china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    समसामयिक प्रसंग
    (GMT+08:00) 2009-07-13 16:47:07    
                  चीनको सिन्च्याङ युगुर स्वायत्त प्रदेशको सदरमुकाम उरुम्छीमा जुलाई पाँच तारिख भएको घटनामा परी एक सय छपन्न जनाको मृत्यु हुनुका साथै एक हजार असी जना घाइते भएका छन्। सो घटनाको सिन्च्याङबासीले कडा निन्दा गरेका छन् । यसै विषयलाई आजको हाम्रो प्रमुख प्रस्तुती बनाएका छौँ। सिन्च्याङ युगुर स्वायत्त प्रदेशमा भएको जुलाइ पाँच घटनाका सम्वन्धमा विशेषज्ञको प्रतिक्रिया सहितको बिषयलाई पनि कार्यक्रममा प्रस्तुत गर्ने छौँ।साथै समय रहेमा उरुम्छीको सामाजिक जनजीवन सामान्य वन्दै गएको र ध्वस्त पारिएका आधारभूत वस्तुको सेवा शुरु गरिएको मर्मत प्रसङ्गलाई कार्यक्रमा समेट्ने छौँ।अव कार्यक्रमतर्फ लागौँ।

                  सिन्च्याङबासीले उरुम्छीमा भएको घटनाको कडा शब्दमा निन्दा गरेका छन्।यस सम्वन्धमा हाम्रा सम्वाददाताले स्थलगत निरिक्षण पछी तयार पारेको एक जानकारी ।

                उरुम्छी शहरको शान्ति पुनर्स्थापित भएता पनि घटनास्थलमा सशस्त्र प्रहरीले सार्वजनिक सुरक्षाको संरक्षण गरिरहेका छन्।

                बयालीस वर्षिय ली ची स्याङ भवन निर्माण स्थलको जिम्मेवार व्यक्ति हुन्। गत पाँच तारिख राती एघार बजेतिर उनले आफ्ना आँखाले निर्माणस्थलअगाडि भएको घटनाबारे यसरी भने- "त्यति बेला हामी निर्माणस्थलको ढोकातिर रक्षा गर्दागर्दै दशौं जना हामीकहाँ हिंड्दै आएको देख्यौं। उनीहरुले गाडी देख्नेबित्तिकै आगो लगाइहाले र हिंड्ने मानिस देख्नेबितिकै छुराप्रहार गरिहाले। कोहीले ततस्थानमै मारिए ती सबै स्थानीय बासिन्दाहरु थिए। यस्तो दृश्य देखेर मलाई निकै डर लाग्यो तर केही गर्ने उपाय नै थिएन। किनभने हाम्रो निर्माणस्थलमा कार्यरत सबै मजदूरले बिदा लिएर गएका थिए । हामीले हाम्रो ढोकालाई राम्रोसँग बन्द गर्न मात्र सक्यौँ।"

                    आफूलाई संरक्षण गर्नुका साथै श्री ली ची स्याङले प्रहरीलाई फोन गरे। उरुम्छीमा छब्बीस वर्ष बिताएका उनले उरुम्छीको सुरक्षाबारे चर्चा गर्दै भनेः "सिन्च्याङ स्थिर तथा सुरक्षित रहेको म महसुस गर्छु। विशेष गरी उरुम्छीमा। तर यस्तो हिंसात्मक घटना उत्पन्न भएको कारण के हो मेलै सोचेको छु तर उत्तर पाइन।"

                   अचम्म लागेको अर्को व्यक्ति एउटा कम्पनीमा कार्यरत एन्भेर हुन। गत पाँच तारिख राती घर फर्केका उनले साथीकहाँबाट घटनाबारे सुने।

                 " यस घटना आकस्मिक रुपमा उत्पन्न भएछ। ती मानिसहरु कहाँबाट आएका मलाई थाहै छैन। यस्तो घटना उत्पन्न हुनै नहुने मेरो विचार थियो।"

                 गम्भीर हिंसात्मक अपराध घटनाको प्रभावमा उरुम्छीका केही सडकमा रहेका पसलहरु तथा रेस्टुराँ पनि बन्द देखिन्छन। पहिले रमाइला ठूल्ठूला तथा स-साना क्षेत्रमा पनि मानिसलाई देख्न गाह्रो देखिन्छ। एन्भेरले आफ्नो दैनिक जीवनमा पारिएको असरबारे जानकारी दिँदै भनेः "समष्टिगत दृष्टिकोणबाट हेर्दा हाम्रो दैनिक जीवनमा निकै ठूलो असर पारिएको छ। धेरै जनालाई डरलाग्छ र राती बाहिर निस्कँदैनन्। ती स्थान पहिले रमाइला थिए तर आजकाल सबै ढोका बन्द छन् र निकै शान्त छ। जस्तै भनौं, मलाई नान मन पर्छ र हरेक राती नान पसल जाने गर्थें। तर ती पसलहरु चाँडै नै बन्द भए। हाम्रो दैनिक जीवन तथा काममाथि ठूलो असर परेको छ।"

              सिन्च्याङ युगुर स्वायत्त प्रदेशको सदरमुकाममा भएको घटना रेबिया कादीरको नेतृत्वमा रहेको विश्व युगुर काँग्रेसले योजनाअनुसार नै गरेको र सो घटनाको स्पष्ट राजनैतिक उद्देश्य भएको ठहर चिनियाँ विशेषज्ञको छ। विशेषज्ञको विचार संयोजन सहितको एक जानकारी

                  हालसम्म उरुम्छी जुलाइ पाँच घटनामा परी हजारौं जना हताहत भएका साथै दुइ सय वटा गाडी तथा दुइटा भवन ध्वस्त पारियो। चीन आधुनिक अन्तर्राष्ट्रिय सम्बन्ध अनुसन्धानालयअन्तर्गत सुरक्षा तथा रणनीति विभागका प्रमुख ली वीले चीनमा भएको यस पटकको घटना विदेशमा रहेको रेबिया कादीरको विश्व युगुर काँग्रेससँग घनिष्ट सम्बन्ध भएको कुरा ब्याख्या गर्दै भन्नुभयोः "यसो भनेको कारण के हो? किभने रेबियाको नेतृत्वमा रहेको विश्व युगुर काँग्रेस लामो समयदेखि मौका खोज्दै आएको छ र विदेशमा उनीहरुको स्थायित्वका लागि अझ ठूलो मौका पार्न उनीहरुले चीनमा हिंसात्मक तथा ध्वस्त पारिएको घटना गरी सिन्च्याङको स्थिरता तथा विकासमा बाधा पुर्‍याउँदै आएका छन्। सिन्च्याङ युगुर स्वायत्त प्रदेशको पचासौं वार्षिकोत्सव होस् वा पैचिङ्ग ओलम्पिक होस् वा चालूवर्ष जनगणतन्त्र चीनको स्थापनाको साट्ठीऔं वार्षिकोत्सवको घडीमा उनीहरुले निरन्तर रुपमा योजना गर्दै इन्टर्नेट अथवा मानिसलाई पठाएर सिन्च्याङमा मानिसहरुलाई उत्तेजित पारेका देखिन्छन्। जून छब्बीस तारिखका दिन कुआङ तुङ शाउ कुआनमा भएको सामूहिक लुडाइँका घटना उनीहरुले यस पटकको राजनैतिक उद्देश्य भएको घटनाको फ्युज मात्र हो।"

                  यस पटक विश्व युगुर काँग्रेसद्बारा योजना गरेर बनाइएको घटना अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका पृथक संगठनका कार्वाहीसँग बराबर भएको छ कि हिंसा तथा गोलमाल अवस्था बनाएर आफ्नो राजनैतिक उद्देश्यलाई साकार तुल्याउनु रहेको विचार विशेषज्ञले व्यक्त गरेका छन्।

                 "विश्व युगुर काँग्रेसको दीर्घकालीन लक्ष्य कथाकथित स्वतन्त्र देशको स्थापना गर्नु हो अर्थात पृथक गतिविधि हो। तर हामीलाई थाहा छ कि केही व्यक्तिको भरमा परी विदेशमा केही नारा कराउनुमार्फत उनीहरुको लक्ष्य साकार तुल्याउन गाह्रो हुन्छ। वास्तवमा उनीहरले बाँच्नका लागि कहिलेकाहिं पृथक पार्नुलाई जीवन बिताउने उपाय मान्दछन्। विदेशमा चीनविरोधी शक्तिको सर्मथन पाउन उनीहरुले मिलाएर एक अर्काको प्रयोग गर्नुपर्छ। यसै कारणले विदेशमा रहेका चीन विरोधी शक्तिको समर्थन पाउन चीनमा केही घटना उत्पन्न गराउने गरेका छन्।"

            उरुम्छीमा अहीले दैनिक आवश्यकीय वस्तुको आपूर्ति शुचारु भएको छ । यससंबन्धी थप जानकारी उरुम्छीमा घटना भएपछि उरुम्छी सरकारले जुलाइ छ तारिख विहान एक बजेदेखि आठ बजेसम्म, जुलाइ सात तारिख राती नौ बजेदेखि जुलाइ आठ विहान आठ बजेसम्म शहरका मुख्य क्षेत्रमा यातायात नियन्त्रण गरेको थियो।

                    उरुम्छीका मेयर चेल्ला इसामुदीनले स्थानीय बासिन्दाहरुको आधारभूत जीवनलाई प्रत्याभू दिन सरकारले गरेका कदमहरुबारे जानकारी दिँदै भन्नुभयोः " जुलाइ पाँचदेखि यता, निकै कठिन अवस्थामा हामीले चामल, पिठो, तेल तथा तरकारीलगायतका साम्रीलाई मिलाएर बासिन्दाहरुलाई प्रदान गर्दै आएका छौं। जुलाइ सात तारिखदेखि हामीले शहरका मुख्य शपिङ्ग सेन्टर, सुपरमार्केट संचालनमा आउन प्रोत्साहन गर्‍यौं। जसबाट विभिन्न जातिका मानिसहरुको दैनिक जीवनमा चाहिने सामग्रीको आपूर्तिलाई प्रत्याभूति दिइएको छ। जुलाइ सातको राती सरकारले विभिन्न ठाँउबाट तरकारी बोक्ने प्रशस्त गाडी मिलाइदियौं र विभिन्न बजार तथा सुपरमार्केटमा पुर्‍यायौं। हालसम्म उरुम्छीका विभिन्न शपिङ्ग सेन्टर, बजार, पेट्रोल पम्प संचालनमा आइसकेका छन्। दैनिक जीवनमा चाहिने सामग्रीको आपूर्तिको प्रत्याभूति पनि गरिएको छ। बजारमा आपूर्तिको अवस्था स्थिर हुँदै आएको र रेस्टुराँहरु पनि आज दिउँसोदेखि खोलिएका छन्।"

                   स्थानीय बासिन्दाहरुको दैनिक जीवनको अवस्थाबारे जानकारी लिन हाम्रो रेडियोका सम्बाददाता उरुम्छीका सडकहरु जानुभयो। घटनामा ध्वस्त पारिएको चिनयिन सडकमा पर्ने तुङ ह्‌वान बजार सफा पारियो तर पहिले जस्तै रमाइलो छैन। थेन शान क्षेत्रका बजारका सुरक्षाकर्मी एक्बरले जुलाइ पाँच घटनाभएपछि बजारको सुरक्षाको संरक्षण गर्दै आएका छन्। "समाज सुरक्षित तथा शान्त हुने हाम्रो आशा छ। यस्तो घटना भएपछि हामीलाई पनि निकै दुःख लाग्यो। गत पाँच तारिखदेखि यता हामी सुरक्षाकर्मीहरु विराम नगरी चौब्बीसै घण्टा काम गर्दै आएका हौं।"

                   हिंसात्मक गतिविधिले सर्वसाधारणको जनधनलाई क्षति पुर्‍याएको छ। उरुम्छीमा बस्ने विभिन्न जातिका मानिसहरुले बलियो दाँत र ओठको सम्बन्ध देखाएका देखिन्छ। "हामी थेन शान प्रहरी स्टेशनबाट किन्टर्गाटन शिक्षा स्कूलसम्म हिंडेर आएका हौं। बाटोमा दुइ/तीन जना घाइते भेट्यौँ। कोही टाउकोमा घाउ भएका अनि कोही हातमा। ती घाइतेहरु सबैलाई यहाँ पुर्‍यायौं। त्यस्तो अवस्था हेरेर हाम्रो मन रोएको छ।"

                  भर्खरै बोलिरहनुभएका व्यक्ति सिन्च्याङ युगुर जातीय स्वायत्त प्रदेशको चिनियाँ चिकित्सा अस्पताल इमरजेन्सी केन्द्रका डाक्टर चुरेट हुनुहुन्छ। आँखाभरि आँसु पार्दै उहाँले घाइतेलाई बचाउनु आफ्नो एउटै मात्र इच्छा हो भन्नुभयोः " यस्तो समस्या कसैलाई पनि मन पर्दैन। म पनि अल्पसंख्यक जातिको मानिस हुँ र म यस्तो गतिविधिलाई घृणा गर्दछु यस्तो उपायले मेलामिलापयुक्त परिवारलाई भङ्ग पारेको गतिविधिलाई। एकजना चिकित्सकको हैसियतले यस्तो अवस्थाका मानिसलाई बचाउन सकेकोमा मेरो मन अलिकति शान्त भएको छ।"

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040