china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतमा स्वयम् सेवा गर्नुहुने अधिकारी फान लुंग फै सम्बन्धी जानकारीको पहिलो भाग
    (GMT+08:00) 2007-12-07 10:24:09    

                 तिब्बत स्वायत्त प्रदेशलाई विश्वको छानो भनिन्छ। तिब्बतलाई सहायता उपलव्ध गराउने उद्देश्यले चीनको भित्री भागबाट धेरै सरकारी कर्मचारी, व्यावसायिक व्यवस्थापक, शिक्षक-शिक्षिका, चिकित्सक एवम् अन्य विभिन्न क्षेत्रका व्यावसायिक ज्ञानसहितका व्यक्तिहरुले आफ्नो सामान्य कार्य र दैनिक जीवन-चर्याको वासता नगरी तिब्बतका लागि स्वयंसेवा उपलव्ध गराउन विश्वको छानोमा पुगेका छन। तिनीहरुमध्ये तिब्ब्तमा समुद्र सतहदेखि सबैभन्दा अग्लो ठाउँमा पर्ने छोछिन जिल्लाका कार्यकारीणी उप-प्रमुख फान लुंग फै एकजना हुनुहुन्छ।

                 श्री फान लुंग फैको जन्म थलो "मानव जातिको स्वर्ग" भनिएको च च्यांग प्रान्तको हांग चौ शहरमा पर्दछ। त्यहाँबाट विश्वको छानोको छानो मानिएको छोछिन जिल्लामा काम गर्न पुग्नुको कारणबारे चर्चा गर्दै उहाँले स्वाभाविकरुपमा भन्नुभयोः

               "तिब्बतको आली क्षेत्रको सबैभन्दा विपन्न र सबैभन्दा उचाइमा रहेको जिल्लामा सेवा गर्नु नै मेरा लागि छोटो जीवनमा हुने एउटा निकै महत्वपूर्ण अनुभव हो। यसलाई मैले कति ठूलो महत्व दिएको छु! चीनको भित्री भागमा काम गर्दा सँगालेको व्यवस्थापन अनुभव, अवधारणा र तरिकाको उपयोगबाट तिब्बतलाई लाभान्वित बनाउनसक्ने आशा मैले गरेको छु।"

                  यस्तो पवित्र उद्देश्य लिएर चीनको राष्ट्रिय विद्युत नेटवर्क कम्पनीअन्तर्गत च च्यांग शाखाका उप-गभर्नर फान लुंग फै सन 2004 को जुलाई महिनामा पश्चिमी तिब्बतको आली क्षेत्रमा पर्ने छोछिन जिल्ला पुग्नुभएको हो। उहाँ हाल सो जिल्लाको कार्यकारिणी उप-प्रमुखका रुपमा कार्यरत हुनुहुन्छ।

                 श्री फान लुंग फैको जन्मथलो हांग चौ शहर चीनमा सबैभन्दा तिब्र आर्थिक विकास र सर्वसाधारणको आर्थिक अवस्था सबैभन्दा राम्रो रहेका ठाउँहरुमध्येको एक हो। त्यहाँ वर्षैभरी हरियाली हुन्छ, र समुद्रको छेउमा पर्ने त्यस शहरको रमणीयता वर्षैभरि कायम रहन्छ। चीनका प्रसिद्ध पर्यटकीय स्थलहरुमध्ये त्यो पनि एक हो। यस्तो ठाउँबाट समुद्र सतहदेखि झण्डै पाँच हजार मिटर अग्लो छोछिन जिल्ला पुगेका श्री फान लुंग फैलाई त्यहाँको सुख्खा र जाडो मौसम अनि अक्सिजनको कमी हुने टारभूमिको मौसमअनुकुल अभ्यस्त हुन साह्रै कठीन भयो। सम्पूर्ण छोछिन जिल्लाभित्र एउटै पनि रुख छैन। त्यहाँका लागि आवश्यक सागपात र खाद्यान्न दशकौं सयौं अनि हजारौं किलोमिटर टाढा पर्ने शिकाचे र ल्हासा आदि ठाउँहरुबाट ल्याउनुपर्छ। जीवनका लागि आवश्यक अन्य वस्तुहरु अझ कम देखिन्छन।

                 आफ्नो जीवनमा देखिएको यस्तो ठूलो परिवर्तनबारे चर्चा गर्दै श्री फान लुंग फैले भन्नुभयोः

                "शुरुमा मलाई यहाँको वातावरणमा अभ्यस्त हुन साह्रै कठीन पर्‍यो। चीनको भित्री भागमा जहाँ पनि सबै सामान पाउन सकिन्छ। तर यहाँ भने हरेक सामानको कमी छ। हांग चौबाट निस्कँदा मैले सुख्खा पारिएका केही खानेकुरा ल्याएको थिएँ। यहाँ पुगेर पानीमा तताएर खानेगरें। तर केही समयपछि ती खानेकुराहरु सिद्धिए। म यहाँ मम र चाउ चाउ मात्र खानपाउँथेँ।"

    (क्रमशः)

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040