china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    समसामयिक प्रसंग
    (GMT+08:00) 2009-10-12 17:30:17    
          यसै महीनाको चार तारिखदेखि छ तारिखसम्म चीनका प्रधानमन्त्री वन च्या पाउवन च्या पाउले उत्तर कोरियाको औपचारिक मैत्रीपूर्ण भ्रमण गर्नुभयो। उहाँको भ्रमणमा साथै रहनुभएका चीनका परराष्ट्रमन्त्री याङ चे छले भ्रमण फलदायी र अर्थपूर्ण रहेको वताउनुभएको छ।यसै विषयलाई आजको हाम्रो प्रमुख प्रस्तुती बनाएका छौँ। चीनका विभिन्न जातिका मानिसहरुले विभिन्न कार्यक्रमसहीत नयाँ चीन स्थापनाको साठीऔं वार्षिकोत्सव मनाएका छन् ।यस बिषयलाई पनि कार्यक्रममा प्रस्तुत गर्ने छौँ।साथै समय रहेमा राष्ट्रिय दिवसको सुनौलो अवधिमा चीनमा आयोजना गरिएका विविध साँस्कृतिक कार्यक्रमहरु सम्वन्धी प्रसङ्गलाई पनि समेट्ने छौँ।अव कार्यक्रमतर्फ लागौँ।

          आजकाल कोरियाली प्रायद्वीप तथा उत्तर-पूर्वी एशियाको परिस्थिति धेरै जटिल रहेको छ। कोरियाली प्रायद्वीपलाई आणविकरहित क्षेत्र बनाउने बिषयलाई अन्तर्राष्ट्रिय समाजले धेरै ध्यान दिएको छ। जन गणतन्त्र चीनको स्थापना भएको साठीऔं वार्षिकोत्सवको उपलक्षमा चीनका प्रधानमन्त्री वन च्या पाउले उत्तर कोरियाको भ्रमण गरी चीन र उत्तर कोरिया बीचको दौत्य सम्बन्ध स्थापना भएको साठीऔं वार्षिकोत्सव तथा चीन-उत्तर कोरिया मैत्री वर्षको उपलक्ष्यमा आयोजित कार्यक्रमहरुमा संलग्न हुनुभयो। जसले चीन र उत्तर कोरिया बीचको सम्बन्धलाई उच्च महत्व दिँदै क्षेत्रीय शान्ति तथा स्थिरताको संरक्षण गर्न प्रयास गर्ने दृढत अभिव्यक्त दिएको ठहर चीनका परराष्ट्रमन्त्री याड चे छले गर्नुभयो।

                 परराष्ट्रमन्त्री याङ चे छका अनुसार, प्रधानमन्त्री वन च्या पाउको यस पटकको भ्रमणले चीन र उत्तर कोरिया बीचको असल छिमेकी मैत्रीपूर्ण सहयोगलाई अघि बढाउने उद्देश्यलाई पूरा गरेको छ। प्रधानमन्त्री वन च्या पाउले उत्तर कोरियाका नेता किम जोंग इल लगायत उत्तर कोरियाका नेताहरुहरुसँग भेटघाट गरी वितेका साठी वर्षमा चीन र उत्तर कोरियाबीचको सम्बन्ध विकासको इतिहासबारे सिंहाव्लोकन गर्नुका साथै दुई मुलुकबीचको सुमधुर सम्बन्धको भविश्यको परिकल्पना गर्नुभयो। दुई पक्षको ठहर अनुसार, चीन र उत्तर कोरिया बीचको मित्रता दुई मुलुकका पूराना पुस्ताको क्रान्तिकारीताले स्थापना गरेको हो। यो दुई मुलुकको मूल्यवान सम्पति हो। त्यो दुई मुलुकका जनताको इच्छा तथा आधारभूत हितसँग अनुकूल रहेको छ। दौत्य सम्बन्धको स्थापना भएको साठीऔं वर्षलाई नयाँ शुरुवात बनाएर आपसी सम्मान तथा आपसी समानताको आधारमा उच्च तहबीचको आदान-प्रदानलाई निरन्तरता दिने, आर्थिक तथा व्यापारिक लगायतका क्षेत्रको व्यावहारिक सहयोगलाई सुदृढ पार्ने, महत्वपूर्ण विषयमा दुई पक्ष बीचको सम्पर्क तथा समन्वयलाई मजबुत पार्ने एवं चीन र उत्तर कोरियाबीचको मैत्रीपूर्ण सहयोगात्मक सम्बन्धको निरन्तर विकासलाई अघि बढाउने ठहर दुवै पक्षले गरेका छन्। यसका साथै दुवै पक्षले आर्थिक तथा प्राबिधिक सहयोग सम्बन्धी सम्झौता लगायत बिभिन्न सम्झौता पत्रमा हस्ताक्षर गर्नुका साथै चीन र उत्तर कोरियाबीचको सिमानामा रहेको यालु नदीमा पूलको निर्माण गर्ने घोषणा गरेका छन्।

               उत्तर कोरिया भ्रमणको अवधिमा प्रधानमन्त्री वन च्या पाउ उत्तर कोरियाको श्रमिक पार्टीका महासचिव किन जोङ इलसँग उत्तर कोरियाद्वारा बनाइएको ओपेरा रातो सप्न चेम्वरको"को अवलोकन गरी चीन र उत्तर कोरिया बीचको दौत्य सम्बन्ध स्थापना भएको साठीऔं वार्षिकोत्सवको उपलक्षमा आयोजित अनेकन् कार्यक्रम तथा चीन-उत्तर कोरिया वर्षको विसर्जन समारोहमा सहभागी हुनुभयो। परराष्ट्रमन्त्री याङ चे छले ती कार्यक्रमहरु रोचक तथा सफल रहेको छ भन्दै दुई मुलुकका नेताहरुले द्वीपक्षीय मानवीय तथा युवा-युवतीहरुबीचको आदान-प्रदानलाई अघि बढाउने, परम्परागत मित्रतालाई अरु गहन पार्ने तथा युगौं युगदेखि रहिआएको मित्रतालाई कायम राख्ने कुरा व्यक्त गर्नुभएको जानकारि दिनुभयो।

                 कोरियाली प्रायद्वीपको आणविक बिषयबारे चर्चा गर्दा श्री याङ चे छले प्रधानमन्त्री वन च्या पाउको यस पटकको भ्रमणले कोरियाली प्रायद्वीपलाई आणविक रहित क्षेत्र बनाउने लक्ष्यलाई अघि बढाउन तथा क्षेत्रीय शान्ति तथा स्थिरताको संरक्षण गर्न उपयोगी हुने ठहर गर्नुभयो। श्री याङ चे छका अनुसार, उत्तर कोरिया भ्रमणको अवधिमा प्रधानमन्त्री वन च्या पाउले कोरियाली प्रायद्वीपलाई आणविक रहित क्षेत्र बनाउने लक्ष्यलाई कायम राख्नुका साथै कोरियाली प्रायद्वीप तथा उत्तर-पूर्वी एशियामा शान्ति तथा स्थिरताको संरक्षण गर्नु उत्तर कोरिया लगायत विभिन्न क्षेत्रको हितसँग अनुकूल रहेको कुरामा जोड दिनुभयो।

             नयाँ चीन स्थापनाको साठीऔं वार्षिकोत्सव चीनका विभिन्न जातिले विविध कार्यक्रमको आयोजना गरी मनाए। चीनको दक्षिणी भागमा पर्ने क्वाङ सि च्वाङ जातिय स्वायेत्त प्रदेश चीनको अल्पसंख्यक जातिको सबैभन्दा बढी जनसंख्या भएको एउटा प्रान्त स्तरीय क्षेत्र हो। जन गणतन्त्र चीनको स्थापना भएदेखि क्वाङ सिमा उल्लेखनिय परिवर्तन भएको छ। गत वर्ष क्वाङ सिको कूल गार्हस्थ आम्दानीको मात्रा सन् 1950को तुलनामा एक सय बीस गुणाले वढि थियो । प्रति व्यक्ति आम्दानीको मात्रा सरदर चौध हजार नौ सय चिनियाँ युआन पुगेको छ। यो सन् 1950को तुलनामा त्रिचालीस गुणाले वढि हो।

                नयाँ चीन स्थापनाको साठीऔं वार्षिकोत्सव मनाउने सन्दर्भमा अक्टोबर एक तारिख क्वाङ सिका सम्पूर्ण एक हजार एकचालीस वटा अल्पसंख्यक जातिय गाउँलेले एउटै समयमा राष्ट्रिय झण्डाको झण्डोतोलन गरि विशेषमार्फत नयाँ चीन स्थापनाको साठीऔं वार्षिकोत्सवको स्वागत गरेका थिए।  

              तिब्बत स्वायेत्त प्रदेश चीनको दक्षिण-पश्चिमी भागमा पर्छ। पूरानो तिब्बतमा उत्पादित सामग्री अल्पसंख्यक भूमिपतिको हातमा रहेको कारण तिब्बतको कृषि तथा पशुपालन व्यवसायको विकासलाई त्यतिवेला धेरै सिमित गरिएको थियो। नयाँ चीनको स्थापनापछि भने तिब्बतका किसान तथा पशुपालकहरुको जीवनस्तर धेरै नै माथि उठेको छ। राष्ट्रिय दिवस अवधिमा तिब्बतका विभिन्न स्थानमा विभिन्न कार्यक्रम तथा नाचगानको आयोजना गरी मातृभूमिप्रति विभिन्न जातिले शुभकामना व्यक्त गरेका छन्।

                ठूलो परिमाणको नाचगान "पुन:रुत्थानको बाटो" को यस वर्षको सेप्टेम्बरको अन्त्यमा पैचिङमा अवस्थित बृहत जनसभा भवनमा तेह्र पटक प्रदर्शन भएको छ। जन गणतन्त्र चीनको स्थापनाको साठीऔं वार्षिकोत्सवको उपलक्षमा रचना गरिएको नाचगानको रुपमा त्यसले एक सय पचास मिनेटमा सन् 1840देखि 2009सम्मको एक सय उनान्सत्तरी वर्षको अवधिमा चीनको पुन:रुत्थानको इतिहासलाई प्रदर्शन गरेको छ।

                श्रीमति कुङले उनका आठ वर्षीय छोरा लिएर सो प्रदर्शनको अवलोकन गरेकी छिन्। उनले गदगद भएर हाम्रा सम्वाददातासँग कुराकानी गर्दै भनिन्, हामीलाई धेरै अचम्म लागेको छ। त्यसमा चीनको आधुनिक कालका महत्वपूर्ण ऐतिहासिक घटनाहरु समावेश गरिएको छ। आज हामीले अवलोकन गरेका बेला चीनको आधुनिक कालको इतिहासको पुन:सिंहाव्लोकन गरेका छौं।

                 राष्ट्रिय दिवसको अवधिमा पैचिङको साँस्कृतिक बजार धेरै आकर्षक छ। नाटक , नाट्यसम्वाद, संगीत ओपेरा, नाचगान, ओपेरा, एक्रोब्याटिक्स लगायत दुई सय चालीस पटकको प्रदर्शन पैचिङबासीले अवलोकन गरेका छन्। तीमध्ये चीनका प्रसिद्ध कला निर्देशक चाङ यी मौको निर्देशनमा बड्स नेस्टमा प्रदर्शन गरिएको "टुरान्दोट" तथा केही प्रसिद्ध नाटकहरुको पुन:प्रदर्शनले दर्शकहरुको राम्रो माया पाएको छ। त्यसका अतिरिक्त, सर्वसाधारणका लागि उनान्चालीस वटा साँस्कृतिक कार्यक्रमहरु तथा सार्वजनिक कल्याणकारी पुस्तकालय सम्बन्धी कार्यक्रमहरुले पैचिङबासीहरुको विदाको जीवनलाई धेरै छनौट प्रदान गरेको थियो।

                 पैचिङको साँस्कृतिक विभागका उप-प्रमुख श्रीमति वाङ चुले ती साँस्कृतिक कार्यक्रमहरुले नयाँ चीनको स्थापना भएको साठी वर्षमा विकासमा फड्कोमारेको प्रगती देखाइएको जानकारी दिनुभयो।

                  चिनियाँहरुको परम्परागत संस्कृतिमा साठी एउटा निकै महत्वपूर्ण अङ्क हो। नयाँ चीनको स्थापनाको साठीऔं वार्षिकोत्सव हरेक चिनियाँको मनमा एउटा निकै महत्वपूर्ण अङ्क भएर रहेको छ । साँस्कृतिक उद्योगबारे चर्चा गर्दा वितेका साठी वर्षमा हामीले अनेकन रोचक तथा उत्कृष्ठ साँस्कृतिक रचना सिर्जना गरेका छौं। ती रचनाहरुले नयाँ चीनको स्थापनाको साठीऔं वार्षिकोत्सवको उपलक्षमा सामुहिक रुपमा प्रदर्शन गरेका छन्। जसले हामीलाई एउटा पिछडिएको मुलुकको अवस्थाबाट विकासशील अवस्थासम्म ल्याएको संकते दिएको छ।

                चीनको दक्षिण पूर्वी भागको च च्याङ प्रान्तले सेप्टेम्बर छबीस तारिखदेखि अक्टोबर एघार तारिखसम्म स्थानिय साँस्कृतिक तथा कला महोत्सवको आयोजना गरेको छ। बीस वटा भन्दा बढी ठूलो ढाँचाको कार्यक्रमहरु तथा तीस वटा भन्दा बढी उत्कृष्ठ साँस्कृतिक कार्यक्रमहरु अघि पछि गरी प्रदर्शन गरिने छ। त्यसका अतिरिक्त, त्यहाँ अनेकन चित्र प्रदर्शनीको आयोजना गरिएको छ। उदाहरणका लागि च च्याङको महत्वपूर्ण आधुनिक बिषय तथा इतिहास विषयक चित्र प्रदर्शनी, विश्व विद्यालयका विद्यार्थीहरुको पहिलो कला दिवस तथा चीनको अभौतिक साँस्कृतिक सम्पदा एक्सपो आदी रहेका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040