china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पर्यटकहरुको सेवा गर्ने तीनवटी तिब्बती दिदी र बहिनी सम्बन्धी जानकारीको तेस्रो भाग
    (GMT+08:00) 2007-11-16 15:00:58    

                    केही समयअघि आयोजना गरिएको एउटा पर्यटन आदान-प्रदान गोष्ठीबाट श्रीमती कुई व्हाले पर्यावरणीय पर्यटनबारे पहिलो पटक थाहा पाउनुभयो। सो गोष्ठीमा सहभागी केही विशेषज्ञहरुले पर्यावरणीय पर्यटन नै जिम्मेवारीयुक्त पर्यटन रहेको कुरा वताउनुभएको छ। स्थानीय विकासका साथसाथै वातावरण तथा संस्कृतिको पनि संरक्षण गरिनुपर्ने सन्दर्भमा यस्तो पर्यटनबाट स्थानीय बासिन्दा र वातावरण दुबै पक्षलाई फाइदा पुग्ने विचार उहाँहरुले व्यक्त गर्नुभयो। ती विशेषज्ञहरुले प्रस्तुत गर्नुभएको सुझाव च्या च्यु गाउँको पर्यटन व्यवसायको भावी विकासको दिशा रहने ठहर श्रीमती कुई व्हाले गर्नुभएको छ।

                    पर्यावरणीय पर्यटन क्षेत्रका विशेषज्ञहरुको विचार बुझेपछि श्रीमती कुई व्हाले अब ठूलो संख्याका पर्यटक टोलीको सत्कार गर्नुको सट्टा उच्च गुण-स्तरका अलि कम पर्यटकहरु र पैदल यात्रामा आशक्त केही पर्यटकहरुको मात्र सेवा गर्नु च्या च्यु गाउँको पर्यावरणीय वातावरणको विकासका लागि अझ सहयोगी हुने विचार गर्नुभयो। यसबारे जानकारी दिंदै उहाँले भन्नुभयोः

                  "वास्तविक रुपमा उच्च स्तरीय विशेष पर्यटन सेवा शुरु गर्ने हो भने आफ्नै गाडीमा घुम्नआउने पर्यटकहरुको सेवा गर्नुपर्छ। तिनीहरु यहाँ पुगेर महंगा कोठामा बस्दैनन, बरु सामान्य तथा सफा कोठामा बस्न चाहन्छन। तिनीहरु यहाँको प्राकृतिक दृश्यको अनुभव गर्न यहाँ आएका हुन। त्यसैले तिनीहरु यहाँको वातावरणमा क्षति पुर्‍याउँदैनन।"

                  श्रीमती कुई व्हाले आफू र आफ्ना बहिनीहरुको होटेलमार्फत च्या च्यु गाउँमा पर्यावरणीय पर्यटनको प्रचार-प्रसार गर्ने संकल्प गर्नुभएको छ। उहाँले बीसभन्दा बढी इष्ट-मित्र र छिमेकीहरुलाई सम्मिलित गराएर विभिन्न साना होटेलबाट गठित चेन होटेलको स्थापना गर्नुभयो। पर्यटनका लागि व्यस्त ऋतुमा ती होटेलहरुमा आफ्नै गाडी चलाएर आउने पर्यटक र पैदल यात्रीहरुको सेवा गरिन्छ। ती पर्यटकहरु सधैं श्रीमती कुई व्हाको होटेलमा नाचगान गरेर रमाउँछन र च्या च्यु गाउँको विशेष तिब्बती रीतिरिवाजको आनन्द लिन्छन। सुन्नोस न, तिनीहरुले गाइरहेको यो गीतः

                  "फूलहरु फूलिरहेको बेला चराहरु पहाडमा गीत गाइरहेका छन। सुन्दर गाउँ मेरो रमणीय जन्मथलो। फूलहरु मेरो गाउँमा ढकमक्क फूलेका छन, मनै लोभ्याउने गरी फूलेका छन। सबैभन्दा सुन्दर मेरो च्या च्यु गाउँ नै हो। मेरो च्या च्यु गाउँ नै हो।"

                   निकट भविष्यमा आफ्नो च्या च्यु गाउँका सम्पूर्ण साथीहरुले उहाँद्बारा स्थापना गरिएको पर्यावरणीय पर्यटनको ढाँचाबारे सिक्ने विश्वास श्रीमती कुई व्हा गर्नुहुन्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040