहयोगको सुरुवातको अर्थ भनेको दुइ किनार बीचको आर्थिक सम्बन्ध व्यावसायिक अर्थतन्त्रदेखि विकसित भएर बैंकिंग क्षेत्रसम्म पुगेको छ र नयां फड्को मारेको छ । चीनको मुख्य भूमिको रकम थाइवान्‌मा लगानी गर्नु त दुइ किनार बीचको आर्थिक आदान प्रदान पहिलेको एकोहोरो लगानीदेखि विकसित भएर दोहोरो लगानीसम्म पुगेको प्रतीक रहेको छ । जसले नयां रुपमा प्रगति प्राप्त गरेको छ । संयुक्त रुपमा अपराधलाई नियन्त्रण गर्नु त थाइवान् जलडमरु वारपार सम्बन्ध संघ र थाइवान् जलडमरु आदान प्रदान प्रतिष्ठान बीचको वार्ता आर्थिक विषय देखि विकसित भएर सामाजिक विषयसम्म पुगेको द्योतक पनि हो ।

          गत सालदेखि यता दुइ किनार बीचको सम्बन्धमा ठूलो र महत्वपूर्ण परिवर्तन भएको छ । दुइ किनार बीचको सम्बन्धमा आपसी सक्रियता देखिने परिस्थिति उत्पन्न भएको छ र सो सम्बन्ध शान्तिपूर्ण विकासको वाटोमा प्रवेश गरेको छ । थाइवान् जलडमरु वारपार सम्बन्ध संघ र थाइवान् जलडमरु आदान प्रदान प्रतिष्ठानका बीच झण्डै एक दशसम्म स्थगित भएको नियमित छलफलको पुनसुरुवात भएको छ । थाइ वान् जलडमरु वारपार सम्बन्ध संघ र थाइवान् जलडमरु आदान प्रदान प्रतिष्ठानका बीच बेग्ला बेग्लै रुपमा गत सालको जून र सेप्टेम्बरमा पैचिंग र थाइपैमा दुइ पल्ट नेताहरु बीचको वार्ता भएको थियो । तिनीहरुका बीच दुइ किनारा बीचको चार्टर विमान , चीनको मुख्य भूमिका वासिन्दाहरु थाइवानमा पर्यटन गर्न , दुइ किनारका बीच सीधैं वायु सेवा र हुलाक सम्बन्धी सहयोग आदि विषयबारे छ वटा सम्झौता सम्पन्न भएको थियो । चीनको मुख्य-भूमिको थाइवान् जलडमरु वारपार सम्बन्ध संघका प्रमुख छन् युन् लिन्‌ले भन्नुभयोः हाल विभिन्न सम्झौताको कार्यान्वयन गर्ने अवस्था बढीभन्दा बढी रुपमा राम्रो हुँदै आएको देखिन्छ र जुन सम्झौताले दुइ किनारका बढीभन्दा बढी रैथानेहरुवाट स्वीकार प्राप्त गरेका छन् ।

          हालै "पैचिङमा भेला हौँ" भन्ने कार्यक्रम पैचिङमा सुरु भयो। यस पछिका एक महिनाको समयमा बीसवटाभन्दा बढी मुलुक र क्षेत्रका पचासवटाभन्दा बढी चिनियाँ र विदेशी सांस्कृतिक टोली तथा छ सयजनाभन्दा बढी कलाकारहरु पैचिङमा प्रदर्शन , गोष्ठी र मन्च आदि कार्यक्रममा सहभागी हुने भएका छन् । "पैचिङमा भेला हौँ"कार्यक्रम चीनको सांस्कृति मन्त्रालय आदि विभागले संयुक्त रुपमा आयोजना गरेको हो । त्यो पैचिङमा सबैभन्दा ठूलो पैमानाको मिलीजुली कलात्मक दिवस हो । त्यसलाई अन्तर्राष्ट्रिय उच्चस्तरीय कला आदानप्रदान तथा स्वदेशी उत्कृष्ट कार्यक्रमको प्रदर्शन हुने चौतारो मानिएको छ । चीनको सांस्कृति मन्त्रालयको परराष्ट्र सांस्कृतिक सम्पर्क विभागका उपप्रमुख यु सिन् यीका अनुसार चालू "पैचिङमा भेला हौँ"कार्यक्रमले वर्तमानका चिनियाँ र विदेशी विविध कलात्मक आविष्कारको प्रदर्शन भएको छ । उहाँले भन्नुभयोः

          चालू "पैचिङमा भेला हौँ" भन्ने कार्यक्रमले सांस्कृतिक आविष्कारलाई प्रोत्साहन गर्ने विशेषतालाई यथावत् रुपमा कायम राखेको छ । त्यसले धेरै उत्कृष्ट अन्तर्राष्ट्रिय कलात्मक वस्तु भित्र्याएको छ र समसामयिक रुपमा हाल अन्तर्राष्ट्रिय सँस्कृतिको आविष्कारको पछिल्लो प्रवृत्ति देखाएको छ । यसका अतिरिक्त त्यसले स्वदेशका आदिमकालीन रचनाको प्रोत्साहन गर्नुका साथै केही उत्कृष्ट जातिय साँस्कृतिक रचना अघि सारेको छ । त्यसले व्यापक रुपमा नयाँ नयाँ सामाजिक परियोजनालाई भित्र्याएको छ र कलात्मक दिवसको विविधताको अभिव्यक्ति गरेको छ ।

          इटाली , स्पेन , इजरेल र रुस आदि मुलुकका कलाकारले संगीत , नृत्य , अपेरा र दृश्य-कला आदि ल्याउनुहुनेछ । ती कार्यक्रमहरुले परम्परागत र आधुनिक प्रविधिलाई समावेश गरेका छन् । उक्त सांस्कृतिक दिवसको अवधिमा चीन र विदेशव्दारा सहयोग गरिएको केही रंगमन्च नाटक र संगीत रचना पनि प्रदर्शन हुनेछन् ।

          चालू "पैचिङमा भेला हौँ" भन्ने कार्यक्रमले आफ्नो सधैजसोको सार्वजनिक हितकल्याणको विशेषतालाई जारी गरेको छ । त्यसले चिनियाँ साधारण बासिन्दा र विकलांगहरुका लागि तीस हजारवटा जति निशुल्क टिकट उपलव्ध गराउनेछ । चिनियाँ र विदेशी नाटक मण्डलका जिम्मेवार व्यक्ति , प्रख्यात चिनियाँ कलाकारहरुले सर्वसाधारणहरुसित संवाद गर्ने र चिनियाँ तथा विदेशी प्राचीन संगीत , नाटक , अपेरा तथा आधुनिक नृत्य आदि विषयबारे छलफल गर्नुहुने भएको छ । पैचिङ सांस्कृतिक विभागका अधिकारी ये छोंग व्हीले परिचय दिंदै भन्नुभयोः पूर्व अनुमानअनुसार उक्त कार्यक्रमले परिमाण पहिलेको ऐतिहासिक रेकर्ड बनाउनेछ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040