china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतमा स्वयम् सेवा गर्नुहुने अधिकारी फान लुंग फै सम्बन्धी जानकारीको दोस्रो भाग
    (GMT+08:00) 2007-12-14 15:01:20    

                एक वर्षपछि श्री फान लुंग मै टारभूमिको वातावरणमा अभ्यस्त हुनुभयो। उहाँले त्यहाँ रहँदा-बस्दा, त्यहाँको विकट पशुपालन क्षेत्रको निरीक्षण गर्दा स्थानीय तिब्बती पशुपालकहरुले उपचारका लागि, तिनीहरुका छोरा-छोरीहरुले विद्यालय जानका लागि सामना गर्नुपरिरहेको ठूलो कठिनाइबारे थाहा पाउनुभयो। त्यसपछि उहाँले आफूलाई तिब्बतमा काम गर्न पठाउने राष्ट्रिय विद्युत नेटवर्क कम्पनीसँग अनुरोध गरेर दुइ करोड दश लाख चिनियाँ युआन बराबरको सहायता रकम तयार पार्नुभयो। आफ्नो जिल्लाको सरकारमा कार्यरत अन्य तिब्बती साथीहरुसँग छलफल गरेपछि उहाँले छोछिन जिल्लाका चारवटा गाउँमा विद्यालय र स्वास्थ्य केन्द्रको स्थापना गराउनुभएको छ। यसका साथै, उहाँले निकै विपन्न अवस्थामा रहेका पशुपालकहरुलाई सहायता प्रदान गरी तिनीहरुको पशुपालन कार्यमा सघाउनुभएको छ।

                 छोछिन जिल्लामा काम गर्दा श्री फान लुंग फैको मन सधैं गर्वले ढुक्क हुनेगर्दछ। स्थानीय पशुपालकहरुले आफ्नो जीवनमा केही आधुनिक प्रबन्धहरुको प्रयोग गर्नपाएको देख्नु नै आफ्नो जीवनमा आफूलाई सबैभन्दा गौरव लाग्ने कुरा भएको विचार व्यक्त गर्दै उहाँले भन्नुभयोः

               "स्थानीय पशुपालकहरुको जीवन गरिबीका कारण मात्र नभई निकै नराम्रो प्राकृतिक वातावरणका कारण पनि झन कठिन भएको छ। तिनीहरुप्रति ममता प्रदर्शित गरेर वास्तविक रुपमा केही हितकारी कार्य गर्नुपर्ने अनुभव मैले गरेको छु। त्यसैले मैले सकेसम्म तिनीहरुलाई सहयोग गरिरहेको छु।"

                 त्यहाँ कार्यरतहरुमध्ये हान जातिका साथीहरु निकै कम भएकाले श्री फान लुंग फैले एक्लोपनको पनि सहन गर्नुपर्छ। आफ्नो परिवार तथा इष्ट-मित्रको सम्झना आउँदा उहाँ टेलिफोन वा इन्टर्नेटमार्फत कुराकानी गर्नुहुन्छ। कहिलेकाहीं उहाँ आफ्ना बुबा-आमा, श्रीमती र छोरीको फोटो अनि आफ्नो जन्मथलोका दृश्यहरु हेरेर मन बुझाउनुहुन्छ।

                 छोछिनको जीवन निकै दुःखपूर्ण भए तापनि यसबाट आफ्नो जीवन अझै सम्पन्न र अर्थपूर्ण भएको विचार श्री फान लुंग फैको छ। आगामी दिनहरुमा स्थानीय सर्वसाधारणहरुका लागि अझ बढी फाइदाकारी कार्य गर्नुपर्ने अठोट उहाँले गर्नुभएको छ। उदाहरणका लागि, सहायता रकम संकलन गरी केही कृत्रिम घाँसे मैदान निर्माण गर्ने, पशुपालकहरुका लागि पाशुपालनको वातावरमा सुधार गर्ने, शहरीबासीका लागि केही साग बजारको निर्माण गर्ने र आफ्नो जिल्लाको सरकारका विभिन्न विभागहरुमा बढी कम्प्युटर आदि सुविधाहरुको व्यवस्था गर्ने आदि।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040