china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    वार्षिक 40 करोड लिटर बायोडिजेल उत्पादनको सम्भावना
    (GMT+08:00) 2009-10-08 19:03:05    

               सजीवनको दानाबाट इन्धन उत्पादन हुनसक्ने भए तापनि प्रचारप्रसारको अभावका कारण यसको अझै पनि व्यावसायिक खेती हुन सकेको छैन । स्थानीयरूपमा कदम भनेर चिनिने सजीवन खेतीका लागि धनकुटा जिल्लासमेत राम्रो रहेको बताइए पनि यसको खेतीका लागि आवश्यक प्रचारप्रसार र खेती गराउने निकाय नभएकाले व्यावसायिक खेतीको सुरुआत नभएको हो ।

               कहाँ लगेर बेच्ने कसले किन्ने केही त थाहा छैन, जिल्लाको खोकु गाउँ विकास समिति-8 निवासी जोगेन्द्र राईले भन्नुभयो । वातावरणीय दृष्टिकोणले समेत अब्बल मानिएको सजीवनको व्यावसायिक खेती गर्नका निमित्त राज्यले आवश्यक नीति ल्याई कृषकलाई प्रोत्साहन गर्नु पर्यो, उनीहरूलाई खेती प्रविधि र फाइदा बारेमा चेतना दिनुपर्यो तब मात्र कृषकको ध्यान यता मोडिन सक्छ ।

               पहिलो दायित्व राज्यको हो राज्यले यसबारेमा आवश्यक नीति ल्याउनुपर्यो धनकुटा बहुमुखी क्याम्पसका अर्थशास्त्रका प्राध्यापक केशव पहाडीले भन्नुभयो। यद्यपि आव 065-66 मा पहिलो पटक नेपाल सरकारले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले जैविक इन्धनको प्रवर्द्धन र विकासका लागि जैविक इन्धन कार्यक्रम ल्याएको छ, यसबारेमा पर्याप्त मात्रामा प्रचारप्रसार भएको छैन । जिल्ला विकास समिति धनकुटाका ऊर्जा अधिकृत किशोरकुमार कोइरालाले तीन केजी बियाँबाट एक लिटर तेल निकाल्न सकिने कुरा बताउनुहुन्छ ।

               मुलुकमा वार्षिक 36 करोड लिटर खनिज डिजेलको माग रहेको अवस्थामा एक अध्ययनले नेपालमा वार्षिक 40 करोड लिटर बायोडिजल उत्पादन गर्न सक्ने देखिएको छ । यसमा पनि समग्र मुलुकको 13 प्रतिशत क्षेत्रफल ओगटेको चुरे क्षेत्र बञ्जर रहेकाले त्यस क्षेत्रमा यसको उत्पादन गर्न सकिने बताइन्छ ।यसरी हरियो सुनका रूपमा लिइएको सजीवनको खेती व्यावसायिकरूपमा गरेमा नेपालमा अब डिजेल अरबको खाडीमा होइन, नेपालको झाडीमा पाइन्छ भन्ने नारा चरितार्थ हुन सक्दछ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040