china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    छ्यांग थांग प्राकृतिक संरक्षण क्षेत्र सम्बन्धी जानकारीको पहिलो भाग
    (GMT+08:00) 2007-09-07 09:26:44    

                     चीनको तिब्बत स्वायत्त प्रदेश, सिन च्यांग युगुर जातीय स्वायत्त प्रदेश र छिंगहाई प्रान्तको सिमा क्षेत्रमा पर्ने छ्यांग थांग प्राकृतिक संरक्षण क्षेत्रमा विविध किसिमका जंगली जनावर र वनस्पतिहरु पाइन्छन। यो क्षेत्र विश्वमा राम्ररी सुरक्षित गरिएका पर्यावरणीय वातावरणयुक्त क्षेत्रहरुमध्येको एक हो।

                      छ्यांग थांग प्राकृतिक संरक्षण क्षेत्रको कूल क्षेत्रफल दुइ करोड अन्ठानब्बे लाख हेक्टर छ। तिब्बती भाषामा छ्यांग थांग भनेको उत्तरी क्षेत्रको खाली ठाउँ हो। पहिले छ्यांग थांग क्षेत्रलाई मानवरहित क्षेत्र भनिन्थ्यो। मानिसको बसोबास नभए तापनि त्यो क्षेत्र विविध किसिमका जंगली जनावर र वनस्पतिहरुले भरिपूर्ण छ।

                      त्यस मानवरहित क्षेत्रमा जंगली बाख्रा र गधाहरु प्रतियोगिता गरे जस्तै गरी दौडिरहेका हुन्छन। त्यस टारभूमिको सफा, निलो तलाउमा सेता चराहरु उडिरहेका हुन्छन। तिब्बतको चिनो ठानिएका सटूसहरु एक-अर्कासँग खेलिरहेका हुन्छन। यस्तो दृश्यले त्यहाँ पुग्ने कसै‍लाई पनि आनन्दित पार्नसक्छ।

                     तिब्बतको आली प्रिफेक्चरको काइच जिल्लाको कृषि तथा पशुपालन ब्यूरोका उप-प्रमुख कर्माले छ्यांग थांग प्राकृतिक संरक्षण क्षेत्रबारे जानकारी दिंदै भन्नुभयोः

                   "छ्यांग थांग प्राकृतिक संरक्षण क्षेत्रमा जंगली गाई, सटूस, बाख्रा, र जंगली चौंरी गाई आदि जनावरहरु पाइन्छन। तीमध्ये सटूसको संख्या सबैभन्दा बढी छ।"

                       अन्तर्राष्ट्रिय बजारमा सटूसको ऊनको मूल्य निकै उच्च भएका कारण गत शताव्दीको नब्बेको दशकमा छ्यांग थांग सधैं शिकारीहरुले भरिपूर्ण हुन्थ्यो। सन 1998 मा चीनले छ्यांग थांग क्षेत्रलाई राष्ट्रिय प्राकृतिक संरक्षण क्षेत्रहरुको सूचीमा समावेश गरेको हो। यसका साथै, चीनले छ्यांग थांग प्राकृतिक संरक्षण क्षेत्रमा सबै किसिमको शिकारलाई निषेध गर्नुका साथै त्यस कार्यलाई निरुत्साहित गर्नका लागि केही प्रहरीहरु परिचालित गरेको छ। श्री निमा च्यापु ती प्रहरीहरुमध्येका एक हुनुहुन्छ।

                      श्री निमा च्यापुले छ्यांग थांग प्राकृतिक संरक्षण क्षेत्रमा आफ्नो कार्य साह्रै कठीन भएको कुरा वताउँदै तर कसैले ती निरीह जंगली जनावरको शिकार गरेको आफूलाई पटक्कै सह्य नहुने जानकारी दिनुभयो। आफ्ना आमा-बाबु र श्रीमतीलाई चिन्ता नहोस भन्नका लागि श्री निमा च्यापुले आफ्नो कार्यमा देखापरेका कठिनाइ र खतराबारे आफ्ना इष्ट-मित्रहरुसँग कहिल्यै कुरा गर्ने गर्नुभएको छैन।

    (क्रमशः)

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040