
विभिन्न व्यापारमा संलग्न संघाई समूहले दाङको घोराहीमा सिमेन्ट कारखाना बनाउन सुरु गरेको छ। हामीले दुई चरणमा क्लिङर र सिमेन्ट बनाउन पाँच अर्ब लगानी गर्दैछौं, विश्वकर्मा सिमेन्टका पुरुषोत्तमलाल संघाईले भने भूमि पूजा भयो कारखाना बनाउन परामर्शदाता नियुक्त गरिसकेका छौं । साँढे दुई बर्षमा बजारमा उत्पादन आउनेछ। कारखानाले पहाडबाट ढुंगा लाइम स्टोन झिकी मिश्रण गरेर क्लिङर बनाउँछ । यसलाई पिधेंपछि सिमेन्ट बन्छ । नेपालमा सरकारको स्वामित्वका हटौंडा र उदयपुर सिमेन्ट कारखानाले मात्र क्लिङर उत्पादन गर्छन् । अरु सिमेन्ट कारखानाले भारतबाट किनेर सिमेन्ट बनाउँछन् ।संघाई समूहले क्लिङर किनेर बनाएको विश्वकर्मा र गोरखा सिमेन्ट बिक्री गर्दै आएको छ । घोराहीको कारखाना बनेपछि क्लिङरबाट सिमेन्ट बनाउन सुनवललगायत विभिन्न स्थानमा कारखाना राख्ने संघाईले जानका दिए । अन्य उद्योगलाई क्लिङर पनि बिक्री गर्छौ उनले भने । भारतबाट क्लिङर ल्याएर सिमेन्ट उत्पादन गर्दा मूल्य अभिवृद्धि कम हुने भएकोले देशलाई धेरै फाइदा पुग्दैन ।
यो देशकै ठूलो उत्पादनशील संयन्त्र हो,संघाईले भने हाम्रो लागि पनि देशका लागि पनि। हाम्रो समूह पछिल्लो 10बर्षदेखि सिमेन्ट कारोबारमा संलग्न छ त्यही प्रेरणाले हामी ठूलो लगानीको कारखाना खोल्न उत्साहित भएका हौं, उनले भने क्लिङर ल्याएर सिमेन्ट बनाउँदा हामीलाई बजार र प्राविधिक पक्षबारे जानकारी पनि भयो।कारखाना तयार भएपछि यो मध्यपश्चिमको सबैभन्दा ठूलो उद्योग हुनेछ । उत्पादन सुरु गरेपछि कच्चा पदार्थ खानीबाट उद्योगसम्म ल्याउन 1सय 25वटा ट्रिपर चाहिन्छन् । प्रत्यक्ष र परोक्ष सयौंले रोजगारी पाउने छन् ।

नेपाली सिमेन्टको गुणस्तर राम्रो मानिन्छ । बजारमा स्वदेशी उत्पादनको माग बढी छ । तर नेपालमा मागअनुसार सिमेन्ट उत्पादन हुँदैन । बार्षिक करिब पाँच अर्ब रुपैयाँको सिमेन्ट भारतबाट आउँछ। हामीले अलिकति हिम्मत गरेका छौं,संघाईले भने बजार खाली देखेका छौं । कारखानाले नेपालमा हुने मागको 21 प्रतिशत बजार लिने योजना बनाएको छ । यति भए हामीलाई पुग्छु संघाईले भने ।
कारखानाको उत्पादन क्षमता दैनिक 1हजार 2सय टन छ । बुटवल पावर कम्पनीसँग सिधै बिजुली किन्ने कारखानाको योजना छ । करिब 10मेगावाट विद्युत् कारखानालाई चाहिन्छ ।संघाईको कारखानाका लागि बैंकहरु करिब एक अर्ब 71करोड रुपैयाँ ऋण दिन सहमत भएका छन्। दुई बैंकको अगुवाइमा 25करोडका दरले विभिन्न बैंकले ऋण दिन लागेका हुन्। एउटै समूहले निश्चित प्रतिशतभन्दा माथि ऋण लिन नपाउने प्रावधान पनि यस उद्योगका लागि भनेर राष्ट्र बैंकले छुट दिएको छ । कूल लगानीमध्ये 35प्रतिशत मेसिनमा जाने संघाईले बताए। मेसिन जर्मनी र भारतबाट किन्ने योजना छ उनले भने मेसिन आवश्यकताको पत्र पठाइसक्यौं अहिले विभिन्न कम्पनीले सम्पर्क गर्न थालेका छन्।

मेसिनको छनौट र निमार्ण कार्यका लागि परामर्शदाता चयनको चरणमा छौं, संघाईले भने।समूहले अन्य विदेशी लगानीकर्ता पनि खोजिरहेको छ। हामीले सिमेन्टमा संयुक्त लगानीका लागि प्रयास गरिरहेका छौ, सघाईले भने केहीसँग छलफल भइरहेको छ।
बैंकहरु पनि यो योजनाप्रति उत्साहित छन्। संघाई समूहले समयमा बैंकको ऋण तिर्दै आएको बैंकका अधिकारी बताउँछन् । समूहको पेट्रोकेमिकल्स उद्योग असफल भए पनि समूहले समयमै बैंक ऋण तिरेको थियो।संघाईले सिमेन्टका लागि सरकारसँग खानी भाडामा लिइसकेको छ। हामीले कारखाना स्थापना गर्ने क्रममा सरकार र स्थानीय निकायबाट राम्रो सहयोग पायौं, संघाईले भने यसले पनि हामीलाई उत्साहित बनाएको छ। 35बर्षसम्मका लागि कच्चा पदार्थको कुनै समस्या नदेखिएको संघाईले बताए।
|