china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    समसामयिक प्रसंग
    (GMT+08:00) 2009-08-10 10:44:40    
                 चालू वर्षको पूर्वार्धमा चीनले रोजगारीलाई स्थिर पार्न श्रृ‌खलाबद्ध रुपमा चालेको कदम प्रभावकारी भएको छ ।यसैको फलस्वरुप चालू वर्षको पूर्वार्धमा चीनको रोजगारीको स्थिति स्थिर भएको र सम्पूर्ण वर्षमा थप रोजगारी श्रृजना गर्ने भनी लिइएको लक्ष्यको साट्ठी प्रतिशत पूरा भइसकेको छ ।यसै विषयलाई आजको हाम्रो प्रमुख प्रस्तुती बनाएका छौँ। एकीकृत बहुजातीय मुलुक चीनमा अल्पसंख्यक जातिको संस्कृतिको पनि राम्रोसँग संरक्षण भएको छ। विभिन्न जातिले विशेषतायुक्त, रङ्गीचङ्गी जातीय संस्कृतिको सिर्जना गरेका छन्। यस प्रशङ्गलाई पनि हामी प्रस्तुत गर्ने छौ ।साथै समय रहेमा हरित गृह ग्याँसको निष्काशनलाई ठूलो मात्रामा कम गर्ने सम्वन्धी बिषयलाई पनि कार्यक्रममा समेट्ने छौँ।अव कार्यक्रमतर्फ लागौँ।

                 चीनले रोजगारीलाई स्थिर पार्न श्रृ‌खलाबद्ध रुपमा चालेको कदमवाट राम्रो परिणाम प्राप्त भएको छ । यस सम्वन्धी विस्तृत विवरण सहकर्मि हिमावाट चालू वर्षका अघिल्ला छ महिनामा चीनको शहरी क्षेत्रमा थप रोजगारीको संख्या छपन्न लाख नब्बे हजार पुगेको छ र यो पूर्ण वर्षको लक्ष्यको त्रिसट्ठी प्रतिशतले पूरा भएको छ। व्यवसायहरुमा काम गर्ने मौका गुमाउनेको गति पनि मन्द भएको देखिन्छ। उक्त जानकारी आज चीनको राज्य परिषद प्रेस कार्यालयद्बारा आयोजित पत्रकार सम्मेलनमा चीन जन श्रोत तथा सामाजिक प्रत्याभूत मन्त्रालयका उप-मन्त्री हु स्याउ यीले दिनुभएको हो।

                 समष्टिगत अर्थतन्त्र राम्रो हुँदै गएको साथै चीनमा चालिएका रोजगारीलाई स्थिर पार्ने विविध कदमहरुले पनि चीनमा रोजगारीको परिस्थिति राम्रो बन्दै गएको हो। यसबारेमा जानकारी दिँदै उप-मन्त्री हुले भन्नुभयोः " मुख्य समूहहरुको रोजगारी कार्यलाई सबल पारी विश्वविद्यालयबाट स्नातक विद्यार्थीहरुको रोजगारीलाई प्राथमिकता दिँदै आएका छौं। यसका साथै हामीले बसन्त हावा नामक कार्यक्रमको आयोजना गर्दै किसान मजदूरहरुको रोजगारीलाई बढी पारी घर फर्केका किसान मजदूरहरुका लागि रोजगारी सेवा प्रदान गर्दै आएका छौं। पुनः रोजगारी सम्बन्धी सहयोग दिनुका साथै निजी व्यवसायहरुले कार्यकर्ता खोज्ने कार्यक्रमहरु पनि आयोजना गरेका छन्। रोजगारी बढाउनका लागि ती कदमहरु प्रभावकारी भएको देखिन्छ। यसका अतिरिक्त, हामीले आफ्नो भरमा परी आ-आफ्ना कम्पनी खोल्नेहरुलाई समर्थन दिने नीति लागू भएपछि देशभरिका बयासी वटा शहरमा सम्बन्धित् काम संचालन गर्दै आएका छौं।"

                  प्राण बिमा मन्त्रालय अन्तर्गतको रोजगारी प्रबर्द्धन विभागका उप-प्रमुख वाङ या तुङले दिनुभएको जानकारी अनुसार, गत जुलाइ एक तारिखसम्ममा विश्वविद्यालयबाट स्नातक भएका एकचालिस लाख पचास हजार विद्यार्थीको रोजगारी व्यवस्थित भइसकेको छ र चालू वर्षको शुरुमा बेरोजगार भइ घर फर्केका किसान मजदूरहरु अधिकांशले बाहिर गएर रोजगारी पाएका छन् र बाँकी रहेका किसान मजदूरहरुले ग्रामीण क्षेत्रमा आ-आफ्नो कम्पनी खोलेका अथवा रोजगारी पाएका छन्।

                   किसान मजदूरले रोजगारी पाउन प्रत्याभूत दिनका लागि सम्बन्धित विभागले चाल्ने कदमहरुबारे जानकारी दिँदै उप प्रमुख वाङले भन्नुभयोः " किसान मजदूरलाई दिने पेशागत तालिमलाई अझ सबल पार्दै जाने छौं। अझ धेरै किसान मजदूरले स्थिर रोजगारी पाउनका लागि हामीले उनीहरुका लागि रोजगारी सम्बन्धी सेवा प्रदान गर्नुका साथै उनीहरुको हक-अधिकारको संरक्षण गर्दै जाने छौं।"

                   अल्पसंख्यक जातिको संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्न चीनले विभिन्न कदम चाल्दै आएको छ । थप जानकारी सहीत पुनः सहकर्मि हिमा यो गीत गाउनुहुने गायिका छ्याङ जातीय महिला वाङ चन फाङ हुनुहुन्छ। उहाँले गत वर्ष स छुआनमा गएको विनाशकारी भूकम्प पार गर्नुभएको थियो। उहाँले मिठो गीत गाउनुका साथै सुन्दर बुट्टा बनाउनुहुन्छ। आज आएर सरकारको सहयोगमा उहाँ बस्नुभएको पै छ्याउ जिल्लाको छ्याङ जातीय गाउँ-बस्तीमा विशेषतायुक्त पर्यटन उद्योगको विकास भएको देखिन्छ। यसबाट वाङ चन फाङ लगायतका छ्याङ जातीय सर्वसाधारणहरु भूकम्पको प्रभावबाट मुक्त भएका छन् साथै उनीहरुको आम्दानी पनि बढेको छ। यसका साथै छ्याङ जातिको पुरानो संस्कृति तथा चालचलन पनि फैलिएको छ।

                   "छ्याङ जातीय संस्कृतिको संरक्षण चीनमा अल्पसंख्यक जातिको संस्कृतिको संरक्षण देखाइने एउटा सानो भाग मात्र हो। सन् 1949मा जनगणतन्त्र चीन स्थापना भएपछि यसै कार्यमा प्रयासरत हुँदै चीनले सम्बन्धित ऐन-कानुन तथा नियम एवम् नीतिहरु तर्जुमा गर्‍यो। साथै चीनले स‍विधान, जातीय क्षेत्रीय स्वशासन ऐन, पूरातात्विक वस्तु संरक्षण ऐन" लगायतका ऐनमा पनि अल्पसंख्यक जातिको संस्कृतिको संरक्षण, विकास तथा निरन्तरताबारे नियम तय गर्‍यो।

                     सन् 1949देखि सम्बन्धित विभागले अल्पसंख्यक जातिको परम्परागत संस्कृतिसम्बन्धी प्रशस्त सामग्री संकलन गरी जातीय संस्कृतिको संरक्षणका लागि जग बसाल्यो। यसबारे जानकारी दिँदै चीन सामाजिक तथा बैज्ञानिक प्रतिष्ठान अन्तर्गत जाति विज्ञान तथा मानव विज्ञान अनुसन्धानालयका अनुसन्धानकर्ता ह सिङ ल्याङले भन्नुभयोः "संकलन गरी संरक्षित गरिएका विषयहरुमा विभिन्न जातिको सामाजिक रितिरिवाज, चाड-पर्व, संगीत तथा नाच, ओपेरा, सर्कस एवम् चालचलन, परम्परागत उत्पादन प्रविधि, खगोल-विज्ञान तथा पात्रो, चित्र, बुनाइ,मूर्तिकला, भाषा, किम्बदन्ती, कविता, लोकगीत तथा लोककथालाई पनि समावेश गरिएको छ। यस्तो कामले जातीय परम्परागत संस्कृतिको संरक्षणका लागि महत्वपूर्ण योगदान प्रदान गरेको छ।"

                हरित गृह ग्याँसको निष्काशनको मात्रा ठुलो परिणाममा कम गर्नु पर्नेमा चीनले जोड दिदै आएको छ । चालू वर्षको डिसेम्बरमा डेन्मार्कको राजधानी कोपेन्हेगनमा राष्ट्र संघीय मौसम परिवर्तन सम्मेलनको आयोजना हुनेछ । त्यसबेला सो सम्मेलनमा सहभागी हुने सबै मुलुकले सन् दुई हजार बाह्रपछि कार्बन डाइअक्साइडको निष्काशनलाई कम पार्ने कर्तव्यबारे सर्वसम्मति हासिल गर्नेछन् । सन् दुई हजार पाँचमा कार्यान्वित "क्योटो प्रोटोकल"पछि यो अर्को एउटा महत्वपूर्ण अर्थयुक्त मौसमसम्बन्धी विश्वव्यापी सम्झौता हो । दुई महिनाभन्दा अघि चीनले यस पल्टको सम्मेलनसित सम्बन्धित अडान दस्तावेज प्रस्तुत गरेको थियो । सो दस्तावेजमा निष्काशनलाई कम पार्ने मध्यकालीन उद्देश्यका लागि विकसित मुलुकहरुले एउटा समूहका रुपमा सन् दुई हजार बीससम्म सन् उन्नाइस सय नव्वेको स्तरको आधारमा कमसेकम अझ चालीस प्रतिशतले कम पार्नु पर्ने कुरा भनिएको छ ।

                     पाँच तारीखका दिन मौसम परिवर्तनसम्बन्धी सम्झौता वार्तामा संलग्न चिनियाँ परराष्ट्र मन्त्रालयका विशेष प्रतिनिधि राजदूत यु छिंग थाइले चिनियाँ र विदेशी पत्रकारलाई अन्तर्वार्ता दिँदै चीनको उक्त अडानमा परिवर्तन नहुने कुरा बताउनुभयो ।

                     विकसित मुलुकहरुले हरित गृहको ग्याँसलाई कम पार्ने परिमाणबारे चीनको अडानमा केही पनि परिवर्तन छैन । हामीहरुले सधैं नै के ठान्दै आएका छौं भने मौसमको परिवर्तनतर्फ विकसित मुलुकहरुको ऐतिहासिक उत्तरदायित्वको कारणले तिनीहरुले दुई हजार बाह्रपछि निरन्तर रुपमा सर्वप्रथम ठूलो पैमानामा हरित गृह ग्याँसलाई कम पार्नुपर्छ । के कुरा भन्न सकिन्छ भने यो खालि चीन एक मुलुकको अडान वा धारणा मात्र होइन त्यसले सम्पूर्ण विकासोन्मुख मुलुकहरुको अडान देखाएको छ ।

                    उहाँका अनुसार चालीस प्रतिशत निष्पक्ष र उचित प्रकारको हो । किनकि पूरै विश्व न्यानो हुने क्रममा विकसित मुलुकहरुको ऐतिहासिक उत्तरदायित्व हुन्छ । विकासोन्मुख मुलुकहरुले के देख्न पाउने आशा गरेका छन् भने विकसित मुलुकहरु खालि मौखिक रुपमा उत्तरदायितव्यलाई मान्ने र आफ्नो ऐतिहासिक दायित्वलाई मान्ने होइन भौतिक रुपमा पनि आफ्नो अभिव्यक्ति देखाउनु पर्छ ।

                     यु छिंग थाइले परिचय दिँदै भन्नुभयोः विकासोन्मुख मुलुकको हैसियतमा पछिल्ला केही वर्षदेखि चीनले विश्वव्यापी मौसम न्यानो हुने समस्याको सामना गर्नका लागि धेरै प्रयास गरेको छ । विशेष गरी चीन सरकारले प्रस्तुत गरेको सन् दुई हजार पाँचदेखि दुई हजार दशसम्म निकाय जि दि पीका लागि ऊर्जा स्रोतको खर्चलाई बीस प्रतिशतले कम पार्ने उद्देश्यबाट हिसाब गर्दा पाँच वर्षमा चीनले एक अर्ब पचास करोड टनको कार्बन डाइअक्साइडको निष्काशनलाई कम पार्नेछ । उहाँले भन्नुभयोःखालि यो एउटा उद्देश्य , एउटा प्रयासमार्फत हामीहरुले पाँच वर्षमा एक अर्ब पचास करोड टनको कार्बन डाइअक्साइडको निष्काशनलाई कम पार्ने सम्भावना रहेको छ अर्थात् प्रति वर्षमा तीस करोड टन कार्बन डाइअक्साइडको निष्काशनलाई कम पार्नु हो । सबैले यस्तो संख्यालाई विकसित मुलुकहरु लगायतका विश्वका अन्य मुलुकहरुले कार्बन डाइअक्साइडको निष्काशनलाई कम पार्ने मात्रासित दाँज्दा के पत्ता लाउन सक्छन् भने विश्वका कुनै पनि मुलुकभन्दा हरित गृहको ग्याँसको निष्काशनलाई कम पार्नका लागि चीनको प्रयास कमजोर देखिन्दैन ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040