china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    समसामयिक प्रसंग
    (GMT+08:00) 2009-05-25 18:10:36    

               चीन र यूरोपेली संघ र अझ विशेष गरी चीन र फ्रान्स बीचको सम्बन्धमा चिसोपना आएका कारण पांच महिना ढिलोगरी चीन र यूरोपेली संघका नेता बीचको एघारौं भेटवार्ता पुनः सुरु भएको छ। 

               पूर्व निर्धारित योजना अनुसार गत सालको अन्तमा चीन र यूरोपेली संघका नेता बीचको एघारौं भेटवार्ताको आयोजना फ्रान्समा हुनुपर्थ्यो । तर तत्कालको यूरोपेली संघ परिष‌द्‌को अध्यक्ष फ्रान्सका राष्ट्रपति सार्कोजिले हठपूर्वक दलाईसित भेट गर्नुभयो । जसको कारण चीनले उक्त वार्तालाई पछि सार्ने घोषणा गरेको थियो । त्यसपछि चीन र यूरोपेली संघ बीचको सम्बन्ध र विशेष गरी चीन र फ्रान्स बीचको सम्बन्धमा अवरोध उत्पन्न भएको थियो ।

                झण्डै आधा वर्ष वितिसक्यो । हाल चीनको परराष्ट्र मन्त्रालयले घोषणा गरे अनुसार चीन र यूरोपेली संघ यी दुई पक्षले छलफल गरेर के कुरा तय गरेका छन् भने चीनका प्रधानमन्त्री समयमै विशेष गरी चेकमा पुगेर चीन र यूरोपेली संघ बीचको सर्वोच्च राजनैतिक संवाद पद्धतिको पुन सुरुवात गर्नुहुनेभएको छ । चीनको अन्तर्राष्ट्रिय समस्या सम्बन्धी अनुसन्धान प्रतिष्ठान अन्तर्गतको यूरोपेली संघ सम्बन्धी अनुसन्धान केन्द्रका प्रमुख सिन् व्हाले चीन र यूरोपेली संघका नेताहरु बीचको भेटवार्ताको पुन सुरुवात गरिएको कुराले दुई पक्ष बीचको सम्बन्ध पुनः सामान्य भइसकेको प्रतिबिम्बित भएको ठहर गर्नुभयोः

               चीन र यूरोपेली संघका नेता बीचको एघारौं भेटवार्ताको आयोजनाले एउटा सकारात्मक राजनैतिक संकेत दिएको छ । जसले चीन र यूरोपेली संघ बीचको सम्बन्ध फेरि स्वस्थ विकासको लीगमा फर्केको कुरालाई प्रष्ट पारेको छ । यस कुराबाट हामीहरुले चीन र यूरोपेली संघ बीचको सम्बन्धको आधार बलियो र गहिरो रहेको तथा दुई पक्ष बीचको सम्बन्धको कठिनाईमाथि विजय पाउने क्षमता रहेको कुरा अरु बढी देख्न पाएका छौं ।

              सन् उन्नाइस सय पच्हत्तरमा चीन र यूरोपेली संघका बीच दौत्य सम्बन्ध कायम भएदेखि यता चीन र यूरोपेली संघ बीचको सम्बन्धमा ठूलो विकास भएको छ । सन् दुई हजार तीन सालमा चीन र यूरोपेली संघका बीच सर्वतोमुखी रणनैतिक साझेदारी सम्बन्ध कायम भएको थियो । त्यसबेलादेखि अहिलेसम्म दुई पक्षका बीच पचासवटाभन्दा बढी विभिन्न स्तरीय छलफल र संवाद पद्धतिको स्थापना भएको छ। जसले राजनैतिक , आर्थिक , व्यापारिक , वैज्ञानिक र प्राविधिक , ऊर्जा स्रोत र वातावरण जस्ता क्षेत्रलाई समेटेको छ ।

              विश्वमा ए एच वान एन वान सरुवा रुघाको महामारी फैलिरहेको पृष्ठभूमिमा विश्व स्वास्थ्य संङ्गठनको सभा शुरु भएको छ र यसलाइ महत्वका साथ हेरिएको छ ।यससंबन्धी थप प्रस्तुति सहित पुन सहकर्मी लिउ विश्व स्वास्थ्य प्रणालीका सामु हाल ए एच वान एन वान सरुवा रुघाको महामारी र बैंकिंग संकट जस्ता दोहोरो संङ्कट आइपरेका छन् । राष्ट्र संघीय महासचिव बान् कि मुन्‌ले हिजो राष्ट्र संघीय महासभामा मन्तव्य व्यक्तगर्दै स्वास्थ्य क्षेत्र सबै कामको आधार नै हो भन्ने कुरामा जोड दिनुभयो ।

               हामी सामु हाल दुइवटा अप्ठ्यारा आइपरेका छन् । एकातिर विश्वमा ए एच वान एन वान जस्तो जोखिम भरिपूर्ण रहेको छ र अर्कातिर अर्थतन्त्रको संकूचन भै रहेको छ । जताततै बजेटलाई कम पार्ने प्रयास गरेको देखिन्छ। तर हामीहरुले चालू सभामा यस्तो परिस्थितिलाई नाघ्नु पर्छ । हामीहरुले समस्याको मूललाई समात्नु पर्छ । किननि स्वास्थ्य क्षेत्र राष्ट्र संघका सबै कामको आधार नै हो । एउटा स्वस्थ विश्व, रमाइलो विश्व , सुरक्षात्मक विश्व र न्यायपूर्ण विश्व मात्र हुन्छ ।

               सो सभामा विभिन्न मुलुक वा क्षेत्रका प्रतिनिधिहरुले पनि स्वास्थ्य क्षेत्रको महत्वमा जोड दिनुभयो । चिनियां प्रतिनिधि मण्डलका प्रमुख , चीनका स्वास्थ्य मन्त्री छन् चुले आफ्नो मन्तव्यमा स्वास्थ्य क्षेत्रको विकासलाई गतिशील पार्न र बैंकिंग संकटको सामना गर्नका लागि चीन सरकारबाट चालिएको कमदबारे जानकारी दिनुभयो ।

               चीन सरकारले स्वास्थ्य क्षेत्रको विकासलाई गतिशील पार्न तथा लगानी विस्तार गर्नका लागि सबै क्षेत्रका साथै सर्वसाधारणको उपभोगको विश्वासलाई मजबूत पार्न सक्ने कुरालाई राम्ररी चिनेको छ । जुन सर्वसाधारणको दैनिक जीवनलाई प्रत्याभूत गर्ने महत्वपूर्ण विन्दुबाहेक संकटको सामना गर्ने प्रभावकारी कदम पनि हो । चीन सरकारले स्वास्थ्य र औषधि व्यवस्थामा सुधार गर्ने क्षेत्रलाई वलियो वनाई स्वदेशी चाहना र सर्वसाधारणको दैनिक जीवनलाई प्रत्याभूत पार्ने यी दुइ कामलाई जोडिने विन्दु बनाएको छ ।

               चीनका प्रधानमन्त्री वन च्या पाउले चेकको राजधानी प्राकेमा यूरोपेली संघ परिषद्का अध्यक्ष जोस मानुल बारोसोसँग एघारौं वार्ता गर्नुभएको छ।यससंबन्धी थप प्रस्तुति सहकर्मी मेघाबाट वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा श्री वन च्या पाउले वार्ता फलदायी हुनुका साथै धेरै मतैक्यता भएको जानकारी दिनुभयो। वार्ताको वारेमा स्पष्ट गर्दै उहाँ भन्नुहुन्छ:

               मेरो विचारमा यस पटकको वार्ता निकै फलदायी रहेको छ। यस वार्तामार्फत आपसी विश्वासको प्रवर्द्धन हुने, सहयोगलाई अघि बढाउने र आपसी सम्बन्धलाई गहन पार्ने लक्ष्य पूरा भएको छ। चीन तथा यूरोप बीच साझा विकास र मेलमिलापयुक्त विकासलाई साकार तुल्याउने कुरा नै सारा विश्वको मेलमिलाप र दिगो विकासका लागि हितकर हुन्छ। त्यो चीन तथा यूरोप बीचको साझा दायित्व र कार्यभार पनि हो।

               हाल अन्तर्राष्ट्रिय परिस्थितिमा जटिल परिवर्तन देखा परेको देखिन्छ। साथै अन्तर्राष्ट्रिय बैकिङ्ग संकट पनि दिनप्रति दिन गम्भीर हुदैगएको छ। यसबाहेक, मौसम परिवर्तन र उर्जाको सुरक्षा जस्ता धेरै चुनौती विश्व सामु रहेको छ। यस्तो पृष्ठभूमिमा चीन तथा यूरोप सामु नयाँ अवसर र चुनौती आइपरेको देखिन्छ। चीन तथा यूरोप बीचको सम्बन्धको भविष्यबारे चर्चा गर्दै श्री वनले युगसँगै अघि लम्कने भन्ने कुरा चीन तथा यूरोप बीचको सम्बन्धको केन्द्रीय विषय नै हो भन्नुभयो। उहाँले अगाडी थप्नुभयो:

               हालको बदलिंदो अन्तर्राष्ट्रिय राजनैतिक र आर्थिक परिस्थितिमा चीन तथा यूरोप दुवै पक्षले रणनैतिक साझेदारी सम्बन्धलाई कायम राख्नुका साथै वास्तविक सहयोगको विस्तार गरी आपसी सम्बन्धलाई गहन र स्थिर रुपमा विकसित पार्नुपर्छ। यसैगरी चीन तथा यूरोपका नेता बीचको वार्ताद्बारा दुवै पक्ष बीचको सम्बन्धका लागि रणनैतिक निर्देशनको भूमिका निर्वाह गर्नुपर्छ।

               वार्तामा यूरोपेली पक्षले चीनसितको सम्झौता-वार्ता र सहयोगलाई मजबुत पार्ने कुरामा उच्च महत्व दिनुका साथै सक्रियताकासाथ दुवै पक्ष बीचको चौतर्फी रणनैतिक साझेदारी सम्बन्धलाई गहन पार्दैजाने कुरा जनाएको छ। साथै खुलस्त भावना लिएर चीन तथा यूरोपका नेता बीचको वार्ता र यूरोप तथा चीन बीच आर्थिक र ब्यापारिक उच्च तह बीचको वार्तालाई अझ घनिष्ट पार्नु पार्ने कुरा यूरोपेली पक्षले औंल्याएको छ। यूरोपेली संघको वर्तमान अध्यक्ष मुलुक चेकका राष्ट्रपति क्लाउस यस पटकको वार्ता सफल भएको औंल्याउदै भन्नुहुन्छ:

               आज दिउँसो हामीले नेताहरु बीचको निष्ठापूर्ण, मैत्रीपूर्ण र रचनात्मक वार्ता गरेका छौं। निरन्तर रुपमा चीन तथा यूरोप बीचको सशक्त र फलदायी साझेदारी सम्बन्धलाई गहन पार्दैजान इच्छुक रहेको ठहर पनि हामीले गरेका छौं। त्यो कुरा दुवै पक्षका जनता अझ विशेषगरी सारा विश्वका जनताको मूलभूत हितसँग अनुकुल हुने छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040