china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    छ्यांग थांग प्राकृतिक संरक्षण क्षेत्र सम्बन्धी जानकारीको दोस्रो भाग
    (GMT+08:00) 2007-09-14 16:37:28    

                       काइच जिल्लाको कृषि तथा पशुपालन ब्यूरोका उप-प्रमुख कर्माले हाल छ्यांग थांग प्राकृतिक क्षेत्रमा शिकारको अवस्था कम देखिएको कुरा वताउँदै भन्नुभयोः

                      "पहिले उत्तरी तिब्बतका केही पशुपालकहरुले जंगली जनावरको शिकारका माध्यमबाटै आफ्नो दैनिक जीवन चलाउँथे। विगत केही वर्षदेखि यता चीनमा जंगली जनावरको संरक्षण सम्बन्धी श्रृंखलाबद्ध कानून तथा नियमहरु लागू हुँदैआएका छन। यस क्रममा सम्बन्धित व्यवस्थापन र कानूनको कार्यान्वयन संस्थाहरुले एकातिर सर्वसाधारणसमक्ष जंगली जनावरको संरक्षणको आवश्यकताबारे प्रचार-प्रसार गरिरहेका छन भने अर्कातिर जंगली जनावरको शिकार गर्ने अपराधीहरुलाई कानून बमोजिम सजाय दिइरहेका छन। अब तिब्बतमा जंगली जनावरको संरक्षण सम्बन्धी जन-चेतना निकै बढिरहेको छ। आफ्नो गाउँ-घर वरिपरिको वातावरण विभिन्न किसिमका वनस्पति र जनावरले भरिपूर्ण भएको खण्डमा आफ्नो जीवन पनि शान्त र मेलमिलापयुक्त हुनसक्ने ठहर स्थानीय किसान तथा पशुपालकहरुले गरेका छन।"

                      हाल छ्यांग थांग प्राकृतिक संरक्षण क्षेत्रका जंगली जनावरहरुको किसिम र संख्या निरन्तर रुपमा बढिरहेको देखिन्छ। र, विशेष गरी, त्स क्षेत्रमा बसोबास गर्ने सटूसहरुको संख्यामा ठूलो परिमाणमा वृद्धि हुँदैआएको छ। तर ती जंगली जनावरहरुका कारण छ्यांग थांग प्राकृतिक संरक्षण क्षेत्रले केही कठिनाइको पनि सामना गर्नुपरिरहेको छ। काइच जिल्लाको कृषि तथा पशुपालन ब्यूरोका उप-प्रमुख कर्माले विगत केही वर्षदेखि यता ती जंगली जनावरहरुले छ्यांग थांग प्राकृतिक संरक्षण क्षेत्रको घाँसे मैदानमा गम्भीर रुपमा क्षति पुर्‍याएको कुरा वताउँदै यसबाट स्थानीय पशुपालकहरु नराम्ररी प्रभावित भएका छन भन्नुभयो। यी समस्याहरुको समाधानमा स्थानीय सरकारले निकै ठूलो महत्व दिएको जानकारी श्री कर्माले दिनुभयो।

                    तिब्बतमा जम्मा सातवटा राष्ट्रिय प्राकृतिक संरक्षण क्षेत्रहरु छन। तीमध्ये छ्यांग थांग प्राकृतिक संरक्षण क्षेत्रले चीनभित्र र बाहिर ठूलो प्रभाव पारिरहेको छ। छ्यांग थांग प्राकृतिक संरक्षण क्षेत्रलाई अझ रमणीय पार्न आफूहरुले धेरै काम गर्नुपर्ने कुरा वताउँदै काइच जिल्लाको कृषि तथा पशुपालन ब्यूरोका उप-प्रमुख कर्माले भन्नुभयोः

                   "विगत केही वर्षदेखि यता चीनको केन्द्रीय सरकार र तिब्बतको स्थानीय सरकारले छ्यांग थांग प्राकृतिक संरक्षण क्षेत्रको विकासमा ठूलो परिमाणमा लगानी गर्दैआएका छन। आगामी दिनहरुमा हामीले उक्त लगानीको सदुपयोग गरी केही पर्यटन व्यवसायको विकास पनि गर्नेछौं जसबाट हाम्रो छ्यांग थांग प्राकृतिक संरक्षण क्षेत्रबारे वाह्य संसारलाई अझ बढी जानकारी दिनसकियोस। यसरी पर्यटनको विकासबाट, एकातिर, हामीले अझ बढी आम्दानी गर्नसक्नेछौं भने, अर्कातिर, हामी अन्तर्राष्ट्रिय समाजबाट आर्थिक सहायताका लागि पनि अनुरोध गर्नसक्नेछौं जसबाट हाम्रो छ्यांग थांग प्राकृतिक संरक्षण क्षेत्रमा पाइने जंगली जनावरको अझ प्रभावकारी रुपमा संरक्षण गर्नसकियोस।"

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040