china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    समसामयिक प्रसंग
    (GMT+08:00) 2009-06-22 18:00:02    

                   येकाटेरिन्बर्ग शिखर सम्मेलनमा सहभागी चिनियाँ प्रतिनिधि मण्डलले पन्ध्र तारिखका दिन पत्रकार सम्मेलनको आयोजना गरि शाङ्ग हाइ सहयोग संगठनको विकासको उच्च मूल्याङ्कन गर्नु भएको छ ।

                 चीनको परराष्ट्र मन्त्रालय अन्तर्गत अन्तर्राष्ट्रिय विभागका प्रमुख ऊ हाइ लुङ्ग, यूरोप-एशिया विभागका उप प्रमुख चाङ्ग स्याउ ,वाणिज्य मन्त्रालयको यूरोप विभागका प्रमुख सुन योङ्ग फु र अन्तर्राष्ट्रिय विभागका प्रमुख यु च्यान व्हा उक्त पत्रकार सम्मेलनमा सहभागी भै पत्रकारका जिज्ञासाहरु मेटाउनु भएको थियो। त्यस अवसरमा श्री चाङ्ग स्याउले भन्नुभयो- हाम्रो ठहर के हो भने गएको सालमा शाङ्ग हाइ सहयोग संगठनले द्रुतगतिले विकसितको प्रवृत्तिलाई कायम राख्दै आएको कारण चाहिं त्यसका सदस्य मुलुकहरुले शुरुदेखि " शाङ्ग हाइ सहयोग संगठनको सिद्धान्त"को पालना गर्दै आउनु हो। " शाङ्ग हाइ सहयोग संगठन "को केन्द्र चाहिं समानता, पारस्परिक हित विश्वास एवं विविध सभ्यताको कदर र संयुक्त विकासको खोजतलाशी हो।

                   वर्तमान समयमा विश्वमा फैलिंदै आएको मौद्रिक संकटले शाङ्ग हाइ सहयोग संगठनका सदस्य मुलुकहरुको विकासका लागि चुनौती दिंदै आएको छ। यो त सय पटक शिखर सम्मेलनमा सहभागी हुनु भएका विभिन्न सदस्य मुलुकका राष्ट्रनायकहरुले छलफल गर्नुहुने विषय-बस्तु नै हो। त्यसरी सुन योङ्ग फुले बोल्दै मौद्रिक संकटले सो संगठनका सदस्य मुलुक बीच रहेको आर्थिक-व्यापारिक सहयोगका लागि नकारात्मक प्रभाव पार्दै आएको छ । त्यसका साथै त्यसमा सकारात्मक क्षेत्रहरु पनि रहदै आएको बताउनुभएको छ।

                    मौद्रिक संकटले हामीहरु बीचको आर्थिक-व्यापारिक सहयोग, आयात-नियात व्यापारका लागि नकारात्मक प्रभाव पारेको कुरा चाहिं सधारण हो। तर चीन र किर्जिस्तान, ऊज्बेकिस्तान, ताजिकिस्तान बीचको व्यापार अझै पनि वृद्धि हुँदै आएको छ। विशेष गरी यस सालको जनवरीदेखि अप्रील महिनासम्म ऊज्बेकिस्तान र ताजिकिस्तानसितको व्यापारिक वृद्धि असी प्रतिशतभन्दा बढी रहेको देखिन्छ। यो त एकदमै खुशी लाग्दो दृष्य नै मानिन्छ।

                    त्यस अवसरमा उहाँले के कुरा पनि औंल्याउनुभएको छ भने क्षेत्रीय आर्थिक सहयोग चाहिं शाङ्ग हाइ सहयोग संगठनका सदस्य मुलुकहरु बीचको निकै महत्वपूर्ण क्षेत्र हो। यता केही वर्षदेखि सम्बन्धित ऐन-कानूनको आधार निरन्तर सम्पूर्ण हुँदै आएको हाराहारीमा शाङ्ग हाइ सहयोग संगठनको क्षेत्रीय सहयोगले ठूलो फड्को मारेर विकास गर्दै आएको छ। श्री सुनले भन्नुभयो- सन् 2001सालदेखि शाङ्ग हाइ सयोहग संगठनको स्थापना भएदेखि चीन र शाङ्ग हाइ सहयोग संगठनका सदस्य मुलुकहरु बीचको क्षेत्रीय सयहोगमा निकै ठूलो विकस हुँदै आएको देखिन्छ।

                   चीन, रुस, ब्राजिल र भारतका नेताहरुको पहिलो औपचारिक भेटवार्ता मङ्गलवार सम्पन्न भएको छ । यससंबन्धी थप प्रस्तुति सहीत पुन सहकर्मी यु उक्त भेटवार्ता पछि प्रकाशित गरिएको संयुक्त वक्तव्यमा ती चार वटा मुलुकहरुले यस सालको अप्रील महिनामा बीस मुलुक समुदायव्दारा लन्डन बैकिङ्ग शिखर सम्मेलनमा सम्पन्न भएको मतैक्यता र त्यसका लागि घनिष्ट रुपमा सहयोग गर्ने सम्बन्धी आ-आफ्नो वचनवद्धतालाई व्यवहारमा उतार्नका लागि सम्बन्धित विभिन्न पक्षहरुलाई आव्हान गरेका छन्। वर्तमानमा विभिन्न पक्षहरुले ध्यान दिंदै आएको अन्तर्राष्ट्रिय बैकिङ्ग एकाईहरुको सुधारका विषयमा ती चार मुलुकहरुले नयाँ उत्पन्न भएका बजारहरु र विकासोन्मुख मुलुकहरुसंग अन्तर्राष्ट्रिय बैकिङ्ग एकाईहरुमा सम्बोधन गर्ने अधिकार र प्रतिनिधित्वलाई बढाउनुका साथै एउटा स्थिर हुने, पूर्व अनुमान गर्ने र अझ बढी बहूकरणको अन्तर्राष्ट्रिय मौद्रिक प्रणालीको स्थापना गर्नु पर्छ भन्ने कुरा प्रस्तुत गरेका छन्। त्यसै क्रममा ती चार वटा मुलुकहरुले उक्त वक्तव्यमा व्यापारको संरक्षणवादलाई रोक्न आव्हान गर्नुका साथै दिगो विकास गरी वैज्ञानिक-प्राविधिक ,शैक्षिक आदि क्षेत्रको सहयोगलाई सबल पार्ने संकल्प र अठोट व्यक्त गरेका छन्।

                   विश्वभरी नै अर्थतन्त्र निकै कठिन परिस्थितीवाट गुज्री रहेको सन्दर्भमा विश्वको राजनैतिक परिस्थितीमा जटिल परिवर्तन भइरहेको छ। यस्तै अवस्थामा कसरी मौकालाई समातेर आफ्ना बीचका सहयोगलाई सबल पार्ने त?त्यसका लागि चीनका राष्ट्राध्यक्ष हु चिन थाउले आफ्नो सम्बोधनमा बोल्दै ती चार वटा मुलुकहरुले वार्तालाप र आदान-प्रदानमार्फत पारस्परिक विश्वासलाई सबल पारी आ-आफ्नो इन्धन श्रोत, बजार, श्रमिक शक्ति, विज्ञान र प्रविधिको प्रयोग गरी आर्थिक सहयोगलाई सबल पारी चौतर्फी सहयोगलाई गहिर्‍याइ बलियो आधारको स्थापना गर्नुपर्छ भनेर बताउनु भयो।

                श्री हुले आफ्नो सम्बोधनमा चार वटा मुलुकहरुले कसरी अन्तर्राष्ट्रिय मौद्रिक संकटको समाना गरी विश्व अर्थतन्त्रको वृद्धिको पुनस्थापना गर्ने भनि आफ्नो सुझाव पनि राख्नुभएको छ।

                  उहाँको सुक्षाव अनुसार चार वटा मुलुकहरुले सबैभन्दा पहिले अन्तर्राष्ट्रिय मौद्रिक संकटको पुनरुत्थान गर्नु पर्छ। दोस्रो, अन्तर्राष्ट्रिय बैकिङ्ग प्रणालीको सुधार गर्नेमा संलग्न गर्नु पर्छ। तेस्रो, संयुक्त राष्ट्र संघको सहस्राव्दी विकसित लक्ष्यलाई व्यवहारमा उतार्नुपर्छ र चौथों सक्दो प्रयास गरी अन्तर्राष्ट्रिय मौद्रिक संकटको सामना गर्नु पर्दछ । साथै दीर्घकालीन दृष्टिबाट उचित रुपमा विकासमाथि प्रभाव पर्ने अरु समस्याहरुको समाधान गर्नुपर्छ।

                 चालू वर्ष चीनको आर्थिक बृद्धिदर अनुमान भन्दा बढी भएको विश्व बैंकले जनाएको छ । गत वर्ष अर्थात सन् 2008को नभेम्बरदेखि यता, चीन सरकारले सक्रिय आर्थिक नीति तथा खुकुलो मुद्रा नीति लागू गर्दै अर्थतन्त्रलाई तेज पार्न चार खर्ब चिनियाँ युआन बराबरको लगानी गर्ने योजना वनायो। सो योजनाको प्रभावमा चालू वर्षका अघिल्ला पाँच महिनामा चीनमा आधारभूत प्रबन्धमा लगाइएको लगानी तथा सरकारको प्रभावमा गरिएका अन्य लगानी द्रुत गतिले बढेकोले आर्थिक बृद्धि राम्रो भएको ठहर विश्व बैंको प्रतिवेदनमा गरिएको छ। तर चीनको अर्थतन्त्र तथा विश्व अर्थतन्त्र बीचको मिलन उच्चस्तरिय भएकोले विश्व अर्थतन्त्रमा स्थिरता आउनु अघि चीनको आर्थिक बृद्धि दर दश प्रतिशतसम्म पुग्ने सम्भावना छैन। यसबारे चर्चा गर्दै विश्व बैंकका उच्चस्तरिय अर्थविद काउ लु यीले भनेः "विश्वको अर्थतन्त्रको पुनरुत्थान हुनुअघि चीनको आर्थिक बृद्धि दर अति राम्रो बृद्धिको अवस्थामा फर्कने सम्भावना छैन। सन् 2009मा चीनको आर्थिक बृद्धि दर सात दशमलव दुई प्रतिशत हुने अनुमान गरेका छौं। चीनको आर्थिक बृद्धिअनुमान गरिए भन्दा वढी हुनुको मुख्य कारण अर्थतन्त्रलाई तेज पार्ने योजनाको परिधि मानिसहरुको भविष्यवाणीभन्दा बढी भएको साथै चीनको वास्तविक अर्थतन्त्रमाथि गरिएको प्रभाव पनि मानिसहरुको भविष्यवाणीभन्दा ठूलो रहनु हो।"

                   चालू वर्षको मार्चमा प्रकाशित "चीनको अर्थतन्त्रको त्रैमासिक प्रतिवेदन"मा चीनको जी.टी.पी.को बृद्धि दर छ दशमलब पाँच प्रतिशत हुने अनुमान गरियो तर गत मार्चदेखि यता, चीनको अर्थतन्त्रमा निरन्तर बृद्धि भएकोले विश्व बैंकले उक्त अनुमान सून्ना दशमलब सात प्रतिशतले माथि रहने वताएको हो।

                    विश्व बैंकका चीन सम्बन्धी प्रथम अर्थविद हान वै सनले चालू वर्ष तथा आगामी वर्षमा चीनको आर्थिक बृद्धि राम्रो हुने तर अर्थतन्त्रको बलियो पुनरुत्थान शुरु भएको ठहर व्यक्त गरि हाल्लनु भने चाँडै हुने विचार व्यक्त गरे। यसबारे विस्तृत रुपमा भन्दै उनले भनेः "चालू वर्ष तथा आउने वर्षमा चीनको अर्थतन्त्रको बृद्धि राम्रो हुने छ तर चीनको आर्थिक पुनरुत्थान स्थिर रुपमा भइरहेको ठहर व्यक्त गर्नु चाँडै हुन्छ। सरकारको प्रभावमा लगाइएको लगानीले चालू वर्षको अर्थतन्त्रलाई समर्थन दिनसक्छ तर चीनको अर्थतन्त्र विश्वको अर्थतन्त्रको बृद्धिको प्रभावबाट सिमित तहसम्म प्रभावित हुनेछ। अनि चीनको अर्थतन्त्रको निरन्तर बृद्धि कति लामो समयसम्म हुने कुरा पनि अस्पष्ट रहेको छ।"

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040