
तिब्बती चिकित्सा प्रणाली तथा औषधि विज्ञानले आधुनिक विज्ञान तथा प्रविधिको तिब्र विकासको अवस्थामा पनि आफ्नो विशेषतालाई पूर्ण रुपमा सुरक्षित राख्न सफल भएको छ। यसका साथसाथै, तिब्बती चिकित्सा प्रणाली तथा औषधि विज्ञान दिनप्रति दिन विकसित पनि हुँदैआएको छ। मानव जातिले रोगलाई पराजित परी आफूलाई स्वस्थ तथा बलियो पार्ने क्रममा तिब्बती चिकित्सा प्रणाली तथा औषधि विज्ञानले पनि ठूलो भूमिका निर्वाह गर्दैआएको छ। अब हामी एउटा तिब्बती चिकित्सा कलेज, एउटा तिब्बती अस्पताल र एउटा तिब्बती औषधि कारखानाको विकासका आधारमा विकसित भएको तिब्बती चिकित्सा प्रणाली तथा औषधि विज्ञानको वर्तमान अवस्था तथा भविष्यबारे जानकारी लिऔं।
तिब्बती चिकित्सा कलेज चीनको तिब्बत स्वायत्त प्रदेशको सदरमुकाम ल्हासा शहरमा पर्ने लालु शिमसार प्राकृतिक संरक्षण क्षेत्र नजिकै छ। हरियालीयुक्त वातावरणमा उभिएका शिक्षा भवन, कार्यालय भवन तथा अस्पताल भवनहरु सबै तिब्बती शैलीको छन। तिब्बती चिकित्साका महागुरु मानिएका श्री युसुनिंमा युन्तान्कुँबुको मूर्ति सो कलेजका अगाडि चोकमा स्थापित गरिएको छ। तिब्बती चिकित्साबारे जानकारी दिंदै तिब्बती चिकित्सा कलेजका उप-प्राध्यापक छलाई वांचेले भन्नुभयोः

"तिब्बती चिकित्सा प्रणाली तथा औषधि विज्ञान तिब्बती संस्कृतिको एउटा निकै महत्वपूर्ण अंग हो। यो तिब्बती संस्कृतिको निकै अमूल्य पक्ष पनि हो। तिब्बती चिकित्सा प्रणाली तथा औषधि विज्ञानको विकासमा चीनको प्राचीन चिकित्सा तथा भारतको प्राचीन चिकित्साको निकै ठूलो भूमिका छ। टारभूमिमा रहेको तिब्बतको विशेष वातावरणमा तिब्बती चिकित्सा प्रणाली तथा औषधि विज्ञानको आफ्नै विशेषतायुक्त प्रणाली क्रमशः तयार भएको छ। तिब्बती चिकित्सा प्रणाली तथा औषधि विज्ञानको इतिहास दुइ हजार आठ सय वर्षभन्दा पनि लामो छ।"
श्री छलाई वांगचेले आधुनिक चिकित्साको व्यापक विकास भइरहेको हालको अवस्थामा पनि धेरै तिब्बती सर्वसाधारणहरु अझै पनि तिब्बती चिकित्सामाथि विश्वास गर्छन। तिब्बती चिकित्साको पूर्ण तथा विशेष उपचार प्रणाली र प्रदूषण रहित कच्चा पदार्थबाट बनाइने तिब्बती औषधिले तिब्बती सर्वसाधारणको मन जितेको कुरा वताउँदै श्री छलाई वांचेले भन्नुभयोः

"तिब्बती चिकित्सा प्रणाली तथा औषधि विज्ञानको स्वस्थ र स्थीर विकासलाई प्रत्याभूत गर्ने उद्देश्यले चीन सरकारले तेह्र वर्षअघि तिब्बती चिकित्सा कलेजको स्थापना गरेको हो। चिनियाँ राज्य परिषदले विशेष रुपमा अनुमोदन गरेको यो पहिलो विश्वविद्यालय हो। यसबाट तिब्बती चिकित्सा प्रणाली तथा औषधि विज्ञानको संरक्षण तथा विकासमा चीन सरकारले निकै ठूलो समर्थन जुटाएको कुरा प्रष्ट भएको छ।"
क्रमशः
|