china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    लाखौँको आम्दानी हुन्छ कुरिलोबाट
    (GMT+08:00) 2009-10-01 16:04:23    

                स्वास्थ्यका दृष्टिले समेत लाभदायक मानिएको कुरिलोको पूर्वाञ्चलमा व्यावसायिक खेती फस्टाउँदै गएको छ । संस्थागत ब्यावसायिक खेती सुरु गरेको दुई वर्ष पुग्दा नपुग्दै यस खेतीले पूर्वमा लोकप्रियता हासिल गर्न सफल भएको छ । यस लोकप्रियताकै कारण तरकारीको राजा भनेर चिनिएको कुरिलोको खेतीले विश्व बजारलाई नै प्रभाव पारेको छ । कृषकहरूका अनुसार कुरिलो जरादार र टुसादार गरी दुई प्रकारको हुन्छ । जरादार कुरिलो औषधि निर्माणका लागि प्रयोग गरिन्छ भने टुसादार स्वास्थ्यबर्द्धक तरकारीको रुपमा विश्व बजारमा उपयोग गरिन्छ । अति नै पोषण युक्त मानिने टुसादार कुरिलो क्यान्सर, डाइबिटिज, ब्लड प्रेसर, मुटुरोग, स्नायु रोग, टाउको दुख्ने, पक्षघात, चाउरीपनाका बिरामीहरूका लागि उपयुक्त मानिन्छ भने यो सुत्केरी, कमजोरी, मष्तिष्करोग, यौनशक्तिमा ह्रास र रगतका रोगहरूको निरोधकको रुपमा मानिँदै आएको छ ।

               पूर्वमा मोरङमा कार्यालय रहेको एगि्रकल्चर प्रमोसन एन्ड रिसर्च सेन्टरले 2064 सालदेखि कुरिलोको व्यवसायिक खेती सुरु गरेको हो । अहिले मोरङ, सुनसरीलगायतका जिल्लाहरूमा विभिन्न व्यक्ति तथा संस्थाहरूले यसको व्यावसायिक खेती गरिरहेका छन् । कुरिलोमा भिटामिन ए र सी पर्याप्त मात्रामा पाइने विज्ञहरूको दाबी छ । यसमा पोटास, फाइबर, थाइमिन, आइरन, फस्फोरस, चिल्लो पदार्थ र कोलेस्टोरलको मात्रा शून्य र सोडियम पनि न्यून रहने भएकाले विभिन्न प्रकारका बिरामीहरूका लागि उपयुक्त तरकारी भएको उहाँहरूको दाबी छ । मानिसको शरीरलाई आवश्यक पर्ने असी प्रतिशत खनिज तत्व कुरिलोले मात्र आपूर्ति गर्न सक्ने प्रवर्द्धक एगि्रकल्चर प्रमोसन सेन्टरका सञ्चालक हरि घिमिरेले दाबी गर्नुभएको छ । सेन्टरले यसको प्रवर्द्धन गरेपछि मोरङ, सुनसरीका सामुदायिक वन, सङ्घ संस्था तथा निजी क्षेत्रबाट समेत यसको व्यावसायिक खेतीमा वृद्धि भएको उहाँले बताउनुभयो । सेन्टरले मोरङको मिर्गौलियामा डेढ बिगाहा क्षेत्रफलमा कुरिलोको बेर्ना उत्पादन तथा कुरिलोको तरकारी खेती गर्दै आएको छ । सेन्टरले उत्पादन गरेको बेर्नाबाट सुनसरीको तरहरास्थित भवानीपुर सामुदायिक वनको चार कठ्ठा, इटहरीको लगभग एक विगाहा, मोरङको पथरीको पन्ध्र कठ्ठा, मोरङकै लेटाङको २ विगाहा, मोरङकै केराबारीको तीन कठ्ठा क्षेत्रफलमा संस्थागत र व्यक्तिगत रुपमा यसको खेती सुरु गरिएको छ ।

               सेन्टरले आफू मातहत रहेर कुरिलो खेती गर्ने किसानहरूका लागि बजार व्यवस्थाको ग्यारेन्टी गर्ने गरेको सञ्चालक हरि घिमिरेले बताउनुभयो ।अन्तर्राष्ट्रिय बजारमा समेत चर्को माग रहेको कुरिलोको स्थानीय बजारमा न्यूनतम एक सय रुपियाँ प्रति किलो मूल्य छ । यसको मूल्य काठमाडौँमा न्यूनतम चार सय र अन्तर्राष्ट्रिय बजारका लागि आठ सय रुपियाँसम्म रहेको बताइएको छ । एक पटक रोपेपछि त्यही वर्षदेखि निरन्तर २० वर्षसम्म उत्पादन भइरहने बहुवर्षे तरकारी भएकाले पनि कुरिलो प्रति कृषक आकषिर्त भएको पाइएको छ । कृषकहरू पनि कुरिलोको आम्दानीप्रति सन्तुष्ट छन् । सिँचाइलगायतका आवश्यक सुविधा भएमा प्रतिकठ्ठा दैनिक पाँच केजीसम्म कुरिलो उत्पादन हुने गरेको इन्द्रपुरका किसान नवीन गुरुङले बताउनुभयो ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040