china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    मुस्ताङमा विश्वकै ठूलो लाटोकोसेरा
    (GMT+08:00) 2009-06-11 19:43:54    

               लाटोकोसेरोको अध्ययन गर्न हिमाली क्षेत्र पुगेका अध्येताहरूले मुस्ताङमा विश्वकै ठूलो लाटोकोसेरो पाइएको बताएका छन् ।

               साढे चार किलो तौल भएको सो लाटोकोसेरो लेतेको घाँसामा पाइएको अध्येता विनोद घिमिरेले जानकारी दिए । लाटोकोसेरो रातको समयमा सक्रिय हुने चरा प्रजाति हो । जीव विज्ञानका आठ सदस्यीय टोलीले हिमाली जिल्ला मुस्ताङ र मनाङमा लाटोकोसेरोको अवस्था अध्ययन गरेको हो । लाटकोसेरोको अवस्था मुलुकमा पहिलोपटक अध्ययन गरिएको हो ।

               इटालीका दुई स्वयंसेवक जीवशास्त्रका विद्यार्थी लियो नार्दो र एन्ड्रो भेडा टोलीमा सहभागी थिए । यादव घिमिरे, राजु आचार्य, विकल्प गौतम, विनोद घिमिरे र सुरेश थापालगायत जीवशास्त्रका अध्येता पनि टोलीमा सामेल थिए । टोलीको नेतृत्व चरा अध्येता राजु आचार्यले गरेका थिए ।

               विश्व लाटोकोसेरो कोष, विश्व लाटोकोसेरो आयोजना र 'प्रकृतिका साथी, नेपाल' मार्फ टोलीले संयुक्त रूपमा लाटोकोसेरोको अध्ययन गरेको हो । 'हामीले विश्वकै ठूलो लाटोकोसेरो लेतेमा पाएका छौं,' अध्येता घिमिरेले भने, 'अब यसको संरक्षणका लागि सरकारले सोच्नुपर्छ ।' टोलीले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापमा 17 दिनसम्म लाटोकोसेरोको अवस्था अध्ययन गरेको थियो ।

               अध्ययनका क्रममा अहिलेसम्म भेटिएका 12 प्रजातिभन्दा टुकुचे र ठिनीमा नयाँ एक/एक प्रजाति भेटिएको पनि टोलीले जनाएको छ ।

               'नयाँ प्रजाति हुन सक्ने भएकाले आवाज परीक्षणका लागि विश्व लाटोकोसेरो कोषको अमेरिकास्थित परीक्षण केन्द्रमा पठाउने तयारी भइरहेको छ,' टोली संयोजक आचार्यले भने । अध्ययनमा लेतेको धौलागिरि प्राविधिक शिक्षालयपछाडिको जंगलमा चार प्रजाति पाइएको छ ।

              लाटोकोसेराले आवाजलाई तुरुन्तै नक्कल गर्न सक्ने भएकाले यसबारेको अन्धविश्वास मानिसमा रहेको अध्येताहरूले बताएका छन् । नेपालमा मात्रै 21 प्रजातिका लाटोकोसेरा छन् । तीमध्ये 13 प्रजातिका एक्याप क्षेत्रमा पाइने भएकाले अध्ययनका लागि मुस्ताङ चयन गरिएको अध्येता आचार्यले बताए ।

               टोलीले मुस्ताङ र मनाङमा 15/15 दिन अध्ययन गरेको छ । 'अध्ययनबाट तिनको अवस्था र चुनौती थाहा भयो,' आचार्यले भने ।

               वासस्थानको विनास र आहाराको समस्याका कारण लाटोकोसेराको संख्या घट्दै गएका बेला तिनको अध्ययन हुनु सकरात्मक भएको चराविद् हरिशरण नेपालीले बताए ।

               उनका अनुसार बाक्लो जंगल भएको पहाडी र हिमाली क्षेत्रमा लाटोकोसेरो बढी पाइन्छ । रूखको धोद्रो र ढुंगाको काप लाटोकोसेरो बस्ने बासस्थान हो ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040