|
अगष्ट 2 तारिख आइतबारका दिन हामी नियमित कार्यक्रम " समसामयिक प्रसङ्ग", त्यसपछी प्रस्तुत हुने"स्वास्थ्य विविध" कार्यक्रममा हामी "चीनद्बारा सबै जनतालाई मूलभूत चिकित्सा सेवा उपलब्ध" वारेको सामाग्री प्रशारण गर्ने छौ। यसपछी चीन र नेपालबीचको दौत्य सम्बन्ध स्थापना भएको चौउन्नौं वार्षिकोत्सवसम्बन्धी विशेष कार्यक्रम"मा हामी "चीन र नेपाल बीचको दौत्य सम्बन्धका वारेमा नेपाल सरकारको प्रधानमन्त्री तथा मन्त्रीषदको कार्यालयका सचिव लिमामणि पौडेलसँगको अन्तर्वार्ता" प्रस्तुत गर्नेछौं।
अगष्ट 3 तारिख सोमबार "मेरा आँखामा चीन"कार्यक्रमका साथै "खेलकुद"कार्यक्रम प्रस्तुत हुने छ। त्यसपछिको समय " नयाँ चीनको स्थापना भएको साट्ठीऔं वार्षिकोत्सव भन्ने ज्ञान-विज्ञान प्रतियोगिताको पहिलो भाग"को रहने छ । " चीन र नेपालबीचको दौत्य सम्बन्ध स्थापना भएको चौउन्नौं वार्षिकोत्सवसम्बन्धी विशेष कार्यक्रम"मा हामी "चीनका लागि नेपाली राजदूतबासमा कार्यरत नेपाली अधिकारीसँग गरिएको अन्तर्वार्ता" प्रस्तुत गर्नेछौँ।
अगष्ट 4 तारिख मंगलबारको " नयाँ चीनको स्थापना भएको साट्ठीऔं वार्षिकोत्सव भन्ने ज्ञान-विज्ञान प्रतियोगिताको दोस्रो भाग "पछि "पत्र मन्जुषा "कार्यक्रममा "चीनको लामो पर्खालको बारेमा जानकारी" दिनेछौं। त्यसपछि "स्वास्थ्य विविध" कार्यक्रममा हामी "चीनद्बारा सबै जनतालाई मूलभूत चिकित्सा सेवा उपलब्ध" विषयलाई प्रस्तुत गर्नेछौं।
अगष्ट 5 तारिख बुधबार " नयाँ चीनको स्थापना भएको साट्ठीऔं वार्षिकोत्सव भन्ने ज्ञान-विज्ञान प्रतियोगिताको तेस्रो भाग " कार्यक्रमका साथै"चीनको तिब्बत" मा हामी "पैचिंगमा अध्ययनरत तिब्बती विद्यार्थी लाज्यूसित पुनःभेट भएको विषयबारे" प्रस्तुत गर्नेछौं। "चिनियाँ अल्पसंख्यक जाति" मा हामी "युगुर जातिका विद्बान इमिन् दर्शयुन" वारेको जानकारी प्रस्तुत गर्नेछौं।
अगष्ट 6 तारिख बिहीबार "मितेरी आवाज"कार्यक्रम र त्यसपछि "चिनियाँ व्यक्तित्व"कार्यक्रममा हामी "स्याउ सिन नयाँ केटीको परिवारको पैस सम्बन्धी कथाको दोस्रो भाग"प्रस्तुत गर्नेछौं। अनि "जीवन विविध" कार्यक्रम प्रस्तुत गर्नेछौं।
अगष्ट 7 तारिख शुक्रबार "पैचिङ डायरी" मा हामी "पोताला दरबारको यात्रासम्बन्धी विषयको दोस्रो भाग"प्रस्तुत गर्नेछौं। "अर्थ जगत" कार्यक्रममा हामी "चीनको वैदेशिक व्यापारिक रकम ठूलो मात्रामा घटेको सन्दर्भमा धैर्यका साथ व्यवहार गर्नुपर्ने सम्वन्धी सुझाव" प्रस्तुत गर्नेछौं। त्यसपछिको समयमा "विज्ञान तथा शिक्षा"कार्यक्रम र चीनको यात्रामा "सुन्दर लु कु तालको अवलोकनसम्बन्धी दोस्रो भाग" प्रस्तुत गर्नेछ।
अगष्ट 8 तारिख शनिवार साताको अन्तिम दिन हो। पहिले"सम-सामयिक प्रसङ्ग"को पालो हुनेछ। त्यसपछि "ज्ञानगुनको संगालो"कार्यक्रमका साथै "चीनको यात्रा" मा हामी "शांगहाई विश्व एक्सपोतर्फ जाऔं विषयको पहिलो भाग " प्रस्तुत गर्नुका साथै "चिनियाँ लोक कथा"मा "सेतो नागको कथा अन्तर्गत एघारौं अध्यायको दोस्रो भाग"प्रस्तुत गर्ने छौं।
|