china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पोखरामा फस्टायो पार्लर व्यवसाय
    (GMT+08:00) 2009-09-24 15:39:31    

               तेइस वर्षअघि पोखराको व्यस्त चोक महेन्द्रपुलमा ब्युटीपार्लर खोल्दा चन्द्रा प्रधानलाई चल्दैन कि भन्ने लागेको थियो । तर उनले हिम्मत हारिनन् र व्यवसायबाट फड्को मारिन् । यही व्यवसायबाट पछि उनले दुई छोराछोरी पढाइनन् मात्रै घरखर्च गरेर बचतसमेत गर्न सकिन् । थोरै लगानीमा राम्रो आम्दानी गरिरहेकी छु प्रधानले भनिन्, पार्लर धाउनेहरू बढेका बढ्यै छन्।

               पर्यटकीय नगरी पोखरामा चार वर्षयता ब्युटीपार्लर व्यवसाय ह्वात्तै बढेको स्थानीय व्यवसायी बताउँछन् । पार्लर जान चाहनेहरू पनि बढ्दै गएपछि यो व्यवसाय फस्टाएको हो । थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने हुनाले पनि अधिकांश महिला पछिल्लो समय यो व्यवसायतर्फ आकषिर्त भइरहेका छन् । एघार वर्षदेखि व्यवसायमा संलग्न आरती गुरुङले महिलालाई रोजगारी दिने व्यवसायमध्ये ब्युटीपार्लर सबैभन्दा अगाडि रहेको बताइन् । महिलाका लागि सजिलो र आम्दानी बढी हुने हुनाले यो फस्टाएको हो, उनले भनिन् । धेरैलाई यसले रोजगारी दिएको छ । तीन दशकअघि लुसु नामको ब्युटीपार्लर सञ्चालन हुदाँ यहाँ फाट्टफुट्ट पार्लर सञ्चालनमा थिए । जति बेला ब्युटीपार्लरबारे धेरैलाई जानकारी पनि थिएन ।

               यो व्यवसायप्रति हेरिने सोच केही वर्षअघिसम्म नकारात्मक थियो, पन्ध्र वर्षदेखि गुरुङ ब्युटीपार्लर एन्ड ब्युटी एकेडेमी सञ्चालन गरिरहेकी चिनु गुरुङले भनिन्, हिजोआज हरेकको सोचाइमा आएको परिवर्तनसँगै व्यवसाय गर्नेहरूको संख्या पनि उल्लेख्य छ । यही व्यवसायबाट आम्दानी राम्रो भएपछि उनले पुरुषका लागि छुट्टै पार्लर र महिलाका लागि शाखा विस्तार पनि गरेकी छन् । राम्रो आम्दानी देखेर महिलाहरू यस व्यवसायमा लागिरहेका छन् । अहिले यहाँ साढे दुई सयभन्दा बढी पार्लर खुलेका छन् । यही व्यवसाय गरेर धेरै महिलाले आफ्नो जीवनस्तरसमेत उकासेका छन्। पार्लर व्यवसायबाट मासिक रूपमा पच्चीस हजारभन्दा बढी आम्दानी हुने गरेको हङकङ हर्बल ब्युटीपार्लरकी सञ्चालिका मीना गुरुङले बताइन् ।

               एक्काइस वर्षदेखि यो व्यवसायमा लागेकी गुरुङले व्यवसायबाट मनग्ये आम्दानी भएपछि पार्लरका तीन भिन्न शाखा विस्तार गरिसकेकी छन् । त्यसमा पन्ध्र जनाले रोजगारीसमेत पाएका छन् । करिब छलाख रुपैयाँ खर्चेर चेरुविक पार्लर खोलेकी विमला थापा पनि यो व्यवसायबाट सन्तुष्ट छन्। लगानी गरेअनुरूप आम्दानी पनि भएको छ, उनले भनिन्, यो व्यवसायबाट घाटा सहनु नपर्दो रहेछ । आम्दानी राम्रो हुन थालेपछि पछिल्लोपटक पुरुषहरू पनि यो व्यवसायमा आकर्षित हुन थालेका छन् ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040