china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपाल स्याटलाइटले चाँडै सेवा सुरुगर्ने
    (GMT+08:00) 2009-10-29 09:13:35    

               बडादसैंको अवसर पारेर नेपाल स्याटलाइट टेलिकम प्रालि एनएसटीले असोज दोस्रो सातादेखि जीएसएम प्रविधिमा आधारित टेलिफोन सेवा ग्राहकसमक्ष ल्याउने भएको छ ।एनएसटीद्वारा हालै राजधानी पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष अस्मिता सुमार्गीले पहिलो चरणमा टेलिफोन सेवा नपुगेका मध्यपश्चिमाञ्चल क्षेत्रका विद्युत् तथा सडक नभएका अति विकट गाविसमा सेवा सुरू गर्ने बताउनुभयो ।

               दीपावलीपछि व्यावसायिक सेवाको सुरूआत गरिन लागिएको सो कम्पनीले मध्य पश्चिमाञ्चलका 273 वटा गाविसबाट सुरू गरी क्रमशः नेपालभर पुर्याउने भएको छ ।अहिले प्राविधिक र प्रशासनिक गरी 160 नेपाली जनशक्ति प्रत्यक्ष संलग्न सो सेवाको प्रथम चरणका लागि लागि अनुमानित लागत 25 मिलियन अमेरिकी डलर रहेको सो अवसरमा जानकारी गराइयो ।

               नेपाल दूरसञ्चार प्राधिकरणबाट 2064 साल फागुनमा सेवा सञ्चालन गर्न स्वीकृति पाए लगत्तै पूर्वाधार निर्माणका काम प्रारम्भ गरेको एनएसटीले 19 महिनामा नेपालका अति दुर्गम पहाडी क्षेत्रबाट घोषित लक्ष अनुसार सेवा सुरू गर्न लागेको अध्यक्ष सुमार्गीले जानकारी गराउनुभयो ।एनएसटीलाई दूरसञ्चार प्राधिकरणले 96 नम्बर दिएको छ भने त्यसमा सञ्चालनको सुरू नम्बर ३ हुनेछ जस अनुसार सञ्चालन नम्बर 963 सहित 10 अङ्कमा टेलिफोन सेवा सञ्चालन हुने बताइयो ।

               राजधानी बाहिर मुख्य स्टेसन राखेर राजधानीबाटै सेवा सुरू गर्ने निजी क्षेत्रको पहिलो लगानीबाट सञ्चालित कम्पनीले हातहातमा मोबाइलसेट घरघरमा इन्टरनेटु अवधारणालाई मध्य पश्चिमका जनताले कार्यरूपमा ल्याउन पाउने बताइएको छ ।एनएसटीका कार्यकारी निर्देशक अजयराज सुमार्गीले पूर्वाधार तयारीको क्रममा हाल मध्य पश्चिमाञ्चलका 15 वटा जिल्लामा 68 वटा टावरबाट सेवा सुरू गरिने सो कम्पनीको स्तरीय र विश्वसनीय हुने दाबी गर्नुभयो । त्यस अवसरमा उहाँले निकट भविष्यमा अन्तर्राष्ट्रिय गेटवे, सीडीएमए सेवा पनि सुरू गर्ने योजना रहेको जानकारी गराउनुभयो ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040