china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    समसामयिक प्रसंग
    (GMT+08:00) 2009-06-29 17:07:21    

                श्रोता चीनले बर्षौ पुरान ऐनकानूनमा आवश्यक सुधारको प्रक्रिया शरु गरेको छ ।यसै विषयलाई आजको प्रमुख प्रस्तुती बनाएका छौँ।कार्यक्रममा चीनको अर्थतन्त्रको पुनरुत्थान प्रसंगलाई पनि समेट्नेछौँ।साथै समय रहेमा चीनका खाद्यपदार्थप्रती विदेशी ग्राहकहरुको ठूलो आकर्षण सम्वन्धी.विषय पनि प्रस्तुत गर्नेछौँ।अव कार्यक्रमतर्फ लागौँ।

                चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिको बैठक बाइस तारीखदेखि पैचिंगमा शुरु भएको छ। उक्त बैठकको एउटा महत्वपूर्ण विषय विध्यमान ऐनकानुनमा आवश्यक सुधार गर्नु हो यससंबन्धी थप प्रस्तुतिसहीत सहकर्मि लि यसपल्ट ऐनकानुनलाई सुव्यवस्थित पार्ने कार्यमा सत्तसट्ठीवटा कानुनलाई खारेज वा संशोधन गर्ने सम्भावना रहेको छ । तीमध्ये आठवटा कानुनलाई खारेज गर्ने र उनान्साठीवटा कानुन संशोधन गर्ने रहेको छ । जुन एक सय एकचालीस बुँदासित सम्बन्धित रहेको छ । यस पल्ट ऐनकानुनलाई सुव्यवस्थित पार्नुको उद्देश्य सन् दुइ हजार दशमा चिनियाँ विशेषतायुक्त समाजवादी ऐनकानुन प्रणाली बन्नका लागि तयारी गर्नु हो । यसपल्ट कुनकुन ऐनकानुनलाई सुव्यवस्थित पार्नु र सुव्यवस्थित पार्ने क्रिया कसरी चलाउनुबारेको प्रसँग यस्तो रहेको छ –

                  चीनमा हाल रहेका कूल दुइ सय एकतीस ऐनकानुन छन्। यी ऐनकानुनबाट चिनियाँ विशेषतायुक्त समाजवादी ऐनकानुन प्रणालीको प्रारुप बनेको छ । उक्त प्रणालीमा संविधान तथा संविधानसित सम्बन्धित ऐन , नागरिक ऐन, वाणिज्य ऐन , प्रशासन ऐन , आर्थिक ऐन , सामाजिक ऐन र कार्यविधि तथा गैर-कार्यविधि ऐनजस्ता सातवटा कानुन विभाग र ऐन तथा प्रशासनिक नियम, स्थानीय नियम तीन तहको कानुनी नमुना समावेश रहेका छन् । चीनको विधानांगका अनुसार केही ऐनको निर्माण गरेको समय निकै लामो भएकोले वर्तमान वास्तविकतासित ती ऐन मेल खान सक्नेछैनन् र केही ऐनबीचको जोड पनि सुचारु रहेको छैन । यसले वर्तमान ऐनकानुनलाई सुव्यवस्थित पार्नु पर्छ । विधानको प्रभाविकतालाई उकास्नका लागि यो कुरा निकै महत्वपूर्ण रहेको छ। चिनियाँ जन विश्वविद्यालय अन्तर्गतको कानुन क्याम्पसका प्रमुख प्रोफेसर वांग लि मिंगले पत्रकारसित कुराकानी गर्दै भन्नुभयोः हाम्रो ऐनकानुन प्रणाली प्रारम्भिक रुपमा खडा भइसकेको पूर्वशर्तमुनि मुख्य समस्या भनेको हाम्रो विधानको प्रभाविकतालाई प्रत्याभूत पार्नु पर्छ । विधानको प्रभाविकता भनेको हाम्रो ऐनकानुन सामाजिक यथार्थसित मेल खानुपर्छ र सामाजिक विकासका लागि त्यो अनुकूल हुनुपर्छ । यसैले वर्तमान ऐनकानुनलाई सुव्यवस्थित पार्नु निकै आवश्यक रहेको छ । ऐनकानुनलाई सुव्यवस्थित पार्नु वास्तवमा हालको वास्तविक खाँचोसित मेल नखाने वा परिवर्तन भएको विषयलाई आवश्यक संशोधन गर्नु हो ।

                यस पल्ट ऐनकानुनलाई सुव्यवस्थित पार्ने कार्यमा ऐनकानुनलाई खारेज र संशोधन गर्ने कुरा समावेश छन् । सुव्यवस्थित पार्नु पर्ने मुख्य लक्ष्य भनेको गत शताव्दीको नव्वेको दशकभन्दा अघि तर्जुमा गरेका र संशोधन नगरिएका ऐनकानुन हुन् ।

                यस पल्ट खारेज गरिन लागेका आठवटा ऐनमा गत शताव्दीको पचासको दशकमा नयाँ चीनको स्थापना हुँदा तर्जुमा गरिएको "सार्वजनिक सुरक्षा चौकी संगठनसम्बन्धी नियम", "शहरको समूदाय कार्यालय गठनसम्बन्धी नियम", "प्रवासी चिनियाँबाट विद्यालय खुल्ने नियम" आदि समावेश छन् । किनकि ती ऐनलाई खारेज गर्नु पर्छ त ? चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिको ऐनकानुन कार्य समितिका प्रमुख ली श सले भन्नुभयोः चीनको स्थापना भएको थालनीमा वा सुधार र खुलापन नीति लागु भएको प्रारम्भमा तोकिएको ऐनकानुन हालको आर्थिक र सामाजिक विकासको आवश्यकतासित स्पष्ट रुपमा मेल खाएका छैनन्। ती ऐनकानुनहरुमध्ये केही नयाँ नियमबाट साटिएको छ र केही ऐनकानुनका लागि उपयोग हुने लक्ष्यमा ठूलो परिवर्तन भएको छ र ती ऐनकानुन पनि अनुकूल रहेका छैनन् ।

                 चीनको अर्थतन्त्रको वारेमा फरकफरक धारणा सार्वजनिक भएको छ । यससंबन्धी थप बिवरणसहीत पुन सहकर्मी लिउ पछिल्ला केही महिनादेखि चीनको केही आर्थिक तथ्याङ्क राम्रो हुँदै आएको छ र अर्थतन्त्रमा हाल सकारात्मक कारकतत्वहरु बढ्दै आएका छन् । यसैले केही विशेषज्ञले चीनको अर्थतन्त्रले न्यूनतम तह भेटिसकेको र भविष्यमा उत्थान हुन थालेको ठहर लिनुभयो। तर अन्य केही विशेषज्ञका ठहरअनुसार चीनको आर्थिक परिस्थिति त्यति आशावादी रहेको छैन । चालु वर्षको पूर्वार्द्ध बितिसक्न लागेको र पूर्वार्द्धका आर्थिक तथ्याङ्कहरु पनि निस्कन लागेका छन् । यसका साथसाथै उत्थान वा मन्दी हुने विषयबारे छलफल पनि बढीभन्दा बढी रहँदै आएको छ ।

                    जून तेइस तारीखका डिन राष्ट्रिय तथ्याङ्क व्यूरोका विशेषज्ञ को थोंग सिन्‌ले तथ्याङ्क व्यूरोको वेबसाइटमा लेख प्रकाशित गर्दै चालु वर्षका दोस्रो त्रिमासको जी डि पीको वृद्धि दर झण्डै आठ प्रतिशत पुग्ने कुरा बताउँनुभयो । को थोंग सिन्‌ले आफ्नो लेखमा चीनको जी डि पी , उद्योग उत्पादनको वृद्धि तथा इस्पात सेक्शनको उत्पादन-मात्रा तथा विजुली निकाल्ने मात्राबारे विश्लेषण गरेर हाल चीनको अर्थतन्त्रले न्यूनतम तह भेटिसकेको र सबैभन्दा अप्ठ्यारो अवधि वितिसकेको भन्ने दाबी गर्न सक्ने कुरा बताउनुभयो । उहाँका अनुसार भविष्यमा चीनको अर्थतन्त्र स्थिर हुँदै राम्रो दिशातर्फ बढ्दै जानेछ । चिनियाँ सामाजिक विज्ञान एकेडेमीको बैंकिङ अन्सन्धान केन्द्रका अनुसन्धानकर्ता यी सिआन् रोंगले पनि सो विचार लिनुभयो । उहाँले पत्रकारसित कुराकानी गर्दा भन्नुभयोःअर्थतन्त्र स्थिर भएर राम्रो हुँदै जानका लागि ठूलो समस्या नरहेको कुरा उठाउन सकिन्छ । गतवर्ष हाम्रो पूर्व अनुमानअनुसार चालु वर्षको तेस्रो त्रैमासिकको थालनीमा अर्थतन्त्र न्युनतम तह भेटेर पुनरुत्थान हुनेछ। तर अहिलेको अवस्था हाम्रो पूर्वअनुमानभन्दा राम्रो छ । किनकि सरकारले लगाएको लगानीबाट उत्पन्न वृद्धि हाम्रो अनुमानभन्दा राम्रो छ । यसैले चालु वर्षको दोस्रो त्रैमासिक अवधिमा जी डि पीको वृद्धिदर आठ प्रतिशत पुग्नेछ । यसैले सिङ्गै अर्थतन्त्र न्युनतम तह भेटेर पुनरुत्थान हुनका लागि ठूलो समस्या नरहेको भन्न सकिन्छ । चालु वर्षको जी डि पीको वृद्धि दर आठ प्रतिशतले बढ्नका लागि ठूलो समस्या नरहेको कुरा गत वर्षको डिसेम्बरमा मैले भनिसकें।

                चीनका धेरै खाद्यपदार्थको निर्यात पुन:शुरु भएको छ र त्यो विदेशी ग्राहकहरुका लागि ठूलो आकर्षणको केन्द्र बनेको छ यससंबन्धी थप जानकारी सन् 2008को जनवरी महिनामा जापानको चिबाकेन जिल्लाका बासिन्दाहरुले चीनको ह पै प्रान्तको एउटा खाद्यपदार्थ उत्पादन कारखानाद्वारा निर्यात गरिएको मम विषालु पाएका थिए। जसबाट जापानमा चिनियाँ खाद्य पदार्थको विक्रीलाई प्रभावित गरिएको थियो। त्यसपछि चीन र जापान सरकारले यस कुराबारे धेरै पटक छलफल गरेका थिए। यसका साथै चीनले पनि विविध कदम चालेको छ। अथक प्रयासपछि जापानमा चिनियाँ खाद्यपदार्थको विक्री अवस्था राम्रो हुँदै आएको छ। आकियो काटो जापानकी एकजना सामान्य महिला हुन्। उनले सधैं चिनियाँ खाद्यपदार्थ किन्ने तथा चिनियाँ खाद्यपदार्थप्रति आफ्नो चिन्ता नभएको कुरा बताइन्।

                 मालसामान किन्दा खेरी मैले यो चिनियाँ मालसामान हो भन्ने विचार गर्दिंन। बजारमा चिनियाँ खाद्य पदार्थ धेरै छन्। मेरो लागि ठीक रहेको खाद्य पदार्थ म किन्छु। पहिले चिनियाँ खाद्य पदार्थप्रति मेरो अलिकति चिन्ता थियो। तर अहिले यस्तो कुनै चिन्ता छैन।

               श्रीमती आकियो काटोका अनुसार, "विषालु मम"को घटनापछि चीनले निर्यात गर्ने खाद्य पदार्थमाथि जोडतोडसँग जाँचबुझ गरेको छ भने जापानले पनि आयात गर्ने खाद्य पदार्थको अनुगमनलाई सबल पारेको छ। अहिले जापानी बजारमा चिनियाँ बजार निकै सुरक्षित रहेको छ।

                गत वर्षको सेप्टेम्बरमा चीनका धेरै मार्काका दूग्धजन्य पदार्थमा मेलामिनको मात्रा बढी रहेको समाचार प्रकाशित गरिएपछि सिंगापुरद्वारा चिनियाँ खाद्य पदार्थको निर्यातलाई पनि प्रभावित गरिएको थियो। तथापि चिनियाँ व्यवसायले सुधार गरेपछि अहिले चिनियाँ खाद्य पदार्थको असल प्रभाव सिंगापुरमा फेरि देखापरेको छ। सिंगापुरका एकजना बासिन्दा चङ सिन रुङले चिनियाँ खाद्य पदार्थप्रति आफ्नो विश्वास पुन:रहेको कुरा बताए।

                अरु मुलुकद्वारा उत्पादित एक किसिमको खाद्य पदार्थको छनौट म गर्दिंन। केही विशेष खाना अरु मुलुकमा नभएको कारण म चीनमा उत्पादित यस प्रकारको खाना खान्छु।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040