china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    दशैंले पेन्ट्सको कारोबार 30 प्रतिशतले बढ्यो
    (GMT+08:00) 2009-10-15 09:17:31    

               नेपालमा दशैं शुरू भएपछि घर तथा कार्यालयहरूमा रंग लगाउने क्रम बढेको छ। जसले गर्दा राजधानीलगायत देशका अन्य प्रमुख शहरमा रंगको कारोबार हवातै बढेको छ। उद्योगी, व्यवसायीका अनुसार दशैंतिहारमा अन्य समयभन्दा रंगको माग बढी हुनाले यसको कारोबार पनि वृद्धि भएको हो।

               मैतीदेवी पुतलीसडक, टेकु, महाबौद्ध क्षेत्रका पसलले अन्य बेलामा भन्दा ३० प्रतिशतले कारोबार बढेको जानकारी दिएका छन्। 'केही वर्षघिसम्म दशैंमा अन्य बेलाभन्दा दोब्बर पेन्टको खपत हुने गरेकोमा हाल घर बनाउनेबित्तिकै रंगरोगन गर्ने चलन बढेकाले विगतका वर्षा भन्दा खपतमा कमी आएको छ' महाबौद्धका रंग व्यापारी स्वयम्भु अमात्यले भन्नुभयो। पेन्ट्स डिलर एसोसिएसनका अनुसार उपत्यकामा मात्र अहिले २ सयभन्दा बढी पेन्ट्स डिलरहरू छन्। तिनीहरूबाट दैनिक 30 देखि 35 लाख रुपियाँसम्मको रंगको कारोबार हुने गरेको छ। देशमा पेन्ट उत्पादन गर्ने उद्योगको संख्या पनि डेढ दर्जन नाघिसकेको छ। एसियन पेन्ट्स, पशुपति पेन्ट्स, यती पेन्ट्स, सालिमार, वर्गरजोन्सन एन्ड निकोल्सन मुख्य पेन्ट्स उद्योग हुन्।

               विदेशी ब्रान्डका सालिमार, नेरोल्याक, राजदूतजस्ता पेन्टले पनि राम्रो बजार पाएका छन्। अधिकांश रंग बिक्रेताले एसियन र शालिमार बढी बिक्री हुने जानकारी दिएका छन्। उद्योगले उत्पादन गर्ने सबै पेन्ट एउटै गुणस्तरका भने हुँदैनन्। एउटै उद्योगले पनि विभिन्न गुणस्तरका रंग उत्पादन गरिरहेका छन्। व्यवसायीका अनुसार रंगको गुणस्तर हेरेर ग्रेड छुटयाइन्छ। नेपाली बजारमा तीन ग्रेडका रंग पाइन्छन्। पहिलो ग्रेडका रंग केही महँगो हुन्छन् भने दोस्रो र तेस्रो ग्रेडका केही सस्तो। उद्योगका अनुसार तिनको नाम पनि फरकफरक हुनेगर्छ।

               एसियन पेन्ट्सले पहिलो ग्रेडलाई एप्कोलाइट, दोस्रोलाई थ्री म्याङ्गोज र तेस्रोलाई गटुको नाम दिएको छ। यस्तै जन्सन एन्ड निकोल्सनले पहिलो ग्रेडलाई ब्रोल्याक र दोस्रोलाई अम्ब्रेला भन्ने गरेको छ। शहरी क्षेत्रका आधुनिक घरहरूमा विभिन्न किसिमका महँगा रंगको प्रयोग गरिए पनि गाउँघरतिरका माटोले बनेका घरमा भने अझै पनि रातो माटो र कमेरो प्रयोग हुने गरेको छ। उपत्यकामा समेत इँटा र माटोले बनेका पुराना घरहरूमा कमेरो लगाउने गरिन्छ।विगत केही वर्षता शहरीकरणले गर्दा ठूला अपार्टमेन्टको निर्माण बढेकाले रंगको खपत पनि बढाएको छ। पेन्ट उद्योग संघका अनुसार नेपालमा वाषिर्क चार अर्ब रुपियाँबराबरको रङको कारोबार हुने गरेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040