china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    इन्टरनेट धेरै सस्तीयो
    (GMT+08:00) 2009-08-06 18:23:57    

              तपाईं कस्तो इन्टरनेट खोज्दै हुनुहुन्छ ।थोरै समय चलाउने कि धेरै। ल्यापटपमा कि डेक्सटपमा अब नेपालमै छानिछानी इन्टरनेट सेवा किन्न पाइने भएको छ। सेवाप्रदायक कम्पनीहरुको संख्या वृद्धिसँगै सेवा सस्तो हुँदै गएको छ। पाँच वर्षअघि चौबिसै घण्टा इन्टरनेट चलाउँदा महिनाको 10हजार रुपैयाँभन्दा बढी तिर्नुपर्थ्यो, अहिले एक हजारको हाराहारीमा तिरे पुग्छ वर्डलिङ्गका पवन शाक्य भन्छन्।

              इन्टरनेट सस्तो हुनुमा दुई कारण छन् प्रविधिमा सुधार आउनु र कम्पनी बढ्नु।नेपाल टेलिकमले वार्षिकोत्सवका अवसरमा माघदेखि डायलअप इन्टरनेटमा 50प्रतिशत छुट दिन थालेको छ। त्यसपछि युनाइटेड टेलिकम लिमिटेड युटिएल ले सिडिएमए डाटा कार्डबाट इन्टरनेट सुरु गर्यो। युटिएलले महिनामा 5 सय 65 रुपैयाँ तिरेपछि जतिसुकै समय चलाउन पाउने योजना ल्याएको छ।एक वर्षअघि टेलिकमले तारवाला फोनबाट एडिएसएल सुरु गरेको थियो। एक सय 56किलोबाइट प्रतिसेकेण्डको डाटा ट्रान्सफर सेवा करसमेत जोडेर मासिक 1हजार 29 रुपैयाँमा दिन थालेपछि इन्टरनेट सेवा सस्तोमात्र भएन त्यसले प्रतिस्पर्धा पनि बढायो। सबै सेवाप्रदायकहरुले इन्टरनेटको मूल्य घटाए।पछिल्लो समय युटिएलले ल्याएको युसिमले इन्टरनेटमा ठूलै तरङ्ग ल्याएको छ। लोडसेडिङले डेक्सटप कम्प्युटरबाट इन्टरनेट चलाउन नपाएकाहरुलाई युसिमले ल्यापटपमार्फत् इन्टरनेट चलाउने सुविधा दिएको छ।टेलिकमले दुई वर्षअघि यस्तै प्रविधिबाट इन्टरनेट दिन थालेको थियो। तर टेलिकमको कार्डबाट इन्टरनेट चलाउँदा डाटा प्रयोगअनुसार शुल्क लाग्छ। स्काई डाटा नाममा ल्याएको यो सुविधा प्रयोग गर्दा प्रतिसय किलोबाइट बराबर 25पैसा शुल्क तिर्नुपर्छ। युटिएललको युसिमबाट यस्तै सेवा चौबिसै घण्टा प्रयोग गर्दा 5सय 65रुपैयाँ मात्र तिरे पुग्छ।

              युटिएलको फोन चल्ने जहाँबाट पनि युसिम प्रयोग गर्न सकिन्छ। पैसा सकिएर इन्टरनेट रोकिएला भन्ने चिन्ता पनि नरहने अधिकारीहरु बताउँछन्। ल्यापटप र डेक्सटप दुवै कम्प्युटरबाट युसिम चलाउन सकिन्छ।नेपाली उपभोक्ता दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धिको मार खेपिरहेका छन् तर मूल्य वृद्धि भोग्न नपरेको एउटै क्षेत्र सूचना प्रविधि हो. टेलिकमका प्रवक्ता सुरेन्द्र थिकेको भनाइ छ। राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार मुद्रास्फिति साँढे 15प्रतिशत छ।नेपालमा इन्टरनेट सेवा दिने कम्पनी 37वटा छन्। यीमध्ये केहीले डायलअप केबुल र वायरलेस प्रणालीबाट इन्टरनेट सेवा दिइरहेका छन्। अधिकांशले डायलअप प्रणाली प्रयोग गरेर इन्टरनेट सेवा दिने गरेका छन्।ग्रामीण क्षेत्रमा भिस्याट प्रविधिमार्फत् टेलिफोन साचालन गर्ने एसटिएम टेलिकमले पनि इन्टरनेट सेवाको लाइसेन्स पाएको छ। एसटिएमले ग्रामीण क्षेत्रका साना बजारमा सूचना प्रविधिको विकास गर्ने लक्ष्य लिएको छ।कम्पनीहरुका अनुसार करमा सरकारले छुट दिए उपभोक्ताले अझै सस्तोमा इन्टरनेट चलाउन पाउनेछन्। सूचना प्रविधिको आधारस्तम्भ इन्टरनेटमा समेत सरकारले 13 प्रतिशत मूल्य अभिवृद्धि कर भ्याट लगाएको छ।

              आम्दानीको 4प्रतिशत रोयल्टी र 2 प्रतिशत ग्रामीण दूरसाचार विकास कोषमा जम्मा गर्नुपर्ने व्यवस्थाले पनि इन्टरनेट सस्तो हुन नसकेको हो इन्टरनेट सेवाप्रदायक संघका अध्यक्ष शाक्यले भने।सुबिसु केबलले केही वर्ष अघिदेखि केबुल टिभी र इन्टरनेट सँगै उपलव्ध गराइरहेको छ। एउटै तारबाट केबुल टिभी र इन्टरनेट लिँदा1 सय 28 किलोबाइट प्रतिसेकेण्ड गतिका लागि 2हजार 4सय रुपैयाँ महसुल लाग्छ। यो तीन महिनाको महसुल हो।प्रतिस्पर्धाले मात्र इन्टरनेट सस्तो भएको होइन। विश्वव्यापी रुपमै आएको नयाँ प्रविधिले पनि मूल्य घटाएको हो। पहिले स्याटेलाइटबाट ब्याण्डविथ किन्नुपथ्र्यो। अहिले सेवा प्रदायकहरुले अप्टिकल फाइबरबाट विदेशी कम्पनीसँग ब्याण्डविथ किनिरहेका छन्।

              हालै एसियाका ठूला आठ टेलिकम कम्पनीले समुद्रमा आठ हजार किलोमिटर दुरीको सामूहिक अप्टिकल फाइबर बिछ्याउने निर्णय गरेका छन्। यो सहमतिमा चाइना टेलिकम र चाइना युनिकमजस्ता संस्था पनि छन्। काठमाडौंबाट अरनिको राजमार्ग हुँदै चीनसँग अप्टिकल फाइबर जोडिएको हुँदा यसले नेपालमा टेलिफोन र इन्टरनेट अझै सस्तो हुने भएको छ।

              समुद्र हुँदै अप्टिकल फाइबरबाट ब्याण्डविथ किन्दा सस्तो पर्छ। अहिले नेपालका धेरै इन्टरनेट सेवाप्रदायक कम्पनीले अप्टिकल फाइबरमार्फत् सामुदायिक मार्ग हुँदै ब्याण्डविथ किनेका छन्।अरु प्रतिस्पर्धी कम्पनीहरुले सस्तोमा इन्टरनेट दिन थालेपछि टेलिकम पनि ग्राहक तान्न व्यस्त छ। उसले ठूलो परिमाणमा डाटाको आदान प्रदान गर्नुपर्ने व्यक्ति र समूहलाई बिशेष किसिमको प्याकेज ल्याउने तयारी गरिरहेको छ।टेलिकमले ठूला कर्पोरेट ग्राहकलाई एक मेगाबाइट्सको लागि पाँचहजार र दुईमेगाबाइट्सको नौहजार तीनसय रुपैयाँमा एडिएसएल दिन सुरु गरेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040