
यसो भए तापनि श्री सोनाम सेरिंगले प्रयास गर्न छोड्नुभएन। उहाँले आफ्नो नाटकमा ठूलो परिमाणमा नौ पटक संशोधन गर्नुभयो। त्यसपछि त्यसलाई बल्ल मञ्चमा देखाइयो। सो नाटकमा गीत तथा बोली र गायन आदि विभिन्न किसिमको कलालाई मिसाइएको छ। यसका साथै यसको विषयवस्तु सर्वसाधारणको वास्तविक जीवनसित निकै मेल खानेखालको छ। त्यसैले व्यापक दर्शकहरुले यसको ठूलो प्रशंसा गरे। चीनको पहिलो राष्ट्रिय अल्पसंख्यक साहित्य पुरस्कार पनि सोही नाटकले पाएको छ।
आफूले रचेको पहिलो नाटकको सफलताबाट श्री सोनाम सेरिंगलाई निकै प्रेरणा मिल्यो। त्यसपछि उहाँले तिब्बती सर्वसाधारणको जीवनबारे अध्ययन गरी जहाँ-जहाँ पुग्यो त्यही-त्यहीं तिब्बती कथा सुन्ने गर्नुभएको थियो। यसरी नै उहाँले क्रमशः प्रशस्त तिब्बती विशेषतायुक्त प्रहसन कार्यक्रमहरु रच्नुभएको छ। तीमध्ये "गरिबी निवारण गरी धनी होऊन" शिर्षकको रचनाले स्यांग शंगबाट सबैभन्दा ठूलो प्रतिक्रिया जनाइएको छ। यसमा सुधार तथा खुलापनको नीतिबाट तिब्बती किसानहरुलाई धनी पारिएको कुरा देखाइएको छ। तिब्बती जनताको वास्तविक जीवनसित मिलेका कारणले गर्दा यसलाई हेर्न थुप्रै दर्शकहरु विभिन्न ठाउँबाट ल्हासा पुगेका छन। दर्शकहरुले सो स्यांग शंग देखाउने अभिनेताहरुसँग भेटेर यसमा आफ्नो भावना व्यक्त भएको अनुभव सुनाएका छन। यसबारे चर्चा गर्दै सो स्यांग शंग देखाउनुभएका प्रसिद्ध तिब्बती प्रहसन कलाकार टुबदाइनले भन्नुभयोः

"सो स्यांग शंगलाई कति पटक देखाएको भन्ने कुरा म गन्न सक्दिन। अझै पनि प्रशस्त दर्शकहरु यसलाई मन पराउँछन। श्री सोनाम सेरिंगका रचनाहरुको सबैभन्दा ठूलो विशेषता भनेको सर्वसाधारणको जीवनसित सम्बन्धित हुनु हो। यसको प्रदर्शनबाट हामीले पनि धेरै कुरा बुझ्न पाएका छौं।"
विगत बीस वर्षदेखि यता श्री सोनाम सेरिंगले पचासवटा भन्दा बढी तिब्बती नाटक तथा स्यांग शंगको सिर्जना गर्नुभएको छ। यसका अतिरिक्त उहाँले ठूलो परिमाणमा तिब्बती गीत पनि रच्नुभएको छ।
गत शताव्दीको नब्बेको दशकको शुरुमा तिब्बतका सम्बन्धित विभागहरुले तिब्बतको प्राचीनकालीन जातीय कलाको संरक्षण गर्ने उद्देश्यले तिब्बती लोक कलाको ठूलो परिमाणमा शुद्धिकरण तथा प्रकाशन गर्नथालेको थियो। श्री सोनाम सेरिंगले तिब्बती बोली तथा गायन कलाको अध्ययन सम्बन्धी जिम्मा लिनुभएको छ।

तिब्बतको प्राचीन बोली तथा गायन कलाबारे अध्ययन गर्नका लागि उहाँले पन्ध्र वर्षसम्म तिब्बतका हरेक ठाउँ पुगेर थुप्रै सहायक सामग्री संकलन गर्नुभएको छ। उहाँको प्रयासमा हाल तिब्बती बोली तथा गायन कला सम्बन्धी सम्पूर्ण प्रणाली तयार भएको छ।
(क्रमशः)
|