
सन 1955 मा जन्मिएका शेराब निमा हाल चीनको केन्द्रीय जातीय विश्वविद्यालयका उप-प्राध्यापक हुनुहुन्छ। उहाँ तिब्बतको आधुनिक इतिहास तथा कानून क्षेत्रका विशेषज्ञ हुनुहुन्छ। तिब्बती भाषामा शेराब भनेको बुद्धि हो भने निमाको अर्थ सूर्य हो। आफ्नो छोरो बुद्धिमान हुनुका साथै समाजका लागि बढी योगदान पुर्याउनसक्ने आशा उहाँका आमा-बाबुले गर्नुभएको थियो। तिब्बतको प्रजातान्त्रिक सुधारपछि दास-दासीको सन्तानका रुपमा रहेका शेराब निमाले शिक्षा लिने मौका पाउनुभयो। "पुरानो तिब्बतको पुनरावलोकन" शिर्षकको वृत्त-चित्र हेर्नुभएपछि उहाँलाई निकै खुशी लागेको छ। शिक्षाबाट आफ्नो जीवनमा परिवर्तन पुर्याएको कुरा बताउँदै उहाँले हाल तिब्बती युवाहरुले पहिलेको भन्दा अझ बढी राम्रो मौका पाएका छन भन्नुभयो। उहाँले अगाडि भन्नुभयोः
"पहिले तिब्बतमा हालको जस्तो आधुनिक विद्यालय थिएनन। तर हाल प्राथमिक, माध्यमिक विद्यालय हुनुका साथै विश्वविद्यालय पनि छन। हाम्रो केन्द्रीय जातीय विश्वविद्यालयका तिब्बती विद्यार्थीहरु तिब्बत र अन्य ठाउँका तिब्बती बसोबास क्षेत्रहरुबाट आएका हुन, र तिनीहरुमध्ये धेरैजसो ग्रामीण र पशुपालन क्षेत्रबाट आएका हुन। ती विद्यार्थीहरु निकै परिश्रम छन। हाल विश्वविद्यालयबाट स्नातक भएका विद्यार्थीहरु स्नाकोत्तर तथा डाक्टरको परिक्षामा पनि भाग लिन पाउँछन।"

केही तिब्बती विशेषज्ञहरुले प्रजातान्त्रिक सुधारका कारण तिब्बतमा भएको अपार प्रगतिलाई कसैले पनि नकार्न नसक्ने ठहर व्यक्त गर्नुभएको छ। तिब्बती बौद्ध धर्मबारे अध्ययनरत तिब्बती शास्त्री टा टेन्जिनले तिब्बतमा हाल लागू रहेको राजनैतिक व्यवस्थाले तिब्बतमा बस्ने सबै बासिन्दाहरुलाई राजनीति तथा धर्मका क्षेत्र लगायतका सम्पूर्ण क्षेत्रमा समान हक-अधिकार दिएको कुरा बताउँदै भन्नुभयोः
"हाल तिब्बतमा धर्म मान्ने पूर्ण स्वतन्त्रता छ। धेरै जसो तिब्बती सर्वसाधारणले तिब्बती बौद्ध धर्म मान्छन। त्यसैले तिब्बतका सबै धार्मिक स्थलहरु विशेष गरी, ल्हासाको जुम्ला खाँ गुम्बा र शिकाचेको चासिलुन्बु गुम्बा आदि धार्मिक स्थलहरु सर्वसाधारणका लागि खुला छन। सर्वसाधारणले हरेक दिन मन्त्र जप्न, तीर्थ यात्रा गर्न र गुम्बालाई अनुदान दिन पाउँछन। यी सबै कुरा स्वतन्त्र रुपमा गर्नसकिन्छ।"

श्री टा टान्जिनको विचारमा, "पुरानो तिब्बतको पुनरावलोकन" शिर्षकको वृत्त-चित्रले पचास वर्षअघिको पुरानो तिब्बतको वास्तविक अवस्था भोगेका मानिसहरुको दुखलाई सम्झन वाध्य पारेको छ र तिब्बतको हालको वास्तविक अवस्थाबारे जानकारी लिन इच्छुक मानिसकहरुलाई जातीय समानतामा आधारित समृद्ध तिब्बतको निर्माणका लागि चीन सरकारले गरेको अथक प्रयास र प्राप्त गरेको ठूलो उपलव्धिलाई पनि प्रष्ट पारेको छ।
|