china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    समसामयिक प्रसंग
    (GMT+08:00) 2009-07-06 15:00:34    

                 चीनका केही क्षेत्रमा ए एच वान एन वान फ्लु ठूलो मात्रामा फैलन सक्ने चेतावनी चीनको स्वास्थ्य मन्त्रालयअन्तर्गतको जरुरी स्वास्थ्य कार्यालयका उपप्रमुख ल्याङ्ग वानले दिनुभएको छ । उहाँका अनुसार, अब उपरान्त चीनले फ्लु लागेका रोगीको संख्यालाई घटाउने, बस्ने क्षेत्रमा फ्लुलाई फैलन नदिने, औषधोपचारलाई सबल पार्ने, रोगसम्बन्धी अनुगमन तथा जाँचबुझलाई मजबुत पार्ने र वैज्ञानिक उपायमार्फत उचित रुपमा प्रतिरोधात्मक र नियन्त्रित स्रोतको प्रयोग गर्ने भएको छ।

                श्री ल्याङ्ग वान न्येनले हिजै चीनको स्वास्थ्य मन्त्रालय तथा राष्ट्रिय गुणस्तरको जाँचबुझ, निरीक्षण तथा क्वारेन्टाइन ब्यूरोद्बारा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो। उहाँका अनुसार, गत मे एघार तारिखका दिन चीनमा ए एच वान एन वान फ्लु मानिसमा लागेको पहिलो रोगीसम्बन्धी प्रतिवेदन आएपछि फ्लुको अवस्था लगातार रुपमा विकसित हुदै गएको देखिन्छ। यसै महिनाको अठ्ठाईस तारिखसम्म चीनका चौब्बीस प्रान्तमा फ्लु लागेका व्यक्तिको संख्या सात सय उन्नतीस पुगेको छ। तीमध्ये औषधोपचार गरिएपछि निको भएका व्यक्तिको संख्या चार सय एक रहेको छ। चीनमा आउदा दिनमा ए एच वान एन वान फ्लु अझ फैलने सम्भावना रहेको जानकारी दिंदै उहाँले भन्नुभयो: आउदा केही समयसम्म चीनमा फ्लु संक्रमित रोगीहरुको संख्या निरन्तर बढ्दै जानेछ। यस्तो अवस्थालाई हेर्दा चीनका केही क्षेत्रमा ठूलो मात्रामा फ्लु फैलिने सम्भावनालाई नकार्न सकिदैन। हाम्रो देशमा फ्लु रोगीहरुको संख्या बढ्दो रहेकोले उच्च खतराका मानिस, रोगपिडित र गर्भवती महिलाहरुलाई त्यसले वढी हानी पुर्‍याउने छ। साथै गम्भीर रोगीको मृत्यु हुने सम्भावना पनि रहन्छ। यस वर्षको शरद् र हिउँद ऋतुमा ए एच वान एन वान फ्लु अझ फैलिने सम्भावना निकै बढी छ।

                   विशेषज्ञका अनुसार, एक किसिमको सरुवा रुघा फैलिने छ कि छैन भन्ने कुरा तीन विषयमा आधारित हुन्छ। एक, भाइरसको विशेषता, दुई, भाइरस फैलिने दर र भाइरसद्बारा रोग बनाउने दर, तीन, सजिलैसँग मानिसमा भाइरस सर्छकी सर्दैन । त्यसैगरी चीनले रोगसम्बन्धी मूलभूत शास्त्रको अनुगमन तथा जाँचबुझलाई मजबुत पारिसकेको छ। त्यसको अर्थ हो चीनले ए एच वान एन वान फ्लुको भाइरस फैलन नदिने तथा अन्य परिवर्तनसम्बन्धी अनुगमन एवं जाँचबुझलाई सबल वनाइ सकेको छ। प्राप्त जानकारीअनुसार, ए एच वान एन वान फ्लुको अनुगमन तथा जाँचबुझसम्बन्धी चीनको नेटवर्क-प्रयोगशालाहरुको संख्या बढेर अहीले चार सयभन्दा बढी पुगेको छ। साथै फ्लुको अनुगमन तथा जाँचबुझ गर्ने अस्पतालको संख्या पनि पाँच सयभन्दा बढी पुगेको छ। ती अस्पतालहरु मोटामोटी रुपमा चीनका सबै शहरहरुमा रहेका छन्।

                  स्वास्थ्य मन्त्रालयका पदाधिकारीका अनुसार, आगामी दिनहरुमा चीनले ए एच वान एन वान फ्लुको विशेषता बमोजिम जति सक्दो छिटो फ्लुबाट चीनको मुख्य भूमिलाई जोगाउन खतरा र हानीको ठीक मूल्याङ्कन गरी कानून बमोजिम वैज्ञानिक रुपमा सम्बन्धित् नियन्त्रणको कदम र नियमको समन्वय गर्ने भएको छ।

                    चिनियाँ कम्युनिष्ट पार्टीले अठ्ठासी वर्षको लामो काल खण्डमा सधै नै जनमतको सुनुवाई गर्दैआएको छ र आगामी दिनमा पनि पार्टी तथा राजनीतिक नेताहरुले सर्वसाधारणको आवाजलाई सुनेर अगाडी वढनु पर्नेमा जोड दिइएको छ । जूलाई एक तारिखका दिन चीनको सत्तारुढ पार्टी अर्थात् चिनियाँ कम्युनिष्ट पार्टी स्थापित भएको अठ्ठासी औ वार्षिकोत्सव पर्दछ। बितेका अठ्ठासी वर्षको लामो अवधिमा चिनियाँ कम्युनिष्ट पार्टीले पार्टीको निर्माण गर्ने सम्बन्धमा सधैं नै जनमतको सुनुवाई गर्दैआएको छ। हाल आयोजित चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनैतिक ब्युरोको सम्मेलनमा के प्रस्तुत गरिएको छ भने पार्टी तथा राजनीतिक नेताको परिक्षामा सर्वसाधारणको सन्तुष्टीलाई बढानु पर्दछ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव हु चिन थाउले नयाँ ऐतिहासिक वातावरणमा पार्टीभित्रको प्रजातान्त्रिक निर्माणमा उच्च महत्व दिनुका साथै सक्रियताका साथ त्यसलाई अघि बढाउनुपर्ने कुरामा जोड दिनुभयो। साथै उहाँले अझ राम्रोसँग वैज्ञानिक, प्रजातान्त्रिक र कानूनबमोजिम प्रशासन चलाउनु पर्ने पनि औंल्याउनुभयो। सम्बन्धित विशेषज्ञका अनुसार, उक्त कुराबाट के स्पष्ट हुन्छ भने चिनियाँ विशेषतायुक्त समाजवादी निर्माणको क्रममा जनमतको अझ राम्ररी सुनुवाई गर्नु चिनियाँ कम्युनिष्ट पार्टीको निर्माणलाई सदृणपार्ने मह्त्वपूर्ण विषयहरुमध्येको एक बनिसकेको छ।

              "म सिन्गापूरको लेन ह चाउ पाउको पत्रकार हुँ। सारा विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको मुलुकको सत्तारुढ पार्टीको हैसियतले चिनियाँ कम्युनिष्ट पार्टीले जनमत प्राप्त गर्ने व्यवस्था कस्तो छ? "

                 जून तीस तारिखका दिन चीनको राज्य परिषद्को प्रेस कार्यालयद्बारा आयोजित पत्रकार सम्मेलनमा एकजना विदेशी पत्रकारले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिअन्तर्गत पार्टीको इतिहास अनुसन्धान कार्यालयका उपप्रमुख लि चोङ्ग चेसमक्ष उक्त प्रश्न राखेका थिए । सो प्रश्नको जवाफ दिदै श्री लीले भन्नुभयो: लामो समययता चिनियाँ कम्युनिष्ट पार्टीद्बारा गरिएको निर्णयमा जनमत राम्ररी प्रतिबिम्बित भएको छ। चीनको आफ्नो विशेष अवस्था रहेकाले जनमतको संकलन तथा ब्याख्या गरिने तरिका हाम्रो देशको अवस्थामा भर पर्छ। हामीले आफ्नो लागि सबैभन्दा उपयुक्त तरिकाको प्रयोग गर्नुपर्छ।

              चीनले छिमेकी मुलुकसितको सैनिक सहयोगमा सक्रिय प्रबर्द्धन गर्दै आएको छ र यसै क्रममा "शान्ति रक्षाको कार्यभार-2009" नामक चीन तथा मङ्गोलिया बीचको संयुक्त हालै पैचिङ्गमा आयोजना भयो । चीन तथा सिन्गापूर दुवै देशका सेना बीच सुरक्षाको संरक्षणसम्बन्धी संयुक्त तालिम सम्पन्न भएपछि यसै महिना चिनियाँ सेना तथा छिमेकी मुलुकबीच हालै आयोजित सो दोस्रो संयुक्त तालिम हो। सैनिक पक्षका व्यक्तिका अनुसार, त्यस तालिमबाट चिनियाँ सेना तथा वरिपरिका मुलुकका सेना बीचको सहयोग अझ वास्तविक र गहिरो हुने छ।

                  "शान्ति रक्षाको कार्यभार-2009" नामक चीन तथा मङ्गोलिया बीचको संयुक्त तालिम आयोजना गरिएको यो पहिलो हुनुका साथै चिनियाँ सेना तथा विदेशी सेनाबीच पहिलो पल्ट शान्ति रक्षा भन्ने मुख्य विषयको संयुक्त तालिमको आयोजना गरिएको हो। चीनका छयालीस र मङ्गोलियाका पैंतालीस जना त्यस तालिममा सहभागी रहेका छन्। दुवै पक्षले संयुक्त राष्ट्र संघको प्रारुपमा शान्ति रक्षा फौजले बहन गर्ने कर्तव्यबारे विचार-विमर्श गरी दुवै पक्षका सदस्यहरुलाई जम्मा गरी एउटै शान्ति रक्षा फौजको गठन गरेका छन्। त्यस फौजले संयुक्त राष्ट्र संघको प्रारुपमा रहेको शान्ति रक्षा कार्यभारको पृष्ठभूमिमा ढुवानी र सतर्कतासम्बन्धी कार्यभारको बहन गर्न अभ्यास गर्ने भएको छ।

                   चीन तथा मङ्गोलिया बीचको यस पटकको संयुक्त तालिम चीन तथा मङ्गोलिया बीचको तेस्रो सुरक्षा मामिलासम्बन्धी छलफलमा भएको सहमति अनुरुप अयोजना हुनुका साथै चीन तथा मङ्गोलिया बीचको दौत्य सम्बन्ध कायम भएको साट्ठींऔं वार्षिकोत्सवसम्बन्धी महत्वपूर्ण कार्यक्रमहरुमध्येको एक पनि हो। संयुक्त तालिमको निर्देशन टोलीका मङ्गोलिया पक्षका प्रमुख जनरल दाभाटसेलनले चिनियाँ तथा विदेशी पत्रकारसँग कुराकानी गर्दै यस पटकको संयुक्त तालिमबाट मङ्गोलिया तथा चीनले विश्व शान्तिको संरक्षण गर्ने सन्दर्भमा प्राप्त गर्नु पर्ने साझा प्रगतिमा जोड दिने कुरा औंल्याउनुभयो।

                 यस वर्ष मङ्गोलिया तथा चीन बीचको दौत्य सम्बन्ध कायम भएको साट्ठीऔं वार्षिकोत्सव पर्दछ। यस्तो उपलझ्यमा पहिलो पटक शान्ति रक्षा तालिमको आयोजना गर्नु ज्यादै महत्वपूर्ण छ। यस तालिमबाट मङ्गोलिया तथा चीन दुवै देश बीचको सैनिक सम्बन्ध अझ विकसित भएको छ। चिनियाँ सेनाले धेरै पटक शान्ति रक्षा गतिबिधिमा भाग लिएका थिए। यस तालिमवाट हामीले ढुवानीसम्बन्धी चिनियाँ सेनाको ज्ञान सिक्ने मौका प्रप्त गरेका छौं।

                   चिनियाँ जन मुक्ति सेनाअन्तर्गत पैचिङ्ग सैनिक क्षेत्रका सेनापति जनरल व्हाङ्ग हान प्याउका अनुसार, चीन तथा मङ्गोलिया मैत्रीपूर्ण छिमेकी मुलुक हुन्। दुई देश बीचको सम्बन्ध हाल इतिहासको सबैभन्दा राम्रो अवस्थामा रहेको छ। चीन तथा मङ्गोलिया दुवै देशका सेना बीचको सहयोग आदान-प्रदानबाट दुई देश बीचको सम्बन्ध विकास, क्षेत्रीय शान्ति र स्थिरताको संरक्षणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ। उहाँले थप जानकारी दिदै भन्नुभयो: बितेका केही वर्षयता चीन र मङ्गोलियाका दुई देशका सेना बीचको आवत-जावत क्रमश:बढ्नुका साथै आपसी सहयोग पनि निरन्तर रुपमा गहिरिंदै गएको छ। दुवै सेनाले संयुक्त राष्ट्र संघको प्रारुप शान्ति रक्षा गतिबिधिमा भाग लिई विश्व शान्तिका लागि ज्यादै महत्वपूर्ण योगदान दिएका छन्। चीन तथा मङ्गोलिया बीचको संयुक्त तालिमको आयोजनाले दुवै पक्षबीच सहयोगको आदान-प्रदानलाई प्रबर्द्धन गर्न, संयुक्त राष्ट्र संघको शान्ति रक्षा गतिबिधिको अनुभव एक अर्कामा आदान प्रदान गर्न र क्षेत्रीय शान्ति एवं स्थिरताको संरक्षणका लागि सकारात्मक भूमिका निर्वाह गर्ने छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040