china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सस्तियो अन्तरार्ष्ट्रिय हवाई भाडा
    (GMT+08:00) 2009-08-13 12:47:25    

              काठमाडौंबाट विभिन्न देश जाने यात्रुले हवाइ टिकट चाहेजति र सस्तो मूल्यमा पाउन थालेका छन्। विगतमा महिना दिनसम्म कुर्दा पनि टिकट नपाएका यात्रुले अब सजिलै र सस्तोमा पाउन थालेका हुन्। काठमाडौंबाट विभिन्न अन्तर्राष्ट्रिय गन्तब्य लैजाने वायुसेवा कम्पनीका हवाइ टिकटको मूल्य औसतमा 10 प्रतिशतले घटेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाट्टा का अध्यक्ष रामकाजी कोनेले बताए। विश्व आर्थिक मन्दीले पर्यटक आगमन घटेका कारण हवाइ टिकट सस्तो मूल्यमा चाहेजति पाउन सकिने भएको कोनेको भनाइ छ।

              युरोप र अमेरिकी देशले जारी गरेको ट्राभल एड्भाइज, आर्थिक मन्दी र युरोपमा स्वाइन फ्लु भेटिएपछि हवाइ यात्रु घटेका छन् गण्डकी इन्टरनेसनल ट्राभल्स प्रालिका अध्यक्षसमेत रहेका कोनेले भने यस्ता समस्याले हवाइ टिकट पाउन अहिले समस्या छैन।

             थाइ एयरवेजका एक अधिकारीका अनुसार थाईले यो महिनाभरका लागि काठमाडौं बैंकक लस एन्जलस उडानमा दुईतर्फी भाडा करसहित 1हजार 1सय 4अमेरिकी डलर लिइरहेको छ। त्यही गन्तब्यमा 1हजार 1सय 91र 1हजार3 सय 66डलर भाडा पनि रहेको छ। विगतको दाँजोमा यो भाडा दर सस्तो हो।थाईले काठमाडौं बैंकक लन्डन उडानमा दुईतर्फी भाडा ६ सय27, 6सय 81र 8सय 18डलर लिइरहेको छ। काठमाडौं बैंकक अस्ट्रेलिया एकतर्फी करसहित 7सय 4डलरमा दिइरहेको उनले जानकारी दिए। काठमाडौं बैंकक उडान दुईतर्फी 3 सय21 डलरमा दिएको छ।हाल जेट एयरवेजले काठमाडौं नयाँदिल्ली लन्डन उडान न्युनतम 31हजार 7सय रुपैयाँदेखि अधिकतम 50हजार रुपैयाँसम्म गरेको छ। कतार एयरवेजले काठमाडौं दोहा न्युनतम 2सय 65डलरदेखि 6 सय डलरसम्ममा उडाइरहेको छ। इन्डियन एयरलाइन्सले काठमाडौं नयाँदिल्ली एकतर्फी 8 हजार 3 सय र 12हजार रुपैयाँ भाडा लिइरहेको छ।

              ड्रागन एयरले काठमाडौंबाट हङक हुँदै अमेरिकाको लस एन्जलस वा सानफ्रान्सिस्कोसम्मका लागि करबाहेक दुईतर्फी 7 सय डलरदेखि 2 हजार 5 सय 55लरसम्ममा टिकट बेचिरहेको छ। त्यही रुटमा न्युयोर्कका लागि दुईतर्फी करबाहेक 8 सय 61डलरमा पनि दिइरहेको छ।जेट एयरवेज र जेटलाइट एयरवेजको नेपालका लागि आधिकारिक बिक्रेता जिएसए हंश प्रालिकी अध्यक्ष आभा शाहले आर्थिक मन्दीका कारण पर्यटक आगमन घटेकाले हवाइ टिकट सहज रुपमा उपलब्ध हुने बताइन्। पर्यटक छैनन् आर्थिक मन्दीले असर नपार्ने त कुरै भएन उनले भनिन् माग कम भएकाले आपूर्ति बढी हुनु स्वभाविक हो। त्यसैले हवाइ टिकट पाउन समस्या छैन। काठमाडौं नयाँदिल्ली लन्डन उडानमा जेट एयरवेजले विद्यार्थी भिसामा जानेलाई थप 23 किलो सामान निःशुल्क लैजाने सहुलियत दिएको उनले बताइन्।

               इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन आएटा को नीतिअनुसार वायुसेवा कम्पनीले ट्राभल एजेन्सीलाई प्रतिटिकट सात प्रतिशत कमिसन दिइरहेका छन् । कम्पनीले सबै एजेन्सीलाई दिने टिकट मूल्य एउटै हुन्छ। त्यो मूल्यमा यात्रुले पाउने छुट भने एजेन्सी अनुसार फरक फरक हुने गर्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040