china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    समसामयिक प्रसंग
    (GMT+08:00) 2009-08-24 11:00:00    

                  यसै महिनाको बीस तारिखका दिन अफगानीस्तानमा तालिवान सत्ता पल्टाइएपछिको दोस्रो आम-निर्वाचन आयोजना भएको छ। यसै विषयलाई आजको हाम्रो प्रमुख प्रस्तुति बनाएका छौँ। साथै चीन सरकारले हालै चीन राष्ट्रिय आधारभूत औषधि व्यवस्थाको निर्माणको कार्यन्वयनसम्बन्धी राय-सुझावलाई सार्वजनिक गरेको विषयलाई पनि समेट्नेछौँ। समय रहेमा चीनको तिब्बती शास्त्र विद्बान टोलीले गत अगष्ट 19 तारीख दक्षिण अफ्रिकाको जहानस्वर्गमा दक्षिण अफ्रिकाका विभिन्न क्षेत्रका व्यक्तिहरुसँग बैचारिक आदान-प्रदान गरेको विषय पनि प्रस्तुत गर्ने छौँ।अव कार्यक्रमतर्फ लागौँ।

                   उक्त निर्वाचनको आयोजना हुनुअघिका केही दिनमा तालिवान सशस्त्र शक्तिले अफगानीस्तानस्थित नेटो अन्तर्राष्ट्रिय सुरक्षा उद्धार फौजको मुख्यालयलाई आत्मघाती प्रहार गरेको साथै विभिन्न मतदान केन्द्रलाई पनि प्रत्यक्ष प्रहार गरेको छ।यस सम्वन्धी विस्तृत विवरण गत पन्ध्र तारिखका दिन तालिवान सशस्त्र शक्तिको एक जनाले अफगानीस्तानको राजधानी काबुलस्थित नेटोको सुरक्षा उद्धार फौजको मुख्यालय अगाडी बम बर्षाएको थियो । उक्त बिस्फोटनमा परी कम्तीमा सात जनाको मृत्यु भएको साथै एक सय जना घाइते भए। गत जुलाई महिनाको अन्तमा तालिवान सशस्त्र शक्तिले आम-निर्वाचनको विरोध गर्ने घोषणा गरेपछि उत्पन्न भएको यो सबभन्दा गम्भीर प्रहार हो। यसले आयोजना हुन लागेको आम-निर्वाचनमा नकारात्मक असर पारेकोछ। यसबारे चर्चा गर्दै चीनका लागि नवनियुक्त अफगानी राजदूत सुल्तानले भन्नुभयोः "यस्ता हिंसात्मक गतिविधिले जसरी पनि एउटा प्रजातान्त्रिक तथा स्वतन्त्र मुलुक बनाउने अफगानीहरूको निश्चिततालाई हल्लाउन सक्दैन। हालै अफगानीस्तानमा थुप्रै सुरक्षा प्रबन्धहरु राखिएका छन् र निर्वाचनसम्बन्धी विविध काम सुचारु रुपमा भैरहेको छ। कुनै शक्तिले यस्तो महत्वपूर्ण कार्यक्रमको आयोजनाको क्रममा बाधा पुर्‍याउन नसक्ने विश्वास मैले लिएको छु।"

                  सन् 2001देखि अफगानिस्तानमा तालिवान सत्ता भत्काइएपछि तालिवान सशस्त्र शक्ति तत्वहरुले प्रहार गर्दै आएका छन्। बितेका केही वर्षमा ती प्रहारहरु बढ्दै आएको देखिन्छ। प्राप्त तथ्याङ्कअनुसार, चालू वर्षको जुलाइ महिनामा भएका विविध संघर्षमा अफगानीस्तानस्थित अमेरिकी सेनाका कम्तिमा बयालीस जना मारिएका छन् र अफगानीस्तानस्थित विदेशी सेनाको मृत्यु पनि पचहत्तर पुगेको छ। तापनि राजदूत सुल्तानले अफगानीस्तानमा तालिवानको शक्ति संचारमाध्यमले जनाएको यो पुष्टि बलियो होइन भनी औ‌ल्याउँनुभयो। तालिवानलाई प्रहार गर्न अफगान सरकारले चालिरहेका दुईवटा कदमबारे जानकारी दिँदै राजदूत सुल्तानले भन्नुभयोः "अल-काइदा सं‌गठनलगायतका आतंकबादी शक्ति एवम् तस्कर व्यापार समूहले तालिवानको नाँउमा नराम्रा काम गर्ने गरेकाछन्। वास्तवमा तालिवान सशस्त्र शक्ति हामीले सोचेजस्तो बलियो छैन। अफगानी सरकारका वर्तमान नीति यस प्रकार छनः अफगानी संविधानलाई स्विकार गरेर हात-हतियार छोड्ने विचार गरेकाहरुसँग अफगान सरकारले पुनः वार्ता गर्ने साथै उनीहरुको दैनिक जीवनलाई पनि सहयोग गर्ने छ भने सं‍विधान प्रारुपमा पछि नहट्ने उग्रबादी तत्वलाई सरकारले अडिगताका साथ प्रहार गर्दै जानेछ।"

                  चीनमा राष्ट्रिय आधारभूत औषधि व्यवस्थाको स्थापना कार्य औपचारिक रुपमा व्यवहारमा उतारिएको अवस्था छ।यससम्वन्धी थप जानकारी आधारभूत औषधि भनेको विश्व स्वास्थ्य संगठनले सन् 1977 मा प्रस्तुत गरेको विचार हो। यस्ता औषधिका चार भूमिका रहेका छनः रोगीका लागि आवश्यक, सुरक्षित तथा प्रभावकारी, प्रयोग गर्दा सुविधाजनक तथा खर्च कम। हालसम्म विश्वका एकसय साट्ठी मुलुक तथा क्षेत्रमा आधारभूत औषधि सूची पाइन्छ।

                 सन् 1982मा चीनले पहिलो औषधि सूची अर्थात "राष्ट्रिय आधारभूत औषधि सूची" वितरण गरिएको थियो। त्यसपछि उक्त सूचीका धेरै संस्करण प्रकाशित गरिए। तर ती सूचीहरुमा राखिएका औषधिहरु रोगीहरुले प्रयोग गरेको दर सानो छ र ती औषधिहरुको प्रभाव पनि त्यति ठूलो छैन। चिकित्सा बिमाले पनि ती औषधिलाई समावेश गरेको छैन। सम्बन्धित व्यवस्था वास्तविक व्यवस्थाभन्दा पिछडिएको देखियो। यसबारे चर्चा गर्दै चीन स्वास्थ्य मन्त्रालयअन्तर्गत् औषधि मामिला विभागका प्रमुख चङ हुँले भन्नुभयोः "गत शताब्दीको सत्तरीऔँ दशकको अन्तदेखि चीनमा आधारभूत औषधि भन्ने विचार आएको हो। तापनि बितेका केही दशकमा सम्बन्धित व्यवस्थाको निर्माण पछि लागेकोले औषधि सूची भएता पनि सम्बन्धित व्यवस्था नभएको अवस्था देखा पर्‍यो। आधारभूत औषधि व्यवस्था लागु गर्नका लागि औषधिको छनौट, उत्पादन तथा आपूर्ति, प्रयोग, भाउको निश्चितता, सम्बन्धित कामको अनुगमन् तथा मूल्याङ्कनलगायत् श्रृंखलाबद्ध नीतिलाई जोड्नुपर्छ र अनि प्रणालीबद्ध व्यवस्था बनाउन सकिनेछ।"

                 चालू वर्ष चीनले चिकित्सा तथा औषधिसम्बन्धी चिकित्सा व्यवस्थामा सुधार हुँदै आएको छ। तीमध्ये राष्ट्रिय आधारभूत औषधि व्यवस्था महत्वपूर्ण कार्यहरुमध्येको एक हो र चीनमा नयाँ चिकित्सा सुधारको नयाँ सुरुआत पनि मानिन्छ।

                  प्रमुख चङले जानकारी दिनु भएअनुसार, चालू वर्षको अन्तअघि चीनमा सरकारको तत्वावधानमा चल्ने शहरी आबास क्षेत्र तथा ग्रामीण क्षेत्रमा रहेका आधारभूत चिकित्सा सेवा संस्थामा आधारभूत औषधि व्यवस्था लागु हुने भएको छ र सन् 2011सम्म चीनमा राष्ट्रिय आधारभूत औषधि व्यवस्थाको आधारभूत रुपमा स्थापना हुनेछ। सन् 2020 सम्म उक्त व्यवस्था चीनभरिका विभिन्न ठाँउलाई ढाकिनेछ। आधारभूत औषधिको भाउ सरकारले तोक्नेछ र यस व्यवस्थाको अन्तिम उद्देश्य सर्वसाधारणलाई रोग लागेपछि डाक्टरकहाँ जानसक्ने र औषधिको प्रयोग गर्दा अझ सजिलो हुनु रहेको छ। यसबारे जानकारी दिँदै श्री चङले भन्नुभयोः "आधारभूत औषधिको आपूर्तिलाई प्रत्याभूत दिइ जनताले समान तथा निष्पक्ष रुपमा औषधिको प्रयोग गर्न सक्नेछन। यसका साथै औषधिको उत्पादन तथा आपूर्ति क्षेत्रमा रहेका श्रोतलाई मिलाएर जनताले सुरक्षित रुपमा औषधिको प्रयोग गर्न प्रत्याभूति दिइनेछ। सम्बन्धित व्यवस्था लागू भएपछि सर्वसाधारणले औषधिको प्रयोग गर्ने आधारभूत मँगलाई पूरा गर्नुका साथै औषधिको खर्चलाई वास्तविक रुपमा घटाइने छ। समष्टिगत दृष्टिकोणबाट हेर्दा औषधिको प्रयोग गर्दा अझ सुरक्षित तथा खर्च अझ कम हुने छ।"

                चीनको तिब्बती शास्त्र विद्बान टोलीले जहानस्वर्गमा दक्षिण अफ्रिकाका विभिन्न क्षेत्रका विद्वानसँग बैचारिक आदान-प्रदान गरी चीनको तिब्बत स्वायत्त प्रदेश स्थापनाको पचास वर्षमा पाइएका उपलब्धिबारेमा जानकारी दिएको छ। यससम्बन्धी थप जानकारी चीन केन्द्रीय जातीय विश्वविद्यालयका उप-प्रमुख शेस राब नीमा तथा चीन तिब्बती शास्त्र अनुसन्धान केन्द्रका प्रमुख ल्यान स्याङ मिन एवम् केन्द्रीय जातीय विश्वविद्यालयका प्राध्यापक सु फा च्याङबाट गठित चीनको तिब्बती शास्त्र विद्बान टोलीले हिजो दक्षिण अफ्रिकाको सबभन्दा ठूलो शहर जहानस्वर्गको भ्रमण गर्‍यो। उहाँहरु तथा दक्षिण अफ्रिका वीथवर्डरसराण्ड विश्वविद्यालयका प्राध्यापक एवम् दक्षिण अफ्रिका मानवअधिकार समितिका अधिकारीसँग एउटा गोष्ठीको आयोजना गरी तिब्बतको वर्तमान अवस्थाबारे जानकारी दिनुभयो।

                  दक्षिण अफ्रिकाका युवकहरु जस्तै तिब्बती युवा-युवतीहरुले पनि आफ्नो जातिको इतिहास एवम् संस्कृतिप्रति ठूलो चासो देखाएका छन् र तिब्बती भाषा सिक्ने चाहना पनि ठूलो देखिन्छ। चीन केन्द्रीय जातीय विश्वविद्यालयका उप-प्रमुख शेस राब नीमाले तिब्बती भाषा सिकाउने प्रणालीबारे जानकारी दिँदै भन्नुभयोः "तिब्बती युवा-युवतीहरुका धेरै रुचि छन्। दक्षिण अफ्रिकी युवाहरु बराबर छ। तिब्बती भाषाको पढाइ प्राथमिक स्कुल, माध्यमिक विद्यालयदेखि विश्वविद्यालयको बी.ए., मास्टर, डाक्टर डिग्रीसम्म पाइन्छ। यसबाहेक, तिब्बती भाषा सिकाउने विश्वविद्यालयहरुबाट स्नातक विद्यार्थीहरुको रोजगारी पनि राम्रो पाइन्छ।"

                 तिब्बत स्वायत्त प्रदेश स्थापना भएको पचास वर्षमा आर्थिक क्षेत्रमा हासिल गरिएको ठूलो उपलब्धि विशेष गरी छिङ्गहाइ-तिब्बत रेलमार्ग सञ्चालनमा आएपछि तिब्बतको आर्थिक विकास द्रूत गतिले भैरहेको छ। यसबारे जानकारी दिँदै श्री नीमाले बताउनुभयोः "छिङ्गहाइ-तिब्बत रेलमार्गको निर्माणले तिब्बतको पुरानो यातायात प्रबन्धको पिछडिएको अवस्थालाई आधारभूत रुपमा परिवर्तन गरियो र व्यक्ति, सर-सामान तथा सूचनाको प्रचलन तथा आदान-प्रदानलाई छिटो पारिएको छ। यसका साथै चीनको उत्तर-पश्चिमी भागमा रहेको यथेष्ठ उर्जालाई तिब्बतमा ल्याइएको छ। यस रेलमार्ग सञ्चालनमा आएपछि तिब्बतीहरुका लागि धेरै रोजगारका मौका प्रदान गरेको साथै तिब्बतको पर्यटन उद्योग पनि द्रूत गतिले विकसित हुँदै आएको छ। अर्को नमुना दिऊँ तिब्बतको ल्हासा तिब्बती बौद्ध धर्मको पवित्र शहर हो। तिब्बती भएका क्षेत्रमा बसोबास गर्दै आएका सर्वसाधारणले तिब्बत गएर पूजाआजा गर्ने गर्दछन्। पहिले रेलमार्ग भएन र असुविधाजनक मात्र नभइ खतरनाक पनि हुन्थ्यो। आज आएर रेल चढेर ल्हासा जान सकिन्छ। यसबाट धार्मिक स्वतन्त्रतालाई प्रतिविम्वित गरिएको छ।"

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040