 सिँचाइको समस्या समाधान भएपछि त्यस गाउँको सम्पूर्ण जमिन स्थानीय बासिन्दाहरुलाई बाँडियो। त्यसमा ती बासिन्दाहरुले जौं आदिको खेती गर्नथाले। जसको परिणामस्वरुप सन 1999 मा चासिच गाउँमा पचास हजार किलोग्राम खाद्यान्न उत्पादन भयो जुन पहिलेको तुलनामा बीस हजार किलोग्राम बढी हो।
चासिच गाउँमा सिँचाइको समस्या समाधान गरेपछि श्री तावा छरनले तिंग चे जिल्लामा गरिबी निवारण सम्बन्धी पचासभन्दा बढी कार्यक्रमहरुको कार्यान्वयन गर्नुभएको छ। ती कार्यक्रमहरुमा विद्यालय निर्माण, मानिस तथा पशुका लागि खाद्य परियोजना र गाउँमा चिकित्सा सेवाको अवस्थामा सुधार आदि योजनाहरु समावेश छन।
विश्व प्राकृतिक कोषले पाँच वर्षअघि श्री तावा छरनलाई तिब्बतमा शुरु गरिने उक्त कोष अन्तर्गतका परियोजनाहरुको प्रमुखमा नियुक्त गरेको छ। त्यसैले विगत केही वर्षदेखि उहाँ पश्चिम-उत्तरी तिब्बतमा पर्ने छ्यांग थांग राष्ट्रिय प्राकृतिक संरक्षण क्षेत्रमा जंगली जनावरको संरक्षण कार्यमा व्यस्त हुनुहुन्छ।

चीनको सबैभन्दा ठूलो प्राकृतिक संरक्षण क्षेत्र छ्यांग थांग प्राकृतिक संरक्षण क्षेत्र नै हो। त्यो विश्वमा टारभूमिमा बस्ने जनावरहरुको सबैभन्दा ठूलो बासस्थान पनि हो। त्यहाँ सटूस, जंगली चौंरी गाई, जंगली गधा र भालु आदि दुर्लभ जनावरहरु बस्दछन। छ्यांग थांग प्राकृतिक संरक्षण क्षेत्रमा बस्ने जनावरहरुको जात र संख्या झन-झन बढिरहेको परिप्रेक्षमा स्थानीय पशुपालकहरुले केही समस्याको सामना पनि गर्नुपरिरहेको छ। केही जंगली जनावरहरुका कारण किसानका गाई-बाख्रालाई घाँसको कमी भएको छ भने केही भालुहरुले पशुपालकका घरमा प्रवेश गरी बाख्रा पनि खाइदिनेगरेका छन जसले स्थानीय पशुपालकहरुलाई ज्यादै दुखित तुल्याएको छ। आफ्नो जीवनमा आघात पुर्याउने ती जंगली जनावरहरुको संरक्षण गर्नुपर्ने कारणबारे तिनीहरु स्पष्ट छैनन।
स्थानीय पशुपालक र जंगली जनावरहरु बीचको अपरिहार्य सम्बन्धबारे जानकारी दिनका लागि श्री तावा छरनले पशुपालकहरुलाई तालिम दिनुभएको छ। यसबारे जानकारी दिंदै उहाँले भन्नुभयोः
"हामीले स्थानीय पशुपालकहरुलाई तालिम दिएका छौं। तालिमका क्रममा हामीले वातावरणीय संरक्षणको दृष्टिकोणबाट जंगली जनावरहरुको संरक्षण गर्नुपर्ने आवश्यकताबारे स्थानीय पशुपालकहरुलाई जानकारी दिएका छौं। आजआएर उनिहरु जंगली जनावरको संरक्षणबाट आगामी दिनहरुमा आफू मात्र नभई आफ्ना सन्तानहरुको पनि कल्याण हुनसक्ने कुरामा स्पष्ट भएका छन।"

सन 2004 मा श्री तावा छरनको सुझावमा एउटा कोषको स्थापना गरियो जसबाट जंगली जनावरका कारण आर्थिक क्षति व्यहोर्न विवश पशुपालकहरुलाई केही आर्थिक अनुदान प्रदान गरिन्छ। स्थानीय पशुपालकहरुले सो कोषको ठूलो स्वागत गरेका छन र आफूले पालेका पशुजस्तै ती जंगली जनावरहरुको पनि संरक्षण गरिरहेका छन।
|