china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    उच्च शिक्षामा विदेशतर्फको आकर्षण घट्यो
    (GMT+08:00) 2009-08-27 10:03:12    

               नेपालमा उच्च शिक्षाका लागि विदेशतर्फको आकर्षण घट्न थालेको छ । उच्च शिक्षा अध्ययनका लागि शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेट लिनेहरूको सङ्ख्या आ.व. 2065/66 मा तुलनात्मक रूपमा कमी आएको छ भने प्रवेशाज्ञा पाउने दरमा पनि स्वाट्टै कमी आएको छ । यिनै आधारहरूलाई लिएर विदेशतर्फको आकर्षण घटेको विश्लेषण विज्ञहरूले गरेका छन् ।

               विगत केही वर्षयता त्यस्तो पत्र लिनेहरूको सङ्ख्या बर्सेनि दोब्बरका दरले वृद्धि हुँदै आएको थियो । शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखाका अनुसार गत वर्ष 24हजार 8सय 24 जनाले नो अब्जेक्सन लेटर लिएका छन् । जबकि अघिल्लो आ. व. मा 21हजार 35जनाले लेटर लिएका थिए ।शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला विगतका वर्षहरूमा जस्तो नो अब्जेक्सन लेटरु लिनेहरूको सङ्ख्यामा वृद्धि नभएकाले विदेश जान चाहनेहरूको सङ्ख्या घटेको विश्लेषण गर्नुहुन्छ ।

               तुलनात्मक रूपमा हेर्दा विदेश जान चाहनेहरूको सङ्ख्या घटेकै हो, उहाँले भन्नुभयो । नेपाली विद्यार्थीका लागि संयुक्त अधिराज्य युके, अमेरिका र अस्ट्रेलिया प्रमुख गन्तव्य मुलुक हुन् ।

               नेपाल शैक्षिक परामर्श सङ्घ इक्यानका महासचिव राजेन्द्र बराल केही महिनायता अमेरिका र अस्ट्रेलियामा जानेहरूको सङ्ख्या निकै कमी आएको बताउँदै भन्नुहुन्छ, अब ती देशको आकर्षण घट्न थालेको छ । नयाँ भिसा नीतिले युकेमा जानेहरू बढ्न थालेका छन् ।इक्यानका अनुसार अस्ट्रेलिया सरकारले तोकिएका नेपालका दुई बैङ्कमार्फत् मात्र बैङ्कङि कारोबार गर्न पाउने नियम बनाइदिएकाले र अमेरिकामा आर्थिक मन्दीका कारण त्यसतर्फ जानेहरूको चाहना घट्दै गएको छ । अहिले ती मुलुकमा भिसा पाउने दर 10प्रतिशतमा झरेको छ भने युकेमा 61प्रतिशतले वृद्धि भएको छ ।

              छात्रवृत्ति शाखाका अनुसार आ.व. 2063/64मा 15हजार 4सय23 जनाले, 2063/63 मा पाँच हजार 2सय62 जनाले, 2061/62 मा तीन हजार 6सय18जनाले, 2060/61 मा दुई हजार 7सय92जनाले र 2059/60मा एक हजार 7सय44जनाले नो अब्जेक्सन लेटर लिएका थिए । इक्यानका अनुसार नो अब्जेक्सन लेटर लिनेहरूमध्ये 60देखि 90प्रतिशत विद्यार्थी मात्र उच्च शिक्षाका लागि विदेशिने गरेका छन् ।

               गत वर्ष एक सय96विषयका लागि नो अब्जेक्सन लेटरु उपलब्ध गराइएको छ । तीमध्ये सबैभन्दा बढी हस्पिटालिटी म्यानेजमेन्टका लागि तीन हजार जनाले लेटर लिएर गएका छन् भने बिजनेस म्यानेजमेन्टका लागि एक हजार छ जनाले र एकाउन्टिङका लागि एक हजार 379जनाले लेटर प्राप्त गरेका छन् ।

              त्यस्तै, सबैभन्दा बढी डिप्लोमा तहका लागि आठ हजार 4सय54जनाले र ब्याचलर तहका लागि तीन हजार 6सय63जनाले नो अब्जेक्सन लेट लिएका छन् भने अस्ट्रेलियामा अध्ययन गर्न भनी10 हजार 1सय21 जनाले, संयुक्त अधिराज्यका लागि छ हजार 6सय27जनाले, अमेरिकाका लागि दुई हजार9सय34 जनाले र साइप्रसका लागि एक हजार 1सय62जनाले त्यस्तो लेटर लिएका छन् ।

              तथ्याङ्कका अनुसार अमेरिकामा पढ्न जानेहरूको सङ्ख्यामा निकै कमी आएको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040