 पहिले तिब्बती चिकित्सा कलेज एउटा सानो कलेज थियो। तर हाल यसमा अध्ययनरत विद्यार्थीहरुको संख्या सात सयभन्दा बढी पुगेको छ, र यहाँ कार्यरत शिक्षक-शिक्षिका तथा कर्मचारीहरुको संख्या पनि एक सय चालीसभन्दा बढी पुगेको छ। तिब्बती चिकित्सा कलेजमा तिब्बती चिकित्सा पद्धति तथा तिब्बती औषधि विज्ञान यी दुइवटा विषयको अध्यापन हुन्छ। सो कलेजमा ति दुइवटा विषयमा स्नाकोत्तर तहको पढाइ पनि हुन्छ। तिब्बती चिकित्सा कलेजले हालसम्म चीनको तिब्बत, छिंगहाई, कान्सु र स छुआंग आदि ठाउँहरुका लागि तिब्बती चिकित्सा प्रणाली तथा औषधि विज्ञानका क्षेत्रमा हजारौं दक्ष जन-शक्ति हुर्काइसकेको छ। यो कलेज चीनमा तिब्बती चिकित्सा प्रणाली तथा औषधि विज्ञान सम्बन्धी दक्ष व्यक्ति तयार पार्ने अखडा बनिसकेको छ भने पनि हुन्छ।
यसका अतिरिक्त, तिब्बती चिकित्सा कलेजले आफ्नै वैज्ञानिक अध्ययन अखडा र एउटा तिब्बती औषधि कारखानाको स्थापना पनि गरेको छ। त्यस कारखानाबाट दुइ सयभन्दा बढी किसिमका औषधिहरुको उत्पादन गरिन्छ। तिब्बती चिकित्सा कलेजले चीनको भित्री भाग, हंगकंग विशेष प्रशासनिक क्षेत्र, अमेरिका र जर्मनीका सम्बन्धित वैज्ञानिक अध्ययन संस्थान र विश्वविद्यालय तथा कलेजहरुसँगको व्यापक आदान-प्रदानका माध्यमबाट सारा विश्वमा तिब्बती चिकित्सा प्रणाली तथा औषधि विज्ञानको प्रचार-प्रसार गरेको छ।

तिब्बतको शान नान प्रिफेक्चरमा एउटा तिब्बती अस्पताल छ। एकजना रोगी— लांगचे छरनले सो अस्पतालको सफा कोठामा उपचार गराइरहेका छन। सो अस्पतालका प्रमुख कसांग फिंछो श्री लांगचे छरनको अवस्थाको अवलोकन आफै गर्नेगर्नुभएको छ। श्री लांगचे छरन धेरै वर्ष अघिदेखि उच्च रक्त चापबाट पिडित हुनुहुन्छ। सो अस्पतालमा भर्ना हुनुअघि उहाँलाई सधैं रिंगटा लाग्थ्यो, उहाँ कसैको सहाराविना आफै हिंड्न पनि सक्नुहुन्थेन। सो अस्पतालमा तीन सातासम्म उपचार गरेपछि हाल आफ्नो रक्तचाप सामान्य र स्थीर भएकोमा खुशी व्यक्त गर्दै उहाँ भन्नुहुन्छः
"यस अस्पतालका प्रमुख कसांग फिंगछोले हामीजस्ता रोगीहरुको आफै निरीक्षण गर्नुका साथै आफ्नो फुर्सदको बेला सधैं हामीकहाँ आएर हाम्रो अवस्थाबारे सोध्ने गर्नुभएको छ। यस अस्पतालको व्यवस्थापन र चिकित्सक पक्ष दुबै राम्रो छ। यसबाट म सन्तुष्ट छु।"
तिब्बतको लिन च प्रिफेक्चरमा पर्ने छि चंग औषधि कारखाना सबैभन्दा प्रसिद्ध तिब्बती औषधि कारखाना हो। त्यस कारखानाका प्रमुख छाइरांग चासीले उच्च विज्ञान तथा प्रविधि भित्र्याएर बजारमुखी अर्थतन्त्रको नियम बमोजिम परम्परागत तिब्बती औषधिको विकास गर्नुपर्ने ठहर लिनुहुन्छ। यसबारे चर्चा गर्दै उहाँले भन्नुभयोः

"परम्परागत तिब्बती औषधिलाई आधुनिक विज्ञान तथा प्रविधिसँग जोड्नु नै तिब्बती औषधि सफल हुनुको मुख्य कारण हो। यो नयाँ विकसित व्यवसाय हो। परम्परागत औषधिको तुलनामा हाम्रो औषधिको आफ्नै विशेषता छ। परम्परागत निरीक्षणका आधारमा हामीले केही उच्च विज्ञान तथा प्रविधिको पनि विकास गरेका छौं।"
परम्परागत तिब्बती औषधिको उत्पादनमा आधुनिक उत्पादन प्रविधिको प्रयोगले कारखानाको मात्र हित नगरी अझ बढी रोगीहरुलाई पनि सहयोग पुर्याएको ठहर श्री छाइरांग चासी तथा छिंग चंग तिब्बती औषधि कारखानाका कर्मचारीहरुले गरेका छन।
|