china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    समसामयिक प्रसंग
    (GMT+08:00) 2009-06-08 19:50:24    

             श्रोता न्यायको निष्पक्ष प्रत्याभूती गर्नका लागि चीनका विभिन्न अदालतव्दारा सर्वसाधारणको विचार बुझ्ने कार्यलाई मजबूत गरिएको

    .         विषयलाई नै आजको प्रमुख विषय बनाएका छौँ।कार्यक्रममा चीन र अमेरिकाबीच सुरुभएको रणनैतिक र आर्थिक संवादको प्रसंगलाई पनि समेट्नेछौँ।साथै समय रहेमा चीनमा वायू उर्जाद्वारा संचालित उद्योगको तीब्र विकास सम्वन्धी विषय पनि प्रस्तुत गर्नेछौँ।अव कार्यक्रमतर्फ लागौँ।

            लिउ jun 2-- न्यायको निष्पक्ष प्रत्याभूती गर्नका लागि चीनका विभिन्न स्तरीय अदालतव्दारा सर्वसाधारणको विचार बुझ्ने कार्यमा जोड दिइएको छ

             यससंबन्धी थप प्रस्तुतिसहीत सहकर्मि लिउ

            चालू अप्रिल महिनामा चीनको सर्वोच्च जन अदालतले सर्वसाधारणको विचारलाई बुझ्ने कार्यलाई मजबूत पार्ने उद्देश्यसहित दस्तावेज सार्वजनिक गरेदेखि चीनका विभिन्न स्तरीय अदालतले सर्वसाधारणको विचारलाई प्राप्त गर्न ई-मेल खोल्ने , ऐन उल्लंघन र नियम विपरीत कार्य गर्ने न्यायाधीशलाई उजूर गर्न केन्द्रिय वेबसाइट खोल्ने र सर्वसाधारणलाई उजूर गर्न टेलिफोन नम्बर सार्वजनिक गर्नु लगायतका कार्य गरि सर्वसाधारणको विचार बुझ्ने तरीका र माध्यमको निरन्तर रुपमा सिर्जना गर्दै आएका छन् । जसले प्रारम्भिक सफलता पनि पाएको बताइएको छ । चीनको सर्वोच्च जन अदालतका प्रेस प्रवक्ता सुन् च्युन् कोंगले आज पैचिंगमा बोल्दै सर्वसाधारणको विचार बुझी अदालतले न्यायको निष्पक्षतालाई प्रत्याभूत गर्न यो महत्वपूर्ण माध्यम बनेको जानकारी दिनुभयो ।

             आज सर्वोच्च जन अदालतले मासिक नियमित बैठकको पद्धति लागू गरेदेखियताको दोस्रो पत्रकार सम्मेलनको आयोजना गरेको थियो। सर्वोच्च जन अदालतका प्रेस प्रवक्ता सुन् च्युन् कोंगले सो पत्रकार सम्मेलनमा बोल्दै समसामयिक रुपमा सूचना जाहेर गर्नु र समाचार प्रवाह गर्ने प्रणालीलाई पूर्णता दिलाउनु अदालतका वारेमा सर्वसाधारणको विचारलाई बुझ्ने कार्यतर्फ महत्वपूर्ण प्रगति हो भन्नु भयो । सञ्चार माध्यमबाट ख्यालदृष्टि पुर्‍याइएको न्याय सम्बन्धी मामिला वा अदालतको कार्य सम्बन्धी समस्याबारे सुन् च्युन् कोंगले सञ्चार माध्यमको अनुगमन गर्ने र अदालतमा मुद्दा चलाउने उद्देश्य बराबर रहेको छ र त्यसले न्यायको निष्पक्षलाई प्रत्याभूत गर्ने धारणा व्यक्त गर्नुभयो।

              जन अदालतले ऐनकानुनको आधारमा मुद्दा चलाउनु र सञ्चार माध्यमबाट अनुगमन ग्रहण गर्नुको आधारभूत उद्देश्य एउटै मात्र रहेको छ र त्यो हो संयुक्त रुपमा न्यायको निष्पक्षतालाई सम्बर्द्धन गर्नु , न्यायको आधिकारिकताको संरक्षण गर्नु र न्याय सम्बन्धी विचारधाराको प्रचार-प्रसार गर्नु । सञ्चार माध्यमबाट ख्यालदृष्टि पुर्‍याइएको , सर्वसाधारणबाट आकर्षित घटना वा मुद्दालाई विभिन्न स्तरीय अदालतले पनि निकै ध्यान दिनु पर्ने हुन्छ । सञ्चार माध्यमबाट बिशेष दृष्टि दिएको मुद्दामा अदालतले त्यति नै विवेकशील रुपमा फैसला गर्नु पर्छ। अदालतले जहिले पनि तथ्यको आधारमा ऐनकानुन बमोजिम निष्पक्षताका साथ सम्बन्धित मुद्दाको फैसला गर्नु पर्छ । यस्तो प्रक्रियामा अदालतले ऐनकानुन र सामाजिक निष्कर्षको एकताको सोच-विचार गर्नु पर्छ।सर्वसाधारणको विचारले न्यायमा प्रवेश पाउनु जनता राजनैतिक जीवनमा सहभागी हुने एक भाग हो । 

            लिउ jun 3 अमेरिकी अर्थमन्त्री गैथनर मङ्गलवार चीनको भ्रमण समाप्त गरी स्वदेश फर्कनुभयो ।

             यससंबन्धी थप प्रस्तुति सहीत पुन सहकर्मी लिउ

            तीन दिवसीय भ्रमणको अवसरमा चिनियां नेता र गैथनरका बीच चीन र अमेरिका बीचको पहिलो चरणको रणनैतिक र आर्थिक संवादको तयारी काम , चीन र अमेरिकाको बैंकिंग तथा आर्थिक परिस्थिति जस्ता साझा चासोका विषयबारे विचार विमर्श गरिएको थियो । चीनका सम्बन्धित विशेषज्ञहरुका अनुसार गैथनरको चीनको भ्रमणको सबैभन्दा ठूलो सफलता भनेको चीन र अमेरिका बीचको पहिलो चरणको रणनैतिक र आर्थिक संवादको सफलता साथ आयोजना गर्नका लागि आधार तयार हुनु हो। तर चीन र अमेरिकाका बीच मुख्य लाभको क्षेत्रमा अझ मतभेद विद्यमान रहेको छ । यसबाट चीन र अमेरिकाले सम्झौता-वार्तामा चर्काचर्की संघर्ष गर्नु पर्ने छ ।

             गैथनरले चीन भ्रमणको अवधिमा चीन र अमेरिकाले यही जूलाईको पछिल्ला दश दिनमा व्हाशिंटनमा पहिलो चरणको रणनैतिक र आर्थिक संवादको आयोजना गर्नेबारे सहमति वनेको छ। यस नयां पद्धतिले यसभन्दा अघि रहेको चीन र अमेरिका बीचको रणनैतिक संवाद र चीन र अमेरिका बीचको रणनैतिक र आर्थिक संवाद यी दुई कुरालाई जोडेर यौटा संवाद बनाएको छ । चीनको राज्य परिषद्‌का सदस्य ताइ पिंग को र अमेरिकी परराष्ट्र मन्त्री हिराली क्लिन्टनले संयुक्त रुपमा उक्त संवादमुनिको रणनैतिक संवाद गर्नुहुनेछ । उता चीनका उपप्रधानमन्त्री वांग छि शान्‌ र अमेरिकी अर्थमन्त्री गैथनरले संयुक्त रुपमा उक्त संवादमुनिको आर्थिक संवादको तत्वावधान गर्नुहुनेछ । चिनियां आधुनिक अन्तर्राष्ट्रिय सम्बन्ध अनुसन्धान प्रतिष्ठान् अन्तर्गतको अमेरिका अध्ययन केन्द्रका प्रमुख युएन् फंगका अनुसार उक्त संवादले चीन र अमेरिका बीचको पारस्परिक सहयोगको मात्रा झन् उच्च स्तरमा पुगेको छ र चीन र अमेरिका तथा सारा संसारका लागि नयां पद्धतिको सुरुवातको महत्वपूर्ण अर्थ रहेको छ ।

              चीन र अमेरिकाले रणनैतिक र आर्थिक सम्बन्धलाई स्थिर पार्नका लागि वा विश्वव्यापी क्षेत्रका सकारात्मक सहयोगको सम्बन्ध वढाउनका लागि उक्त संवादको महत्वपूर्ण अर्थ र सांकेत रहेको छ । विश्वव्यापी बैंकिंग परिस्थितिलाई स्थिर पार्न , चीन र अमेरिका बीचको बैंकिंग सहयोगलाई स्थिरता दिन र चीनको बैंकिंग सुरक्षा र अमेरिकाको बैकिंग परिस्थितिलाई सुदृढ पार्नका लागि त्यो संवादको सकारात्मक अर्थ रहेको छ ।

     रवि jun 4 चीनमा वायू उर्जाद्वारा संचालित उद्योगको उल्लेख्य बृद्धी भएको छ ।

     थप प्रस्तुतिसहीत सहकर्मी रवि

             पछिल्ला केही वर्षदेखि यता विश्वमा वायू उर्जाद्वारा संचालित उद्योगको तीब्र विकास भएको छ। अहिलेसम्म त्यो विश्वमा सबैभन्दा छिटो गतिले विकास भएको सफा उर्जा श्रोत बनिसकेको छ। विश्वमा वायू उर्जाद्वारा संचालित उद्योगको विकासको तुलनामा चीनमा यस्ता प्रकारको उद्योगको विकास अझ धेरै भएको छ। सन् 2008को अन्त्यसम्म चीनमा वायू उर्जाद्वारा उत्पादित जेनेरेटरहरुको क्षमता एक करोड बीस लाख किलोवाट पुगेर विश्वको चौथो स्थानमा रहेको छ। चिनियाँ राष्ट्रिय उर्जा श्रोत विभाग अन्तर्गत नयाँ उर्जा श्रोत तथा पुन:प्रयोग गर्नसकिने उर्जा श्रोत कार्यालयका उप-प्रमुख श लि शानले हालै बोल्दै यस्तै गतिलाई निरन्तरता दिएको खण्डमा सन् 2010को अन्त्यसम्म वायू उर्जाद्वारा उत्पादित जेनेरेटरहरुको क्षमता तीन करोड किलोवाट पुग्नसक्ने कुरा वताउनुभयो। हाम्रा सम्वाददातासँग कुरा गर्दै श्री श लि शानले चीनमा वायू उर्जाद्वारा संचालित उद्योग वातावरण संरक्षणसँग घनिष्ठ सम्बन्धित रहेकाले चीनको सम्पूर्ण समाजले नै यसको तीब्र विकासमा महत्व दिएको कुरा वताउनुभयो।

             अहिले वायू उर्जाद्वारा संचालित उद्योगको तीब्र विकास सम्बन्धी वातावरणको गठन भइसकेको छ। सन् 2005मा चीनले "पुन:प्रयोग गर्नसकिने उर्जा श्रोत सम्बन्धी ऐन" सार्वजनिक गरेको थियो। त्यसपछिको एक वर्षमा चीनले त्यस सम्बन्धी अनेकन नीतिको तर्जुमा गरेको थियो। तीमध्ये विद्युतको भाउ सम्बन्धी सहुलियत नीति समावेश गरिएको थियो।

             चीन सरकारले पुन:प्रयोग गर्नसकिने क्षेत्रमा तर्जुमा गरेको अनेकन कदमहरु तथा रणनीतिक नीतिले चीनका वायू उर्जाद्वारा संचालित उद्योगहरुलाई अघि बढाएको थियो। सन् 2005को सेप्टेम्बर महिनामा चीनको लुङ युआन विद्युत समूहले च्याङ सु लुङ युआन वायू उर्जाद्वारा संचालित लिमिटेड कम्पनीको स्थापना गरी च्याङ सु प्रान्तमा वायू उर्जाद्वारा विद्युत उत्पादन सम्बन्धी परियोजनाको निर्माण गरेको थियो। पूर्व निर्धारित योजना बमोजिम, चालू वर्षको अक्टोबरसम्ममा यस कम्पनीमा वायू उर्जाद्वारा संचालित जेनेरेटरको कूल क्षमताले शहर तथा गाउँबस्तिका आठ लाख परिवारको एक वर्षको निम्ती आवश्यक विजुलीको आपूर्ति गर्नसक्नेछ। यस कम्पनीका उप-प्रमुख ह्वाङ छुनले आगामी केही चरणमा लुङ युआन विद्युत समूहले वायू उर्जाद्वारा उत्पादित विजुलीको निर्माणलाई गतिशील तुल्याउने कुरा वताउनुभयो।

             हाल लुङ युआन विद्युत समूहले सोह्र वटा प्रान्तमा वायू उर्जाद्वारा उत्पादित विजुली सम्बन्धी परियोजनाको निर्माण गर्न थालेको छ। हाम्रो परिकल्पना अनुसार, वायू उर्जाद्वारा संचालित जेनेरेटरको कूल क्षमता सन् 2010सम्ममा साठी लाख किलोवाट पुग्नेछ भने सन् 2012मा नब्बे लाख किलोवाट पुग्नेछ र सन् 2020मा दुई करोड किलोवाट पुग्नेछ।

              वायू उर्जाद्वारा संचालित उद्योगको विकासले चीन स्वर्ण युगमा प्रवेश गरेतापनि चिनियाँ राष्ट्रिय उर्जा श्रोत विभाग अन्तर्गत नयाँ उर्जा श्रोत तथा पुन:प्रयोग गर्नसकिने उर्जा श्रोत कार्यालयका उप-प्रमुख श लि शानले चीनले वायू उर्जाद्वारा संचालित उद्योगको विकास गर्नका लागि केही समस्याको समाधान गर्नुपर्ने विचार व्यक्त गर्नुभयो।

             समयाभावका कारण अन्य विषय प्रस्तुत गर्न सकेनौँ।आजलाई समसामयिक प्रसंग कार्यक्रम यति नै।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040