china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    समसामयिक प्रसंग
    (GMT+08:00) 2009-08-03 10:22:47    

                 पहिलो चीन अमेरिका रणनैतिक तथा आर्थिक वार्ता गत मङ्गलवार अमेरिकाको राजधानी वासिङ्गटनमा सम्पन्न भएको छ। वार्ताको नतिजाले दुई देशको सहयोगात्मक, सकारात्मक तथा चौतर्फी सम्बन्धको स्थापनाका लागि जग बसालेको छ ।वार्तामा राजनैतिक सुरक्षा तथा आर्थिक क्षेत्रमा ठोस उपलव्धी हासिल भएको छ। यसै विषयलाई आजको हाम्रो प्रमुख प्रस्तुती बनाएका छौँ। साथै समय रहेमा उक्त वार्ताको उपलब्धीका सम्वन्धमा केन्द्रित रहेर तयार पारिएको एक समिक्षात्मक टिप्पणीलाई पनि प्रस्तुत गर्ने छौँ।अव कार्यक्रमतर्फ लागौँ।

                 पहिलो चीन-अमेरिका रणनैतिक तथा आर्थिक वार्ता बिभिन्न उपलब्धि सहित मङ्गलवार सम्पन्न भएको छ ।यस सम्वन्धी विस्तृत विवरण चीनका राष्ट्राध्यक्ष हु चिन थाऊका विशेष प्रतिनिधि चीनका उपप्रधानमन्त्री वाङ छी शान तथा राज्य परिषदका सदस्य ताइ पिङ को, अमेरिकी राष्ट्रपति बराक औबामाका विशेष प्रतिनिधि अमेरिकी विदेशमन्त्री हिलरी क्लिन्टन तथा अमेरिकी अर्थमन्त्री थीमोथी गैथनर मुसुक्क हाँस्दै अमेरिकाको वाइट ह्वाउसमा पहिलो चीन अमेरिका रणनैतिक तथा आर्थिक वार्तालाई पूरा गर्नुभएको छ। विदेश मन्त्री हिलरीले यस पटकको वार्तामा हासिल गरिएको उपलब्धिको उच्च मूल्याङ्कन गर्नुभयोः "हामीले उत्तेजक, व्यस्त तथा उपलब्धिमूलक दुई दिन बिताका छौं। चीन तथा अमेरिका बीचको सम्बन्धको इतिहासमा बितेका दुई दिन जस्तो समय थिएन। भर्खरै सम्पन्न भएको वार्ता सवैभन्दा ठूलो स्तरमा दुई देशका उच्चस्तरिय अधिकारीलाई भेला गराएको छ र वार्तामा संलग्न क्षेत्र पनि व्यापक छ। वार्ताको नतिजाले दुई देश सहयोगात्मक, सकारात्मक तथा चौतर्फी सम्बन्धको स्थापनाका लागि जग बसालेको छ।"

                चीन तथा अमेरिका बीच वार्ता गर्ने नयाँ चौतारो स्वरुप पहिलो चीन अमेरिका रणनैतिक तथा आर्थिक वार्ता उपलब्धिमूलक भएको छ। दुई दिनको छोटो समयमा दुवै पक्षले रणनैतिक तथा आर्थिक लगायतका क्षेत्रका समस्याबारे गहन रुपमा छलफल गरी धरै सहमति हासिल गरेका छन्। आपसमा सम्पन्न आर्थिक संकट सम्बन्धी श्रृंखलाबद्ध सहमतिबारे चर्चा गर्दै चीनका उप प्रधानमन्त्री वाङ छी शाले भन्नुभयोः " वर्तमान आर्थिक स‍कटबाट अर्थतन्त्रको पुनरुत्थानतिर जाने मुख्य घडीमा आर्थिक बृद्धिलाई तेज पार्नु भन्ने कुरा चीन तथा अमेरिका बीचको सहयोगको मुख्य विषय रहेको दुवै पक्षले बुझेका छन्। हामी दुई पक्षले समष्टिगत आर्थिक नीतिलाई मिलाइ मौद्रिक बजारलाई स्थिर पारेर आर्थिक पुनरुत्थान तथा रोजगारीको प्रवर्द्धन गर्नुपर्छ। यसका साथै अर्थतन्त्रको विकास तरिकाको सक्रिय परिवर्तन गरी बनौटमूलक व्यवस्थापन तथा चिकित्सा एवम् स्वास्थ्य सम्बन्धी सुधारलाई सबल पार्नुपर्छ। यसले गर्दा अर्थतन्त्रको दिगो विकासलाई अघि बढाउन सकिने छ।"

                 भविष्यमा चीन तथा अमेरिका बीचको आर्थिक सहयोगका लागि यस पटकको वार्तामा ठोस कदम प्रस्तुत गरिएको छः सर्वप्रथम दुई देशले आफूले कदम चाली गार्हस्थ्य अर्थतन्त्रको सन्तुलित तथा दिगो विकासलाई सबल पार्नु पर्ने छ। जसबाट अन्तर्राष्ट्रिय मौद्रिक संकटबाट अर्थतन्त्रको पुनरुत्थानलाई प्रत्याभूत दिन सकियोस्। दोस्रो कुरा,दुई देशले बलियो मौद्रिक प्रणालीको संयुक्त निर्माण गरी मौद्रिक अनुगमनलाई सुधार गर्ने छन्। तेस्रो कुरा, आर्थिक बृद्धि तथा रोजगारीको मौका बढाउनका लागि दुवै पक्षले अझ खुला व्यापारिक तथा लगानी प्रणालीको स्थापना गरी स‍रक्षणबादको संयुक्त विरोध गर्ने छन् र चौथो कुरा, अन्तर्राष्ट्रिय मौद्रिक संस्थालाई सुधार गर्ने क्षेत्रमा दुई देशले सहयोग गरी भाबी संकटको सामना गर्न लगानी जुटाउने कार्यलाई पूर्ण रुपमा प्रत्याभूती दिने सहमति दुई देशले जनाएका छन्।

                मौद्रिक क्षेत्रका लागि उक्त वार्ताले निर्वाह गरेको भूमिकाबारे आफ्नो विचार व्यक्त गर्दै अमेरिकी अर्थ मन्त्री गैथनरले भन्नुभयोः "मौद्रिक संकटको सामना गर्न सहयोगको आधारमा दुई देशले नेतृत्वदायी भूमिका निर्वाह गर्दै विश्व मौद्रिक बजारलाई स्थिर पार्नका लागि योगदान गर्न सक्छौं। व्यापारिक प्रणालीलाई अझ खुल्ला पारी व्यापारको संरक्षणबाद जोगाएर आपसी व्यापारिक लगानीलाई बढाइ दुई देशका व्यवसाय तथा जनताका लागि हित-कल्याण गर्न सक्छौं।"

               यस अघि पहिलो चीन-अमेरिका रणनैतिक तथा आर्थिक वार्तालाई अमेरिकी राष्ट्रपतिसहीत शीर्ष नेतृत्वले सम्वोधन गर्नुभएको थियो ।यस सम्वन्धी थप जानकारी गत अप्रिल महिनामा चीनका राष्ट्राध्यक्ष हु चिन थाऊ तथा अमेरिकी राष्ट्रपति बराक औबामाले लण्डनमा भेट गर्नुहुँदा एकाइसौं शताब्दीमा सकारात्मक सहयोगात्मक चौतर्फी सम्बन्धको स्थापना गर्न सहमति जनाउनु भएको थियो। यस दिशामा दुई पक्षले चीन अमेरिका रणनैतिक तथा आर्थिक वार्ता प्रणालीको स्थापना गर्ने मतैक्य हासिल गरे।

                  अमेरिकी राष्ट्रपति बराक औबामाले वार्ताको उद्धाटन समारोहमा यस वार्ता प्रणालीको अर्थबारे चर्चा गर्दै भन्नुभयोः "आज हामी एउटा नयाँ शताब्दीको क्षितिजतिर हेरिरहेका छौं। एकाइसौं शताब्दीको स्थापना गर्ने विषयलाई विचार गर्नु भन्ने कुरा यस वार्ता शुरु हुँदाखेरी एउटा महत्वपूर्ण कुरा हो। हाम्रो विश्वास अमेरिका तथा चीनको साझा हितमा आधारित छ। हामी दुई मुलुकले एक आपसमा पूर्ण रुपमा सहयोग गरेको खण्डमा दुई देशका जनता लाभान्वित हुनुका साथै विश्व पनि अझ राम्रो बन्ने छ। एकाइसौं शताब्दीमा जुसुकै मुलुकले पनि आफूले चुनौतीको सामना गर्नसक्दैन र आफू मात्रै लाभान्वित हुँदैन। यस आधारभूत तथ्यबाट हामीले सहयोग गर्नुपर्ने कुरा निश्चित छ। सबै विषयमा दुई देश बीच मतैक्यता हासिल गर्ने आशा मैले गरेको छैन तर वार्ता निकै महत्वपूर्ण हुन्छ। वार्तामार्फत हामीले एक अर्काबारेमा अझ गहिरो जानकारी लिइ सदिच्छापूर्वक आ आफ्नो ध्यानाकर्षण गर्न सक्छौं।"

                   चीनका उप प्रधान मन्त्री वाङ छी शानले उक्त उद्धाटन समारोहमा चीनका राष्ट्राध्यक्ष हु चिन थाऊको तर्फबाट शुभकामना सन्देश व्यक्त गर्दै वार्ताप्रति आशा प्रकट गर्नुभयोः "दुई पक्षले समान रुपमा छलफल गरी सदिच्छापूर्वक आदान प्रदान गरेर व्यापक विचार भेला गराइ आपसी सम्बन्धमा संलग्न रणनैतिक, दीर्घकालीन तथा मूल स्थितिसँग सम्बन्ध भएका विषयबारे गहन रुपमा बैचारिक आदान प्रदान गर्ने आशा हामीले लिएका छौं। साझा हित प्राप्त गर्न हाम्रो विचारलाई खुकुलो पारी व्यवहारिक रुपमा आपसी सहयोगको नयाँ क्षेत्र, नयाँ उपायबारे व्यापक रुपमा छलफल गर्ने अपेक्षा हामीले गरेका छौं।"

                   चीन-अमेरिका बीच सम्पन्न पहिलो रणनैतिक र आर्थिक वार्ताको सबै क्षेत्रवाट उच्च मूल्याङ्कन भएको छ । चीन र अमेरिका बीचका साट्ठीभन्दा बढी वार्तालाप-प्रणालीहरुमा अमेरिकाको राजधानी वाशिङ्गटनमा भर्खरै सम्पन्न भएको चीन-अमेरिका बीचको पहिलो रणनैतिक र आर्थिक वार्तालाप सबैभन्दा सर्वोच्च र विषयबस्तुसित सम्बन्धी सबैभन्दा व्यापक वार्तालाप हो। गएको दुई दिने सम्मेलनमा यी दुई मुलुकका पदाधिकारीहरुले दुई पक्ष, क्षेत्र र समस्त पृथ्वीमा रहेका अनेकौं महत्वपूर्ण समस्याहरुबारे गहिरो रुपमा छलफल गरेका थिए। यस्तै खालका वार्तालापबाट चीन र अमेरिका बीचका साझा हित-कल्याण निरन्तर रुपमा विस्तृत हुन जाने र एकले अर्कालाई आश्रय प्रदान गर्ने कुरा अझ बढ्दै गएको देखिन्छ। त्यसै भएको हुनाले यस कुराको चीन र अमेरिका बीचमा रहेका अझै परिपक्व र अझै स्थिर सम्बन्धको स्थापना गर्नका लागि निकै अर्थ रहेको भन्न सकिन्छ।

                    यस पटकको वार्ताले केही बस्तुगत नतीजा प्राप्त गरिसकेको छ। जस्तो भनौं कि चीन र अमेरिकाका बीचमा मौसम परिवर्तन, इन्धन-उर्जा र वातावरण आदि क्षेत्रहरु बीचको समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ। दुई पक्षका सेनाहरु बीचको पुनः आदान-प्रदान गर्न स्वीकार गरिएको छ र बैकिङ्ग बजारको स्थायित्वलाई ताकिता गर्न मतैक्य भएको छ। त्यसका साथै यी दुई पक्षले एकमतोसाथ चीन र अमेरिका बीचको स्वास्थ्य आदान-प्रदानको सहयोगलाई सबल पार्न स्वीकार गरेका छन्। एकै पटकको वार्तालापमा यस्तै व्यापक विषयहरुबारे छलफल गर्नुका साथै अनेकौं समस्याहरुबारे मतैक्य भइसकेको कुराबाट चीन र अमेरिकाका बीचमा झन् झन् बढी मतैक्यहरु देखा पर्दै आएको स्पष्ट छ।

                 यहाँ ध्यान दिनु पर्ने कुरा के हो भने परम्परागत अभिरुचीको अतिरिक्त यस पटक सम्पन्न भएको उक्त सम्झौता पत्रमा " मानिसहरुको हित कल्याणलाई आधारका रुपमा बनाउने, चौतर्फी रुपमा मध्यस्थ र दिगो विकास गराउनेतर्फ" चीनको वैज्ञानिक विकासको दृष्टिकोण देखा परेको छ। यो त चीनको भावी विकसित कार्यनीति हो। यता अमेरिकाका राष्ट्रपति ओबामाले अघि सार्न लाग्नुभएको हरित अर्थतन्त्रलाई अमेरिकाको भावी विकासको रणनैतिको उच्चाइसित गांसिदिनुभएको छ। आर्थिक पुनरुत्थानबारे श्री ओबामाको योजनामा हरित अर्थतन्त्रलाई अमेरिकाको अर्थतन्त्रको विकासको नयाँ वृद्धि-केन्द्रका रुपमा बनाउन जोड दिइएको छ। चीन र अमेरिकाले मुलुक-मुलुकको भावी विकसित रणनीतिमा समान केन्द्र भेटाएका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040