दक्षिण-पश्चिमी चीनको स छुआन प्रान्तको तान बा जिल्लामा एउटा रमणीय तिब्बती गाउँ छ। त्यसको नाम च्या च्यु हो। धेरै पर्यटकहरुद्बारा "परीको कथामा उल्लेखित विश्व" भनिएको सो गाउँमा तीनवटी तिब्बती दिदी-बहिनीले पर्यटकहरुका लागि राम्रो सेवा गरिरहनुभएको छ। दिदी कुई व्हाले आफू अलिक सम्पन्न भएपछि च्या च्यु गाउँको पर्यावरणीय वातावरणको संरक्षणमा पनि ठूलो योगदान गर्नुभएको छ।

च्या च्यु गाउँको एकातिर हिम-पर्वत छ भने अर्कातिर खोलो। त्यस गाउँमा एक सय पचासभन्दा बढी तिब्बती परिवारहरुको बसोबास रहेको छ। तिनीहरुका सेतो रंगका घरहरु तिब्बती शैलीका छन। त्यस गाउँको ढुंगा छापिएको बाटोमा सधैं ठूल-ठूला झोला बोकेका पर्यटकहरु देखिन्छन।
दिदी कुई व्हाले हरेक विहान आफ्नो गाउँको ढोकामा पर्यटकहरुको स्वागत गर्नुहुन्छ। उहाँ र उहाँकी दुइवटी बहिनीले मिलेर खोलेको होटेल त्यहाँ निकै प्रसिद्ध छ। उहाँहरुले पर्यटकहरुलाई खाने र बस्ने राम्रो सुविधा प्रदान गर्नुका साथै तिनीहरुलाई घुमाएर स्थानीय रितिरीवाजबारे पनि जानकारी दिनेगर्नुभएको छ। उहाँका अनुसार, च्या च्यु गाउँमा सम्पूर्ण रुपमा संरक्षित गरिएका तिब्बती शैलीका घरहरु सबैभन्दा विशेष देखिन्छन। ढुंगा र काठबाट बनाइएका ती घरहरु पन्ध्र मिटर जति अग्ला छन। ती घरको बान्नो सेता रंगले रंगाइएको छ भने ढोका र झाल रातो रंगले। हरेक तलालाई छुट्ट्याउनका लागि बीचमा कालो रंग लगाइएको छ। आफ्नो गाउँबारे जानकारी दिंदै श्रीमती कुई व्हाले भन्नुभयोः

"च्या च्यु भनेको सयवटा परिवारहरु बस्ने ठाउँ हो। अहिले तपाईंले हाम्रो गाउँ देखेर त्यो एकदम नयाँ ठान्नुहुने सम्भावना छ। वास्तवमा हामीहरु चाड-पर्वका अवसरमा सधैं घरलाई सिंगार-पटार गर्नेगरेका छौं। हाम्रो विचारमा, सेता रंगले सुखको प्रतिनिधित्व गर्दछ भने रातो रंगले खुशीको। अनि कालो रंगको प्रयोग गत एक वर्षभरिको दुर्भाग्यलाई एकै साथ हटाउनका लागि गरिन्छ।"
श्रीमती कुई व्हाकी कान्छी बहिनी रामा च्या च्यु गाउँकी सबैभन्दा सुन्दरी किशोरी हुनुहुन्छ। उहाँको सुन्दर अनुहारले पनि थुप्रै पर्यटकहरुलाई भित्र्याइएको छ। अतिथिभक्त रामा पर्यटकहरुको राम्ररी सेवा गर्नुहुन्छ। उहाँ आफ्नी दिदीकी राम्री सहायक हुनुहुन्छ। अहिले उहाँ एकजना पर्यटकसँग कुराकानी गर्दै हुनुहुन्छः

"तपाईं नौनी-चिया खानुहुन्छ?" "हस्त, मलाई दिनोस।" "टारभूमिमा उत्पन्न हुने शारीरिक प्रतिक्रियालाई रोक्नका लागि नौनी-चिया निकै सहयोगी हुन्छ।" "त्यसो भए मलाई फेरि एउटा दिनोस् न।"
(क्रमशः)
|