china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    बगरमा सामूहिक मकै खेती
    (GMT+08:00) 2009-07-23 15:53:34    

                मकवानपुरको राईगाउँ आसपासका किसानले बागमती खोला बगरमा सामूहिक मकै खेतीबाट आम्दानी लिन थालेका छन् । काठमाडौंबाट बहने बागमती खोला बगरमा किसानले सामूहिक रुपमा मकैखेती गर्दै आएका छन्। पहिले आफ्नै बारीमा फलाएको मकैले दुई तीन महिना खान नपुग्ने अवस्था थियो तर बगरमा मकैखेती थालेपछि एकपटकमा दुई सय डोकासम्म मकै एउटा परिवारले भित्र्याउँने गरेका छन् । पाँच वर्षअघि बगरमा खेती थालेका सोमबहादुर माझीले मकै खेतीबाट राम्रो प्रगति गरेका छन् । काठमाडौंका वासिन्दाले खोलामा फोहोर फालेका कारण मकवानपुरको सो क्षेत्र किसानका लागि मोहर बनेको हो ।

               माझीका अनुसार, खोलामा बगेर आएको फोहोर बगरमा पुर्याई एकपटक खनेर मकै लगाएपछि मल हाल्नैपर्दैन । फोहरका कारण लेदो भएर आएको पानीलाई कुलो बनाएर बगरमा थेग्राएपछि त्यसले मलको काम गर्ने माझीले बताए । उनले भने, सोही कारण मकै राम्रो फल्छ । पाखाबारीमा सिंचाइ सुविधा नभएकाले बगरमा खेती थालिएको अर्का किसान दुर्गाबहादुर पाख्रिनले बताए । बगरमा उब्जिएको मकैले दश जनासम्मको परिवार पाल्न पुगेको उनी बताउँछन् ।

               फापरबारीको पाँचपाण्डव, झुर्झरे, लम्काना, भोर्लेनी, लीलावन, करौडे, भैंसे, राईगाउँको माझगाउँ र सिन्धुलीको चर्पाई, ककरे र चिसापानीका किसानले बगरमा गरिएको मकैखेतीबाट फाइदा लिएका छन् । बागमती बगरमा मकै खेती लगाउने समूह क्रियाशील हुन थालेका छन् । सबैभन्दा ठूलो समूह पैँतीस जनासम्मको छ । सदरमुकाम हेटौंडाबाट एकदिने बसयात्रापछि पुगिने राईगाउँका किसानले मकै राम्रो आयस्रोतको माध्यम बनाइरहेका छन् । मलमा खर्च गर्नुपर्ने पैसा जोगिएकामा उनीहरू दङ्ग छन् ।

               आर्थिक अवस्था नाजुक भएका सो क्षेत्रका किसानले सात वर्षदेखि बगरमा मकै खेतीमा थालेका हुन् । स्थानीय किसान दुर्गा पाख्रिन एकपटकमा दुई सय बोरा मकै भित्र्याउने गरेको बताउँछन् । सरकारले बगरमा मकै खेतीका लागि सहुलियत दिए अन्य खेतीसमेत फस्टाउने स्थानीय किसानको भनाइ छ । बगरमा खरबुजा, काँक्रोलगायत खेती गर्न सकिने उनीहरू बताउँछन् । जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत काशीराज हमालले बगर क्षेत्रमा विशेष प्याकेज ल्याउने कार्यक्रम नभएको जानकारी दिए ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040