china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    समसामयिक प्रसंग
    (GMT+08:00) 2009-10-26 09:31:24    
          श्रोता छैठौं चीन-आशियान प्रदर्शनी तथा व्यापार र लगानी शिखर सम्मेन गत हप्ता चीनको क्वाङ सि चुआङ जातिय स्वायत्त प्रदेशको सदरमुकाम नान नीङमा आयोजना भयो । सम्मेनमा चीन तथा आशियानका नेता, औद्योगिक तथा व्यापारिक र आर्थिक क्षेत्रका व्यक्तिहरुको सहभागित रहेको थियो । यसै विषयलाई आजको हाम्रो प्रमुख प्रस्तुती बनाएका छौँ। चीनका उप-राष्ट्रपति सि चिनफिङको गत हप्ता सम्पन्न युरोप भ्रमण निक्कै उपलव्धी मुलक भएको चीनका उप-परराष्ट्रमन्त्री चाङ च च्युनले बताउनुभएको छ। यस बिषयलाई पनि कार्यक्रममा प्रस्तुत गर्ने छौँ।साथै समय रहेमा तिब्बतमा भएको उल्लेखनिय विकासको शुरुवात सम्वन्धी प्रसङ्गलाई पनि समेट्ने छौँ।अव कार्यक्रमतर्फ लागौँ।

          छैठौं चीन-आशियान प्रदर्शनी तथा व्यापार र लगानी शिखर सम्मेन गत हप्ता चीनको नान नीङमा आयोजना भयो।

          सम्पन्न सम्झौता अनुसार, चीन-आशियान स्वतन्त्र व्यापार क्षेत्रको स्थापना आगामी वर्षमा पूरा हुने भएको छ। त्यति बेला एक अर्ब नब्बे करोड जनसंख्या भएको यस स्वतन्त्र व्यापार क्षेत्रको कूल गार्हस्थ उत्पादन परिमाण साट्ठी खर्ब अमेरिकी डलर बराबर हुने अनुमान गरिएको छ। चीन-आशियान प्रदर्शनी शुरु भएयता, चीन-आशियान स्वतन्त्र व्यापार क्षेत्रको निर्माणको प्रवर्द्धन गरी सहयोग तथा विकास अवसरको संयुक्त रुपमा प्रयोग गर्ने सिद्धान्तमा आधारित यो प्रदर्शनी पारस्परिक व्यापारिक सहयोगलाई विस्तार गर्ने एक महत्वपूर्ण मञ्च बनिसकेको छ। सो प्रदर्शनीसँगसँगै आयोजना गरिने चीन-आशियान व्यापार तथा लगानी शिखर सम्मेलनमा व्यापार, लगानी, पर्यटन, विज्ञान तथा प्रविधि लगायतका क्षेत्रमा उच्चस्तरिय मञ्चको आयोजना गरि बहुक्षेत्रीय सहयोगलाई अघि बढाइएको छ।

          चीनका उप-प्रधान मन्त्री ली ख छ्याङले स्वतन्त्र व्यापार क्षेत्रको स्थापना शुरु भएयता दुई पक्ष बीचको आर्थिक तथा व्यापारिक सहयोगमा हासिल गरिएको उपलब्धिको उच्च मूल्याङ्कन गर्नुभएको छ। सहयोगको भविष्यबारे चर्चा गर्दै उहाँले भन्नुभयोः

          "वर्तमान अवस्थामा हामीले अन्तर्राष्ट्रिय मौद्रिक संकटको सामनालाई प्राथमिकता दिँदै विश्व अर्थतन्त्रको पुनरुत्थानलाई अघि बढाउनुपर्छ। हामीले दीर्घकालीन दृष्टिकोणबाट हेरी भविष्यमा विकासको परिवर्तनका लागि योजना तयार गरेर आर्थिक ढाँचाको परिवर्तन तथा नयाँ विकास प्रविधिलाई अघि बढाउनुपर्छ। जसबाट मात्रै अर्थतन्त्रको चौतर्फी सन्तुलित विकासलाई साकार तुल्याउन सकिने छ। चीन तथा आशियानले स्वतन्त्र व्यापार क्षेत्रको स्थापनाको अवसरमा आर्थिक तथा व्यापारिक सहयोगलाई अझ गहन तथा विकसित गरेर एक-अर्काको अर्थतन्त्रलाई अझ ठूलो मात्रामा उच्चगुणस्तरिय तथा दिगो विकास दिशातर्फ लैजाउनुपर्छ।"

          दुई पक्षले आपसी व्यापारिक सहयोगलाई गहन पारी सुविधाजनक नीतिलाई व्यवहारमा उतार्नुपर्ने कुरामा चीनका उप-प्रधान मन्त्री लीले जोड दिनुभयो। साथै उहाँले लगानी सम्बन्धी सहयोगलाई सबल पार्नुका साथै आपसी उप क्षेत्रीय सहयोगको विकासलाई अघि बढाउनुपर्ने कुरा पनि व्यक्त गर्नुभयो।

          चीन-आशियान स्वतन्त्र व्यापार क्षेत्र चीनको पहिलो बैदेशिक स्वतन्त्र व्यापार क्षेत्र हो र एउटै समूहका रुपमा रहेएको आशियानका लागि पनि यो पहिलो स्वतन्त्र व्यापार क्षेत्र हो। वर्तमान मौद्रिक संकटको पृष्ठभूमिमा यस स्वतन्त्र व्यापार क्षेत्रको भूमिकाबारे चर्चा गर्दै आशियानका महासचिव सुरिन पीछुवानले भन्नुभयोः

          "सन् 2010को जनवरीमा स्वतन्त्र व्यापार क्षेत्रको स्थापना पूरा हुने भएको छ। यस क्षेत्रका व्यवसायलाई सुविधाजनक नीतिबाट लाभान्वित गाराउनका लागि आशियान तथा चीनले आफ्नो ध्यान व्यापारको स्वतन्त्रिकरणतिर परिणत गरिरहेका छन्।"

          चीनका उप-राष्ट्रपति सि चिनफिङको यूरोप भ्रमण उपलब्धिमूलक भएको वताइएको छ ।

          गत अक्टोबर सातदेखि एक्काईस तारिखसम्म चीनका उप-राष्ट्रपति सि चिनफिङले बेल्जियम, जर्मनी, बुल्गेरिया, हंगेरी तथा रोमैनियाको औपचारिक भ्रमण गर्नुभयो। साथै उहाँले यूरोपेली-चाइना कला दिवस, फ्रयाङ्गफट पुस्तक प्रदर्शनीको उद्धाटन समारोह एवं मुख्य अतिथि मुलुक भएको चीनको विविध कार्यक्रममा पनि भाग लिनुभएको थियो। उहाँको साथमा रहनुभएका चीनका उप-परराष्ट्र मन्त्री चाङ च च्युनले भ्रमण उपलब्धिमूलक रहेको र भ्रमणबाट चीन तथा ती पाँच मुलुकबीचको राजनैतिक विश्वास तथा परम्परागत मित्रतालाई बढाएको बताउनुभयो। उहाँको भ्रमण मैत्री तथा सहयोगको वृद्धि गर्ने माध्यम एवं सांस्कृतिक यात्रा रहेको ठहर पनि श्री चाङले व्यक्त गर्नुभयो।

          उप-राष्ट्रपतिको यो यूरोप भ्रमण चीन तथा यूरोपबीचको सम्बन्धमा राम्रो विकासको प्रवृत्ति देखा परेको पृष्ठभूमिमा गरिएको एक महत्वपूर्ण कूटनैतिक कार्य हो। यसै कारणले ती पाँचवटा मुलुकले उहाँको भ्रमणलाइ महत्व दिँदै उच्चस्तरिय व्यवहार गरे। भ्रमणताका उप-राष्ट्रपति सि चिनफिङले ती पाँच मुलुकका नेतासँग भेट-वार्ता गरी द्बिपक्षीय तथा चीन-यूरोप सम्बन्धको विकासबारेमा बैचारिक छलफल गर्नुभयो। श्री सिले समान आधारमा एक-अर्काको आन्तरिक मामिलामा हस्ताक्षेप नगर्ने सिद्धान्तको पालना गरी चीन तथा ती मुलुकबीचको राजनैतिक विश्वास तथा मैत्रीपूर्ण सम्बन्धलाई बलियो पार्नु पर्ने वताउनुभयो।

          वर्तमानको अन्तर्राष्ट्रिय मौद्रिक संकटबाट विश्वका विभिन्न मुलुकको आर्थिक विकासमा गम्भीर प्रभाव परेको छ। श्री सिले भ्रमण गर्नुभएका ती पाँचै मुलुकले मौद्रिक संकटको सामना गर्दा चीनले चालेको कदम तथा तीनको प्रभावमा ध्यान पु्र्‍याइ चीनको आर्थिक विकासमा देखा परेको राम्रो प्रवृत्तिको उच्च मूल्याङ्कन गर्नुभयो। भ्रमण क्रममा श्री सिले व्यापार तथा लगानीको संरक्षणबादको विरोध गर्ने चीनको अडानलाई स्पष्ट गर्दै चीनले यूरोपसँगसँगै मिलेर अन्तर्राष्ट्रिय मौद्रिक संकटको सामना गर्ने सक्रिय संकेत दिनुभयो। साथै उहाँले ती मुलुकसमक्ष व्यवहारिक सहयोगलाई वढाई आपसी व्यापारलाई विस्तार गर्नु पर्ने लगायतका विभिन्न सुझाव दिनुभयो। भ्रमणताका चीनले सम्बन्धित मुलुकसँग सरकारी सम्झौता सम्पन्न गर्नुका साथै उप-राष्ट्रपति सिको साथमा गएका चिनियाँ व्यवसायीहरुले पनि ती पाँचवटा मुलुकका आर्थिक क्षेत्रसँग त्रियान्नब्बे वटा सहयोग सम्झौता तथा विचार सम्झौतामा हस्ताक्षर गरे। ती सम्झौता अनुसार सात अर्ब चालिस करोड अमेरिकी डलर लगानी हुनेछ। जसमा चीन-यूरोपबीचको आर्थिक तथा व्यापारिक हितयुक्त सहयोगको शक्ति तथा फराकिलो भविष्य निहित रहेको प्रतिविम्वित भएको छ।

          तिब्बतमा विकासको राम्रो शुरुवात भएको विभिन्न तथ्याङ्कले देखाएको छ।तिब्बतको विकासलाई विश्वमाझ प्रदर्शन गर्ने उदेश्यले चीनको तिब्बत विकास मञ्च गत विहिवार इटलीको राजधानी रोममा शुरु भएको छ।

          "बितेका पचास वर्षको विकास प्रक्रियामा तिब्बतले दुईवटा फड्को मारेको छ। एउटा भनेको सामाजिक अवस्थाको फड्को हो। सन् 1959 अघि दास दासीको युगभन्दा झन गाह्रो अवस्थामा तिब्बत थियो। उनान्सट्ठी वर्षको प्रजातन्त्रिक सुधार पछि तिब्बत समाजबादी समाजमा प्रवेश गर्‍यो। दोस्रो फड्को भनेको आर्थिक फड्को हो। पिछडिएको र गरिब तिब्बतलाई सम्पन्न तुल्याइएको छ। यहाँनिर म एउटा कुराको ब्याख्या गरुँ। सन् 1959मा तिब्बतको कूल गार्हस्थ्य उत्पादन परिमाण सत्र करोड चालिस लाख थियो । सन् 2008मा आएर तिब्बतको कूल गार्हस्थ्य उत्पादन परिमाण उन्नाचालिस अर्ब पचास करोड चिनियाँ युआन पुग्यो। यो परिमाण सन् 1959को तुलनामा पैंसट्ठी गुणाले बृढि हो।"

          उहाँका अनुसार, गत वर्ष ल्हासामा भएको मार्च चौध घटनाले तिब्बतको स्थिरतामा मात्र नभइ तिब्बतको आर्थिक विकासमा पनि प्रभाव पारेको छ। उक्त घटना भएपछि केन्द्रिय सरकारको नेतृत्वमा स्थानीय सरकारले तुरुन्तै कदम चाली ल्हासाको जन जीवनलाई सामान्य तुल्यायो। जसका कारण तिब्बतको राम्रो विकास प्रवृत्ति कायमै रहेको छ। गत वर्ष तिब्बतको आर्थिक बृद्धि दश दशमलब एक प्रतिशत पुगेको थियो भने किसान एवं पशुपालकको औसत आम्दानी प्रतिव्यक्ति तीन हजार एक सय छयहत्तर युआन पुग्यो। यो संख्या पोहोर सालको सोही अवधिको तुलनामा तेह्र दशमलब छ प्रतिशतले वढि हो। तिब्बतको विकासको वर्तमान अवस्थाबारे जानकारी दिँदै उपाध्यक्ष टोथोले भन्नुभयोः

          "चालू वर्षको बृद्धि दर अझ धेरै हुने सम्भावना छ। हाम्रो यस वर्षको दश प्रतिशतको लक्ष्यलाई प्रत्याभूत गरेर बाह्र प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यतिर कोशिश गर्नु रहेको छ। सन् 2007मा तिब्बत गएका चिनियाँ पर्यटकहरुको संख्या चालिस लाख पुगेको थियो र गत वर्षको मार्च चौधमा भएको घटनाको प्रभावका कारण उक्त संख्यामा ठूलो मात्राले कमि आयो । तर चालू वर्षको जनवरीदेखि सेप्टेम्बरसम्मको अवधिमा तिब्बतमा गएका पर्यटकहरुको संख्या सत्तचालिस लाख पचास हजार पुगेकोछ। यस आधारमा वर्तमान तिब्बतको राजनैतिक अवस्था स्थिर तथा समाज मेलमिलापयुक्त भएको, आर्थिक विकास राम्रो हुँदै गएको र विभिन्न जाति एकताबद्ध भएर राम्रोसँग बसोबास गर्दछन् भन्न सकिन्छ। तिब्बत हाल विकासको सबैभन्दा राम्रो अवस्थामा प्रवेश गरेको भन्नुपर्छ।"

          इटलीका पत्रकारद्बारा सोधिएको केन्द्रिय सरकारले तिब्बतका लागि अंगालेको सुविधाजनक कदम तथा तिब्बतको खुलापन सम्वन्धी प्रश्नको जवाफ दिँदै उपाध्यक्ष टोथोले भन्नुभयोः

          "केन्द्रिय सरकारले तिब्बतको विकासमा महत्व तथा ध्यान दिँदै आएको छ। बितेका केही वर्षमा तिब्बतको आर्थिक विकासका लागि केन्द्रिय सरकारले चालिस वटा सुविधाजनक नीति लियो। ती नीतिहरुमा कर, मौद्रिक, ऋण तथा व्यवसायको विकासको प्रोत्साहनलाई समावेश गरिएको छ। तिब्बतको अर्थतन्त्र खुला भएको छ र हामी चिनियाँ तथा विदेशी व्यवसायीहरुलाई तिब्बतमा लगानी गार्न स्वागत गर्दछौं। हालसम्म केही विदेशी व्यवसायीहरुले तिब्बतमा लगानी लगाएका छन्। ल्हासा वियर कारखाना तीमध्येको एक हो।"

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040