china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    समसामयिक प्रसंग
    (GMT+08:00) 2009-07-20 15:28:39    

                   उरुमुछिमा जुलाई पाँच तारिख भएको भयानक आपराधिक घटना"पछी अहीले त्यहाँको जनजीवन सामान्य भएपनि मानिसको मन भित्रको त्रास भने अझै हट्न सकेको छैन।सबै नै यस्तो घट्ना कहील्यै नदोहोरियोस् भनि कामना गरिरहेका छन् ।यस्तै त्रासमा रहेको एक परिवारको अनुभूतिलाई आजको हाम्रो प्रमुख प्रस्तुती बनाएका छौँ। उरुमुछिको दैनिक जीवन आधारभूत रुपमा स्थिर भएको छ र आपराधिक घटनापछि त्यहाँ उद्धार ,पुननिर्माण लगायताका सबै कार्य अघि बढाइएको बिषयलाई पनि कार्यक्रममा प्रस्तुत गर्ने छौँ।साथै समय रहेमा सिन च्याङमा पर्यटक आवागमनमा कमि आउन नदिन पर्यटन विभागले अघि सारेका विभिन्न कार्यक्रमवारे पनि चर्चा गर्ने छौ ।

               उरुमुछिमा जुलाई पाँच तारिख बेलुकी भएको भयानक आपराधिक घटनालाई स्थानिय वासिले कसरि संझन्छन् त ? उरुमुछिको स्थलगत भ्रमणपछी तयार गरिएको एक रिपोट छाङ ल युआन सामुदायिक क्षेत्रमा हान जाति तथा युगुर जाति लगायतका धेरै जातिका मानिसहरु बसोबास गर्छन्। त्यस सामूदायिक क्षेत्रमा धेरै वटा इस्लामिक शैलीका घर निर्माण भएका छन्। हाम्रा सम्वाददाताले त्यस सामुदायिक क्षेत्रमा प्रवेश गर्दा केटा-केटीहरु खेलेको देखेका थिए। केही मानिसहरु भर्खरै किनेका ताजा सागसव्जी लिएर घर फर्केका थिए।

                 हाम्रा सम्वाददाता सत्तरी वर्षीय टुएरसुङगुलको घर पुगे। उहाँले भाषा सम्बन्धी काम गर्नुभएको थियो। अवकाश पछि उहाँ आफ्नी भतिजीसँग छाङ ल युआनमा बस्नु थाल्नुभयो। जुलाई पाँच तारिख बेलुकी उहाँ घरमा बस्नुभएको थियो। त्यस दिन घर नजीकै भएको कुटपिट, तोडफोड, लुटपाट तथा आगजनीको आवाज अझै उहाँको कानमा ताजै रहेको छ।

                 मैले कहिल्यै पनि यस्तो भेटेको थिइन। त्यस दिन बेलुका आकस्मिक रुपमा कुटपिट, तोडफोड, लुटपाट तथा आगजनी भएको थियो। कुकुर तथा मानिसहरु कराउँदै थिए। यस्तो आवाज सुनेपछि हामीलाई धेरै डर लाग्यो।

                 टुएरसुङगुलकी भतिजी साबिया सो दिन बेलुकी उहाँसँग घरमा बसेकी थिइन्। रातिको खाना खाएपछि साबियाले उनका श्रीमानको फोन उठाइन्। श्रीमानले अस्पताल नजीकैको ठाउँमा हुल दंगा भएको कुरा टेलिफोनमा बताए। शुरुवातमा साबियाले यो सामान्य घटना भएको विचार गरिन्।

                    बेलुका नौ बजेसम्म समुदायिक क्षेत्रमा विस्फोटनको आवाज सुनिएको थियो। धेरै मानिसहरु कराएका थिए। आफ्ना श्रीमान तथा छोरीको सुरक्षाप्रति चिन्ता गरेको कारण साबियाले घर तल जान खोजेकी थिइन्। तर अन्तमा उनलाई समुदायिक क्षेत्रको ढोकामा छिमेकीहरुद्वारा रोकिएको थियो।

                   म टेक्सीबाट अस्पताल जान खोजेको भनेकी थिएँ। हाम्रो आंगनमा बस्ने एक जना छिमेकीले मलाई तपाईंको अस्पताल जाने आँट छ भन्ने कुरा वताए। तपाईंले उताका शवहरु देख्नुभएन? अनि मैले पाँच छ मिटर जती पर छ सात जनाको शव देखे।

                   जुलाई पाँच तारिख भयानक आपराधिक घटना भएको एक साता वितिसकेतापनि सोही दिन बेलुकी भएको अवस्थाबारे सम्झना गर्दा उनको परिवारलाई अझै डर लाग्छ। भयानक आपराधिक घटनामा परी छाङ ल युआन समुदायिक क्षेत्रका मानिसहरु सधैं जाने एक सुपर मार्केटमा आगजनी भएको थियो। जसप्रति साबिया तथा उनका परिवारलाई निकै अफसोस लागेको छ।

                    उरुमुछिमा घटाइएको आपराधिक घटनापछि त्यहा उद्धार ,पुननिर्माण लगायताका सबै कार्य अघि बढाइएको र दोषीलाई कानूनको कठघरामा उभ्याइएको सम्वन्धित् अधिकारीले वताएका छन् । सम्वन्धित अधिकारीको भनाइसहितको एक जानकारी आजकाल उरुमुछिको सड्कमा सार्वजनिक बस तथा ट्याक्सी जताततै देखिन्छ भने बजार र सुपर मार्केटको सामान्य संचालन पुन:शुरु भएको छ। सामूदायिक क्षेत्रमा बाल-बालिकाहरु खेलिरहेका छन्। बजारमा ताजा साग्सव्जीको आपूर्ति प्रशस्त छ। सिन च्याङ युगुर स्वायेत्त प्रदेशका प्रवक्ता हौ हान मिनले उरुमुछिको जनजीवन पुन:स्थापित हुनुमा स्थानीय सरकारले तुरुन्तै तथा प्रभावकारी रुपमा चालेको कदमसँग घनिष्ठ सम्बन्धित रहेको जानकारी दिनुभयो। उहाँका अनुसार, उरुमुछिमा जुलाई पाँच तारिख भयानक आपराधिक घटना भएपछि सिन च्याङ सरकारले जरुरी अवस्थाको सामना सम्बन्धी प्रस्ताव लागू गरी नागरिकहरुको जनधनको सुरक्षालाई प्रत्याभूति दिने कार्यलाई उच्च महत्व दिएको थियो।

                  सर्वप्रथम जनताको सुरक्षाको प्रत्याभूति दिइएको थियो। सशस्त्र प्रहरी तथा सार्वजनिक सुरक्षा सम्बन्धी प्रहरीले नागरिकहरुको सुरक्षालाई प्रत्याभूति दिन गश्ति गरेका थिए। त्यसका अतिरिक्त, केही पसललाई समयमै ढोका बन्द गर्न पनि लगाइएको थियो। जसबाट अरु बढी जनताको सम्पतिमा क्षति नपुगोस्। त्यसका अतिरिक्त, यातायातको नियन्त्रण गरिएको थियो।

                 श्री हौ हान मिनले ती प्रभावकारी कदमको कारण भयानक आपराधिक घटनालाई छोटो समयमा नै नियन्त्रण गरिएको छ भने भयानक आपराधिक घटनामा संलग्न प्रायजसो अपराधीलाई छिटै पक्राउ गरिएको छ।

                  उरुमुछिमा जुलाई पाँच तारिख भयानक आपराधिक घटना भएपछि त्यसले विभिन्न पक्षको ठूलो ध्यानाकर्षण गरेको छ। स्वदेश र विदेशका कतिपय सञ्चार माध्यमहरु अन्तर्वार्ता लिन जुलाई छ तारिख उरुमुछि पुगेका थिए। हालसम्म विदेशका दुई सय जना पत्रकारले सिन च्याङको वारेमा रिपोर्ट गरिसकेका छन्। श्री हौ हान मिनका अनुसार, सिन च्याङ युगुर स्वायेत्त प्रदेश तथा उरुमुछि सरकारले पत्रकारहरुको लागी सूचना लिन सजिलो वातावरण उपलव्ध गराएको छ।

                  यस पटक उरुमुछिमा जुलाई पाँच तारिख भएको भयानक आपराधिक घटनाको रिपोटिङ्गको लागी आएका विश्वका विभिन्न मुलुकका सञ्चार माध्यमहरुलाई हामीले निकै सुविधाजनक वातावरण उपलव्ध गराएका छौं। यसका साथै हामीले उनीहरुलाई तत्स्थान तथा घाइतेहरुसँग कुराकानी गर्न अस्पताल लगेका छौं। पत्रकारहरुले स्वतन्त्र रुपमा हाम्रा नागरिकहरु तथा पसलमा भएका ग्राहकहरुसँग अन्तर्वार्ता लिएका छन्। त्यसैले मेरो विचारमा तिनीहरुले विभिन्न सञ्चार माध्यमको रिपोर्ट, विशेष गरी यस भयानक आपराधिक घटनाको वास्तविकताबारे चौतर्फी रुपमा जानकारी लिएका छन्।

                   त्यसका अतिरिक्त, सरकारी निकायले धेरै पटक प्रेस सम्मेलनको आयोजना गरेको छ। सञ्चार माध्यमका लागि खुल्ला धारणा लिएको हुनाले सर्वसाधारणले यस पटकको घटनाप्रति स्पष्टसँग बुझेर सरकारको कदमको समर्थन गरेका छन्।

              सिन च्याङमा पर्यटक आकर्षणमा कमि आउन नदिन त्यहाँ विभिन्न कार्यक्रम शुरु गरिएको छ । यससंबन्धी थप जानकारी ।

                उरुमुछिबाट एक सय किलोमिटरमा पर्ने थेन शान पहाडको थेन छ दृश्यावलोकन क्षेत्रमा हाम्रा सम्वादाताले क्यानाडाका युवक ट्रेभोर हाजेलसँग भेटेका छन्। विश्व विद्यालयमा अध्ययनरत ट्रेभोर हाजेल ग्रीष्म ऋतुको विदामा आफ्ना तीन जना सहपाठीसँग सिन च्याङको यात्रा गर्दै छन्। उनले सिन च्याङका कानास ,यिली लगायतका स्थान घुमि सकेका छन्।

                यहाँ असुरक्षित भएको मलाई महशुस भएको छैन। कहिलेकाहीं मलाई चिन्ता लागेतापनि यहाँ पूर्ण रुपमा सुरक्षित रहेको अनुभूति मलाई छ ।

                 थेन शान पहाडको थेन छ दृश्यावलोकन क्षेत्र समुद्र सतहदेखि दुई हजार मिटर अग्लो ठाउमा पर्छ। त्यस तालको पानी सफा छ भने चुचुरो हिउले ढाकिएको छ। चित्र जस्तै सुन्दर दृश्यले ट्रेभोर हाजेललाई आफ्नो घरबारको सम्झना गराएको छ।

                 यहाँ धेरै सुन्दरता छ। विशेष गरी यहाँका रुखहरु र ताल मेरो जन्मस्थल क्यानाडाको दृश्यसँग मिल्छ। जसले मलाई धेरै घनिष्ठ वनाएको छ।

               इटलीकी श्रीमति स्टेफानोले सिन च्याङको धेरै पटक भ्रमण गरेकी छिन्। यस महिनाको दश तारिख उनी आफ्नो परिवारसँग सिन च्याङ आएकी छिन्।

                 यस क्षेत्र अरु ठाउँको तुलनामा फरक छ। विभिन्न जातिका बासिन्दाहरु यहाँ बसेका कारण यो मलाई सिन च्याङको सबैभन्दा आकर्षित कुरा लागेको छ।

                पर्यटकहरुको मनमा सिन च्याङको आकर्षण यथावत रुपमा विद्यमान रहेतापनि उरुमुछिमा जुलाई पाँच तारिख भएको कुटपिट, तोडफोड, कुटपाट तथा आगजनी जस्ता भयानक आपराधिक घटनाले सिन च्याङको पर्यटन उद्योगमा नकारात्मक प्रभाव पारेको छ। सिन च्याङ युगुर स्वायेत्त प्रदेशको पर्यटन विभागका सचिव छ छुङ छिङले हालै दिनुभएको जानकारी अनुसार, यस महिनाको बाह्र तारिखसम्म स्वदेश र विदेशका तीन हजार चार सय पर्यटकीय टोलीले पूर्वनिर्धारित योजना रद्द गरेका छन्। ती पर्यटकीय टोलीमा संलग्न पर्यटकहरुको संख्या दुई लाख रहेको छ। प्रति पर्यटकले सिन च्याङमा घुम्नका लागि पाँच हजार चिनियाँ युआन खर्च गरेको खण्डमा पनि भयानक आपराधिक घटनाका कारण उनिहरुको भ्रमण रद्द भएर एक अर्ब चिनियाँ युआनको क्षति पुगेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040