china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    बाली उपचारबाट किसानलाई राहत
    (GMT+08:00) 2009-07-30 09:45:53    

               तरकारी तथा फलफूल बालीमा रोग तथा कीराले सताएको छ वा बालीनालीमा लागेका रोग तथा कीराको निराकरण नभएर उत्पादन घटेको छ र यदि त्यसो हो भने अब चिन्ता मान्नु पर्दैन । तपाईंको समस्याको निराकरण अब हुने भएको छ । नेपालमै पहिलो पटक लमजुङमा बाली उपचार शिविर सुरु भएको छ । कृषि बालीमा लाग्ने रोग कीराले कृषि उत्पादन घटिरहेको बेला यस किसिमको उपचार शिविरले कृषि क्षेत्रमा नयाँ आयाम ल्याएको छ ।

               नेपालमै पहिलो पटक सुरु भएको बाली उपचार शिविर अबदेखि लमजुङमा नियमित हुनेभएको छ । सदरमुकाम बेसीँसहरमा केही दिनअघि भएको बाली शिविरमा सयौं किसानले आफ्ना समस्या ल्याएका थिए । जिल्ला कृषि विकास कार्यालय, वर्ल्ड भिजन लमजुङ एडीपी, फिडाफा, सिड नेपाल र सेकोड नेपालको आयोजना तथा ग्लोवल प्लान्ट क्लिनिक यूकेको प्राविधिक सहयोगमा यस्तो शिविरको आयोजना भएको हो ।

               शिविरमा किसानले ल्याएका समस्या, बालीमा लागेका रोग कीराको पहिचान गरी उनीहरूलाई उचित परामर्श दिइएको थियो । अन्दाज र हचुवाको भरमा बालीनालीमा विषादी प्रयोग गर्दा हुन सक्ने क्षतिका बारेमा समेत शिविरमा जानकारी गराइएको थियो । वरिष्ठ कृषि विकास अधिकृत कृष्णप्रसाद अधिकारीले मान्छेलाई रोगले आक्रमण गर्दा डाक्टरकहाँ गएर परीक्षण गरी उपचार र सल्लाह लिए जस्तै बालीमा रोग कीराले आक्रमण भएपछि हचुवाको भरमा विषादी प्रयोग नगरी रोगको पहिचान गरेर मात्र विषादी प्रयोग गर्न शिविरले सन्देश दिएको बताउनुभयो । फिडाफाका कार्यक्रम संयोजक तथा कृषि प्राविधिक सुरेश बराल यस किसिमको शिविरले बालीनालीको सही उपचार हुने धारणा राख्नुहुन्छ । उहाँले जथाभावी विषादीको प्रयोग गर्दा बालीमा मात्र होइन, मानव स्वास्थ्यमा समेत नकरात्मक असर पार्ने हुँदा यस्तो शिविरले जनचेतना फैलाउन र स्वस्थ बाली भित्र्याउन मद्दत पुग्ने बताउनुभयो । उहाँका अनुसार नेपालमै पहिलो पटक सुरु भएको यस किसिमको उपचार शिविर जिल्लामा महिनाको दुई पटक आयोजना गरिने छ । प्रत्येक महिनाको दोस्रो शनिबार सुन्दरबजारस्थित कृषि हाटबजार र तेस्रो शनिबार बेसीँसहरको कृषि हाटबजारमा शिविर सञ्चालन हुनेछ ।

               शिविरमा जाँचका लागि ल्याइएका बालीमध्ये कतिपयमा रोग कीराको सङ्क्रमण भएको भेटिएको र कतिपयमा उचित व्यवस्थापनको खाँचो देखिएको थियो । शिविरमा मकै, काँक्रो, फर्सी, काउली, बन्दा, भण्टा, गोलभेँडा सुन्तलालगायतका बाली परीक्षणका लागि ल्याइएका थिए । परीक्षणको क्रममा गोलभेँडा, काँक्रो, तथा फर्सीमा फूल कुहिने, औंसा, कीरा, मकैको डाँठमा गोभारो कीराको प्रकोप भेटिएको थियो । त्यस्तै काउली तथा वन्दामा कीराको प्रकोप भेटिएको थियो भने सुन्तलामा टुप्पो मर्दै जाने समस्या देखिएको नेपाल सिमिका जिल्ला प्रवन्धक तथा कृषि प्राविधिक जीवनजङ्ग थापाले बताउनुभयो ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040