china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपालमा समुद्री माछाको परिकार
    (GMT+08:00) 2009-07-16 10:35:05    

                एउटा प्रवृत्ति हुर्केको छ नेपालमा । पढ्न भनी विदेश पुगेका यहाँका ठिटाठिटी पुनः फर्केर नेपाल आउँदैनन् । नेपाली आकाश ताकेर परदेश पुगेकाका मनमा साँच्चै यो मुलुकप्रति कस्तो कुरा खेल्छ होला । डायस्पोरिक चेतना बोकेर हुर्केका ती युवा के स्वदेश सम्झेर आँसुले सिरान भिजाउँदैनन् होला फेरि एउटा नीलकाँडा बनेर सहरमा झाँगिएको छ, अमेरिका सबैको सपनाको भूमि बनेर । पछिल्लो समय अमेरिका, अष्ट्रेलिया र युरोपतिर बरालिने युवा बढेका छन् । उता पुगेर पढ्ने नाममा आफ्नो सपनालाई अनेक रंग दिन्छन् युवा।

                विदेश जान नपाएकाहरू यतै आफैँलाई धिक्कार्दै हुन्छन् । तर, विदेश पुगेपछि स्वदेश फर्कँदैनन् भन्ने  कुरालाई मिथ्या सावित गर्दै मनीषराज पन्त, किरण जोशीलगायत् अरु युवाले नेपालमै विदेशी खानाको स्वाद दिने लवस्टर्स रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । अमेरिकाको रेड लवस्टर्सले विश्वव्यापी रुपमा आफ्नो सन्जाल फिजाएको थाहा पाउनेहरूले कतै नेपालमा पनि त्यहीँबाट प्रभावित भएर अमेरिकाकै जस्तो रेड लवस्टर्स खोलेका त होइनन् भन्ने भ्रममा अरु नपरुन् भनी लवस्टर्स मात्र नाम दिएको बताउँछन् सञ्चालक मनीषराज पन्त ।

                हाम्रो रेष्टुरेन्ट अमेरिकी रेष्टुरेन्टको शाखा भए पो रेड लवस्टर्स राख्नु, आफ्नै सिर्जनामा खोलिएको हुनाले यसको नाम लवस्टर्स मात्रै राखेका हो भनी पन्तले भने । लवस्टर्स समुद्रमा पाइने प्राउन वर्गको सबैभन्दा ठूलो माछा हो । हामीले समुद्री परिकारलाई प्राथमिकतामा राखेका हौं त्यसैले नाम नै लवस्टर्स राखिएको हो भनी उनले सुनाए । लवस्टर्स रेष्टुरेन्टमा मनीषलगायत अरु दश युवा आबद्ध छन् । सबै साथी आबद्ध भए पनि रेष्टुरेन्ट सञ्चालनको जिम्मा भने किरण जोशीले पाएका छन् । नेपालमा समुद्र छैन । धेरै नेपालीलाई समुद्री खानाबारे पनि थाहा छैन । नेपाली समुद्रमा पाइने गंगटा, भ्यागुता र अरु धेरै किसिमका सामुदि्रक जीव पनि खानेकुरा हुन् र भन्दै ओठ टोक्छन्। रेष्टुरेन्टमा प्रयोग हुने यी समुद्र परिकार नेपालमा पाइँदैनन् । पन्तले वर्षको एकदुईपटक समुद्री परिकारको स्वाद लिन हङकङसम्म जाने नेपाली परिवार भेटेका छन् ।

               फेरि समुद्री परिकारको स्वाद थाहा पाएका धेरै नेपाली अहिले विदेशबाट फर्कने क्रम पनि बढेको छ । पन्त र उनका साथीहरूले समुद्री परिकार खान पाइने रेष्टुरेन्ट खोल्ने हो भने ग्राहक कमी नहुने निष्कर्ष निकाली रेष्टुरेन्ट खोल्नतिर लागेका हुन् । तर, ती परिकार ल्याउने कहाँबाट भन्ने समस्याले सतायो उनीहरूलाई । पक्कै पनि नेपालमा समुद्र नभएकाले समुद्री माछा विदेशबाटै आयात गर्नुपर्दथ्यो । तर, उनीहरूको चाहना जिउँदै समुद्री माछा ल्याएर ग्राहककै अगाडि देखाएरै परिकार पस्कने थियो । एक वर्षको प्रयासपछि पन्तको समूहले विदेशबाट जिउँदो माछा नेपाल ल्याउने स्वीकृति सरकारबाट पायो । सरकारी स्वीकृत पाएपछि हौसिएका किरण जोशी, विकेश श्रेष्ठहरू माछा खरिदका लागि हङकङ पुगे । समुद्री परिकार नेपालीलाई खुवाउने एउटा अभियानले मूर्तरुप पायो । हाल लवस्टर्सले हङकङबाट एउटा जहाज नै चार्टर गरी जिउँदो समुद्री माछा नेपाल ल्याउने गरेको छ । लवस्टर्समा अहिले समुद्रमा पाइने टुना, रेडस्टार, स्कुइट, मसलालगायत् बाइस प्रकारका माछा तथा टाइगर प्राउन, जम्पु प्राउन, लवस्टर्सलगायत् विभिन्न प्रकारका प्राउन परिकार पाइन्छन् । माछा सबैभन्दा चाँडो बिग्रने परिकारमा पर्छ । विदेशबाट ल्याइएका माछालाई नेपालमा फेरि पशु डाक्टरबाट जाँच गराएपछि मात्रै प्रयोगमा ल्याइने गरेको सञ्चालक किरण जोशी बताउँछन् । सबैभन्दा ठूलो कुरा ग्राहकको स्वास्थ्य हो जोशी भन्छन्।नेपाल भित्र्याएका माछाको क्वारेन्टाइन र पशु डाक्टरको जाँचपछि मात्रै पकाउनतिर लागिन्छ । रेष्टुरेन्टमा आउने ग्राहकले खाने परिकार कस्तो छ र कसरी पकाइन्छ भनी हेर्नसक्ने व्यवस्था रहेको बताए उनले ।

               यो नेपालका रेष्टुरेन्टमा गरिएको नौलो प्रयोग हो । समुद्री माछा नै नेपालमा पाइँदैन, फेरि समुद्री परिकार खाने ग्राहक हुँदैनन् त्यस्तो रेष्टुरेन्ट किन खेल्नुपर्यो र भन्ने साथीहरू अहिले उनीहरूसँग खुसी छन् । अहिले सो रेष्टुरेन्टका ग्राहक पूर्वअधिराजकुमारी हिमानीदेखि विभिन्न मुलुकका राजदूतसमेत छन् । दरबारमार्गमा अवस्थित शेर्पा मलको माथिल्लो तलामा खोलिएको लवस्टर्सु रेष्टुरेन्टको लागत एक करोड पचास लाख रुपैयाँभन्दा बढी रहेको सञ्चालक बताउँछन् ।

               हाल साठी जनाभन्दा बढी व्यक्तिलाई रोजगारी दिन सफल लवस्टर्समा नेपाली कन्टिनेन्टल, चाइनिज, थाईलगायत् परिकार पाइन्छन् । रेष्टुरेन्टको लक्षित समूह मध्यमवर्गीय नागरिक, विदेशी र उच्च घरानाका परिवार भए पनि मुख्य परिकार माछाको मूल्य मात्रै एक सय उनानसय सय रुपैयाँदेखि चार हजार पाँच सय रुपैयाँसम्म छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040