china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    समसामयिक प्रसंग
    (GMT+08:00) 2009-10-19 15:51:04    
          श्रोता झण्डै सात वर्षको तयारी पछी सन् 2010 मा हुने शाङ्गहाई विश्व एक्स्पोको तयारी कार्य अहीले अन्तिम चरणमा पुगेको छ। एक्स्पोको तयारीका क्रममा दैनिक जसो विभिन्न प्रचारात्मक कार्यक्रमहरुको आयोजना भै रहेका छन् । यसै विषयलाई आजको हाम्रो प्रमुख प्रस्तुती बनाएका छौँ। शाङ्गहाई सहयोग संगठनको प्रधानमन्त्रीस्तरीय आठौँ सम्मेलन गत हप्ता पैचिङ्गमा सम्पन्न भयो। सो सम्मेलनमा विभिन्न चार बिषयमा मतैक्य कायम भएको जानकारी प्रधानमन्त्री वन च्या पाउले दिनुभयो। यस बिषयलाई पनि कार्यक्रममा प्रस्तुत गर्ने छौँ।साथै समय रहेमा नयाँ चीन स्थापनाको साठी‌औँ वार्षिकोत्सव समारोहमा चीनका राष्ट्राध्यक्ष हु चिन थाउले दिनुभएको महत्वपूर्ण मन्तव्यको विष्लेशण सम्वन्धी प्रसङ्गलाई पनि समेट्ने छौँ।अव कार्यक्रमतर्फ लागौँ।

          शाङ्गहाई विश्व एक्स्पो आउन अव दुई सय दिन मात्रै बाँकी छ । एक्स्पोको तयारीका क्रममा विभिन्न कार्यक्रमहरु आयोजना भै रहेका छन् ।

          सात वर्ष जतिको तयारीमा सन् 2010 शाङ्गहाई विश्व एक्स्पोको तयारी कार्य पूर्ण रुपमा अन्तिम चरणमा प्रवेश भएको छ। अक्टोबर तेह्र तारिख अर्थात् विश्व एक्स्पोसम्बन्धी काउन्टडाउनमा दुई सय दिन बाँकी हुने परिप्रेक्ष्यमा शाङ्गहाई शहरले "विश्व एक्स्पोतर्फ जाऔं"शीर्षकको बिशाल प्रदर्शनीको आयोजना गरेको छ। यसका साथै "हरित आवत-जावत" र "मोबाइल टिकट बिक्री" आदि गतिबिधिहरु पनि शाङ्गहाईमा शुरु भएका छन्। विश्व एक्स्पोको संयोजन पक्षले के देखाएको छ भने चीनले सक्दो ठूलो प्रयासमार्फत् विश्वसमक्ष एउटा सफल, रमाइलो र बिर्सननसक्ने विश्व एकस्पोको आयोजना गर्नेछ।

         हाल विश्व एक्स्पो उद्यानको आधारभूत निर्माण अन्तिम चरणमा प्रवेश भएको छ। आउँदा दिनहरुमा हामीले मुख्यतया विश्वका विभिन्न मुलुक र अन्तर्राष्ट्रिय संगठनको प्रदर्शनीका लागि तयारी गर्नेछौं। साथै हाम्रो आफ्नो प्रदर्शनी र चीनका विभिन्न प्रान्त र शहरका प्रदर्शनीको पनि तयारी गर्नेछौं। हामीले विश्व एक्स्पोमा सहभागी हुने सबै सदस्यलाई उच्चस्तरीय सेवा प्रदान गर्ने भएका छौं।

          अहिले तपाईँले सुनिरहनुभएको आवाज शाङ्गहाई शहरका स्थायी उप मेयर एवम् विश्व एक्स्पोको कार्यकारी समितिका स्थायी उप प्रमुख याङ्ग स्योङ्गले दिनुभएको जानकारी हो। उहाँका अनुसार, यसवर्षको अन्तसम्म विश्व एक्स्पो उद्यानमा रहेका संयोजन पक्षद्बारा बनाइएका स्थायी तथा अस्थायी हल-भवनको निर्माण कार्य मोटामोटी रुपमा सम्पन्न हुनेछ। त्यति बेला अन्य मुलुक, क्षेत्र तथा व्यवसायद्बारा निर्मित भवनहरुको निर्माण पनि जारी नै हुनेछ। हाल आफ्नो देशको भवनको निर्माण गरिने जम्मा बयालीसवटा मुलुकले विश्व एक्स्पोमा सहभागी हुने करारमा हस्ताक्षर गरिसकेका छन्। तीमध्ये अड्तीसवटाको निर्माण कार्य शुरु भइसकेको छ। यसवर्षको अन्तसम्म बीसवटाको निर्माण सम्पन्न हुने अनुमान गरिएको छ।

          अमेरिकी पत्रकार जिम तोम्प्सन विश्व पर्यटन पत्रकार संघका सदस्य हुनुहुन्छ। उहाँले एक वर्षअघि विश्व एक्स्पो उद्यानमा समाचार संकलन गर्नुभएको थियो। एक वर्षपछि उहाँले के फेला पार्नुभएको छ भने यहाँको परिवर्तनलाई "आश्चर्य"भन्न सकिन्छ।

          यहाँले मलाई ज्यादै आश्चर्य पारेको छ। एक वर्षअघि म यहाँ आएको थिएँ। त्यतिबेला यहाँ प्रबन्धहरु पट्टकै थिएनन्। तर एकवर्षकै छोटो अवधिमा यहाँ बदलिँदो परिवर्तन देखापरेको छ। यस्तो ठूलो परिवर्तनलाई "एक किसिमको आश्चर्य"भन्न सकिन्छ। चिनियाँ हल भन्ने वास्तुले मलाई गहिरो छाप पारेको छ। आउँदो वर्ष म यहाँ फेरि आएर ती भवनहरुको निर्माण सम्पन्न हुने दृश्यको अवलोकन गर्नसक्ने मेरो आशा छ।

          शाङ्गहाई सहयोग संगठनको प्रधानमन्त्रीस्तरीय आठौँ सम्मेलन विभिन्न उपलव्धीसहीत गत हप्ता पैचिङ्गमा सम्पन्न भयो।

          सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा श्री वन च्या पाउले सम्मेलनमा बहुपक्षीय आर्थिक सहयोगलाई मजबुत पार्ने, वित्तीय वार्ता र सहयोगलाई समर्थन दिने, व्यापारिक सुविधा बढाउने र कृषि वैज्ञानिक तथा प्राविधिक सहयोगलाई गहन पार्ने यी चारवटा विषयबारे मतैक्य प्राप्त भएको जानकारी दिनुभयो।

          यस सम्मेलन सारा विश्वको अर्थतन्त्रमा मन्दी भइरहेको पृष्ठभूमिमा आयोजना गरिएको हो। बौद्धिक तथा आर्थिक सहयोगलाई मजबुत पारी संयुक्त रुपमा बैकिङ्ग संकटको सामना गर्नु नै यस सम्मेलनको मुख्य विषय रहेको छ। सम्मेलनपछि प्रकाशित "संयुक्त विज्ञप्ति"मा जनाइएअनुसार, शाङ्गहाई सहयोग संगठनले सक्दो ठूलो प्रयासमार्फत् अर्थतन्त्र, व्यापार, उर्जा-स्रोत, कृषि, यातायात, सूचना, गुणस्तरको अनुगमन, संस्कृति र वातावरणीय संरक्षण आदि क्षेत्रमा रहेको आदान-प्रदान तथा सहयोगलाई सबल पार्नुका साथै अर्थसम्बन्धी प्रतिस्पर्धात्मक क्षमतालाई उकासेर खतराको प्रतिरोध गर्ने स्तरलाई पनि माथि उकास्दैजानेछ।

          चीनका प्रधानमन्त्री श्री वन च्या पाउले सम्मेलनपछि छ मुलुकका प्रधानमन्त्रीद्बारा आयोजित पत्रकार सम्मेलनमा विभिन्न मुलुकका प्रधानमन्त्रीको तर्फबाट सम्मेलनमा प्राप्त चारबुँदे उपलब्धिबारे जानकारी दिँदै भन्नुभयो:

          सम्मेलनमा बहुपक्षीय आर्थिक सहयोगलाई सबल पार्ने, सारा विश्वको बैकिङ्ग संकटको सामना गर्ने र अर्थतन्त्रको दिगो विकासलाई सुनिश्चित पार्ने कदमहरुको तर्जुमा गरिएको छ। साथै सम्मेलनमा शाङ्गहाई सहयोग संगठनको आर्थिक विकाससम्बन्धी अनुगमन व्यवस्थाको स्थापना गरिने कुरामा पनि सहमति जनाइएको छ।

          प्रधानमन्त्री श्री वनका अनुसार, शाङ्गहाई सहयोग संगठनका सदस्य मुलुकहरुले वित्तीय वार्ता तथा सहयोगलाई समर्थन दिनुका साथै निरन्तर रुपमा लगानीको वातावरण अझ अनुकूल पारी कृषि सहयोगलाई गहन पार्नुका साथै वैज्ञानिक र प्राविधिक सहयोगलाई सबल पार्दैजानेछन्।

          शाङ्गहाई सहयोग संगठन सन् 2001को जून महिनामा गठन भएको थियो। जुन चीनभित्र स्थापित चिनियाँ शहरको नाउँ राखिएको पहिलो अन्तर्राष्ट्रिय संगठन पनि हो। त्यस संगठनका सदस्य मुलुकहरुमध्ये चीन, रुस, कजाकिस्तान, किर्गिस्तान, ताजकिस्तान र उज्वेकिस्तानलगायत् जम्मा छवटा मुलुक समावेश छन्। स्थापित भएका आठ वर्षयता चीनले शाङ्गहाई सहयोग संगठनको विकासका लागि अथक प्रयास गर्दैआएको छ। यस सम्मेलनमा प्रधानमन्त्री वन च्या पाउले शाङ्गहाई सहयोग संगठनको भावी विकासलाई समर्थन दिँदैजाने कुराको पुन:र्पुष्टि गर्नुभयो। उहाँका अनुसार, वास्तविक गतिविधिमार्फत् व्यापार र लगानीसम्बन्धी संरक्षणवादको विरोध गर्नुका साथै सदस्य मुलुकबीचको व्यापारमा जोड दिएर सदस्य मुलुकहरुको आर्थिक तथा सामाजिक विकासलाई प्रबर्द्धन गर्दैजानेछ। उहाँ यसरी भन्नुहुन्छ:

          मैले शाङ्गहाई सहयोग संगठनको आर्थिक तथा बौद्धिक सहयोगलाई अघि बढाउने चीन पक्षको अडानलाई प्रकाश पारेको छु। चीनले वित्तीय तथा बैकिङ्ग सहयोगलाई मजबुत पारेमार्फत आपसी सहयोग हुने बाटोलाई अझ फराकिलो पार्ने सुझाव प्रस्तुत गरेको छ।

          नयाँ चीन स्थापनाको साठी‌औँ वार्षिकोत्सवमा चीनका राष्ट्राध्यक्ष हु चिन थाउले दिनुभएको मन्तव्यको अहीले विभिन्न ढङ्गवाट व्याख्या भै रहेको छ ।

          चिनियाँ विशेषज्ञका अनुसार, विकासमा जोड दिनु नै राष्ट्राध्यक्ष हुको मन्तव्यमा रहेको केन्द्रीय विषयहरुमध्येको एक हो। विकासमा जोड दिनु नै चिनियाँ इतिहासको अनुभव र सामाजिक विकासको निचोड भएको मात्र नभई चीनको निर्माण तथा सुधार कार्यको शुरुवात तथा अन्तिम लक्ष्य पनि हो।

          सन् 1992मा चीनको सुधार तथा खुलापनका महा डिजाइनर श्री तङ्ग स्याउ फिङ्गले "विकास हुनु ज्यादै आवश्यक हो"भन्ने धारणा प्रस्तुत गर्नुभएको थियो। चीनको सामाजिक विज्ञान एकेडेमीअन्तर्गत् निकट इतिहास अनुसन्धान विभागका उपप्रमुख यु ह फिङ्गका अनुसार, उक्त धारणा प्रस्तुत गरिएको कुरा चीनको अवस्था र सामाजिक विकाससम्बन्धी ऐतिहासिक निचोड हुनुका साथै चीनको सत्तारुढ पार्टीको हैसियतले चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ विशेषतायुक्त समाजवादको कसरी निर्माण गर्ने परिकल्पना पनि प्रष्ट भएको छ। श्री यु यसरी भन्नुहुन्छ:

          श्री तङ्ग स्याउ फिङ्गले प्रस्तुत गर्नुभएको धारणा समष्टिगत दृष्टिकोणबाट हेर्दा समस्त मानव जाति अनुकुल हुनेछ। किनकि सबै मुलुकका लागि विकास हुनुपर्छ। तर उक्त धारणा प्रस्तुत गरिएको बेला हाम्रो देश अपेक्षाकृत पिछडिएको अवस्थामा थियो। अन्य मुलुकको तुलनामा चीनको अर्थतन्त्र पिछडिएको र जनसंख्या निकै बढी भएकाले अझ विकास हुनुपर्छ। के भन्नसकिन्छ भने विकसित मुलुकको दाँजोमा चीनको विकास झन् महत्वपूर्ण हुने भएको छ।

          श्री युका अनुसार, सुधार तथा खुल्लापन भन्ने कुरा विकासका लागि एक तरिका अथवा उपाय नै हो। आर्थिक विकास हुनका लागि विश्व विकास हुने पाइला अघि हुनुपर्छ। बाह्य जगतमा अधिकांश अग्रगामी वस्तुहरु भएकाले हामीले धेरै स्रोत-साधनको प्रयोग गर्नसक्नेछौं। हामीले उपयुक्त रुपमा बाह्य स्रोतको प्रयोग गर्ने कुरा हामी तीव्र र प्रभावकारी रुपमा उपलब्धि प्राप्त गर्नका लागि सघाउ पुग्नेछ।

          हवस्त यिनै प्रस्तुती सहित आजको कार्यक्रम टुङ्याउछौ ।

          कार्यक्रमबाट म मेघालाई पनि विदा दिनुहोस्।नमस्ते।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040