china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    "गेसार" महाकाव्यको संरक्षण सम्बन्धी जानकारीको पहिलो भाग
    (GMT+08:00) 2007-12-21 09:50:39    

                    तिब्बती जातिको "गेसार" नामक महाकाव्यको उत्पत्ति एघारौं शताव्दीदेखि तेह्रौं शताव्दीको बीचमा भएको थियो। यो तिब्बतीहरुले संयुक्त रुपमा सिर्जना गरेको महाकाव्य हो। हालको तथ्यांकअनुसार, यसमा लगभग एक करोड पचास लाख जति अक्षरहरु छन। विगत लामो समयदेखि यता तिब्बती कलाकारहरुले गायनको तरिकामार्फत त्यस महाकाव्यको संरक्षण गरिरहेका छन।

                  "गेसार" महाकाव्यमा प्राचीनकालमा तिब्बतका एकजना बीर पुरुष— गेसारले कठिन अवस्थामा परेका सर्वसाधारणको सहयोग गर्नका लागि भूत-पिचास र खराब मान्छेलाई पराजित गरेको कथा उल्लेख छ। एकजना चिनियाँ विशेषज्ञ सोनाम सेरिंग गेसारले जिन्दगीभरि खराब मान्छेसँग संघर्ष गरेर तिब्बती सर्वसाधारणको जीवनलाई सुगम र सुखमय बनाएको जानकारी दिंदै भन्नुहुन्छः

                    "विश्वमा हालसम्म पाइएका महाकाव्यहरुमध्ये "गेसार" सबैभन्दा लामो छ। प्राचीनकालमा तिब्बती जातिको समाज, इतिहास, राजनीति, अर्थतन्त्र, जातीय आवत-जावत, भाषा, साहित्य, संस्कृति र कला आदि विषयबारेको अध्ययनका लागि यो एउटा महाकोष हो।"

                    चीनको तिब्बत स्वायत्त प्रदेश, स छुआन प्रान्त, युन नान प्रान्त, छिंगहाई प्रान्त र कान्सु प्रान्त आदि तिब्बती जातिको मुख्य बसोबास रहेका क्षेत्रहरुमा "गेसार" महाकाव्यलाई गाउने लोक कलाकारहरु छन। झण्डै एक हजारभन्दा लामो समयदेखि यता तिनीहरुले "गेसार" महाकाव्यलाई गाएर त्यसको प्रचार-प्रसार गर्नेगरेका छन। तिनीहरुमध्येका एकजना चौरासी वर्षीय श्री सामु ग्रुब हुनुहुन्छ। उहाँ "गेसार" महाकाव्यका साठी भन्दा बढी कथाहरु गाउन सक्नुहुन्छ।

                   श्री सामु ग्रुबको जन्म सन 1922 मा तिब्बत्त स्वायत्त प्रदेशको उत्तरमा पर्ने एउटा सानो गाउँमा भएको थियो। त्यो गाउँ तिनताका तिब्बत र बाह्य संसार बीचको आवत-जावतको एक मात्रै बाटो थियो। धेरै ब्यापारी तथा धर्मावलम्बीहरु यसै बाटोबाट आउने-जाने गर्थे। आफ्ना बाजेको राम्रो कारोबारका कारण श्री सामु ग्रुबको परिवार धनी थियो। उहाँका बाजे पनि "गेसार" महाकाव्यका धेरै कथाहरु गाउन सक्नुहुन्थ्यो। सानै उमेरदेखि श्री सामु ग्रुबले सधैं नै आफ्ना बाजेको काखमा बसेर "गेसार" सुन्ने गर्नुहुन्थ्यो जसले उहाँमा ठूलो प्रभाव पारेको छ।

                 आफ्ना बाजेको स्वर्गबास भएपछि श्री सामु ग्रुब निकै दुःखी हुनुभयो। पछि क्रमशः उहाँ शान्त भएर दिनभरि चुपचाप बस्ने गर्नुभएको थियो।

                  एघार वर्षको उमेरमा एक दिन श्री सामु ग्रुब आफ्ना बाख्रा चराउनका लागि पहाडमा जानुभयो। त्यति बेला अकस्मात पानी पर्‍यो। अनि श्री सामु ग्रुब त्यहीं एउटा गुफामा सुत्नुभयो। उहाँले सपनामा पहिले आफ्ना बाजेबाट सुन्नुभएको "गेसार" महाकाव्य फेरि सुन्नुभयो। केही दिनपछि उहाँले फेरि एक पटक सपनामा "गेसार" महाकाव्य सुन्नुभयो। र उठेपछि पनि त्यसमा लेखिएका विषयहरु बिर्सनुभएन। त्यसपछि श्री सामु ग्रुबले जताततै गएर "गेसार" महाकाव्य गाउने गर्नुभयो।

    (क्रमशः)

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040