china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतको प्रहसन कार्यमा आसक्त कलाकार सोनाम सेरिंग सम्बन्धी जानकारीको तेस्रो भाग
    (GMT+08:00) 2008-01-18 14:46:34    

                  तिब्बत स्वायत्त प्रदेशको जातीय कला अध्ययन केन्द्रका प्रमुख गाल्सांग खोइज्याईले श्री सोनाम सेरिंगको अध्ययनबाट तिब्बती बोली तथा गायन कलालाई पहिलो पटक अक्षरका सहायताले रिकर्डिंग गरिएको जानकारी दिनुभयो। उहाँले अगाडि भन्नुभयोः

                 "तिब्बती बोली तथा गायन कलाको दशकौं हजार वर्षको लामो इतिहास छ। तर पहिले यसको रिकर्डिंग अक्षरबाट प्रणालीबद्ध रुपमा गरिएको छैन। श्री सोनाम सेरिंगले तिब्बतको बोली तथा गायनबारे पहिलो पटक किताब प्रकाशन गर्नुभएको छ। यसबारे अध्ययन गर्न उहाँले धेरै कठिनाइको सामना गरेर निकै ठूलो प्रयास गर्नुभएको छ। उहाँको प्रयासबाट तिब्बती जातीय कलामा अत्यन्तै ठूलो योगदान पुर्‍याइएको छ। तिब्बती बोली तथा गायन कलाको विकास गर्न र त्यसको बिँडो थाम्नका लागि यसको भूमिका अतुलनीय छ।"

                    श्री सोनाम सेरिंगले दिनुभएको जानकारी अनुसार, हालसम्म विश्वमा थाहा पाइएका बोली तथा गायनमार्फत प्रचलित सबैभन्दा लामो महाकाव्य तिब्बतको "गेसार" हो। सम्बन्धित तथ्यांक अनुसार, त्यसमा एक करोड पचास लाखभन्दा बढी अक्षरहरु छन। तिब्बतको समाज, इतिहास, राजनीति, अर्थतन्त्र, चालचलन, रीतिरिवाज, कला तथा संस्कृतिबारेको अध्ययनका लागि यो एउटा महाकोष नै हो। तिब्बती जातिको यस्तो मूल्यवान सांस्कृतिक सम्पदालाई विश्वको गैर-भौतिक सम्पदाहरुको सूचीमा समावेश गरेर त्यसको संरक्षण अझ राम्ररी गर्नसकिने आशा श्री सोनाम सेरिंगले गर्नुभयो। उहाँले अगाडि भन्नुभयोः

                "हाल घुम्नका लागि तिब्बत पुगेका पर्यटकहरुको संख्या दिन प्रतिदिन बढ्दैआएको छ। तिब्बतले तिनीहरुसमक्ष विविध भौतिक सांस्कृतिक सम्पदाहरु देखाउनुका साथै प्रतिभापूर्ण गैर-भौतिक सांस्कृतिक सम्पदाहरु पनि देखाउनुपर्छ। यसबाट ती पर्यटकहरुले तिब्बतको लामो इतिहास तथा विशेष संस्कृतिबारे अनुभव गर्न सक्छन। कुनै एउटा जातिका लागि आफ्नो जातिको भाषा, संस्कृति र रीतिरिवाजको विशेषताको बिँडो थाम्नु नै एउटा महत्वपूर्ण कर्तव्य हो। तिब्बती जातिको बोली तथा गायन कला विविधताले भरिपूर्ण छ। यसको अध्ययन गर्नुपर्छ र यसलाई अझ समृद्ध पार्नुपर्छ। यसको अस्तित्व मेटिनदिनु पटक्कै हुँदैन।"

               आफ्नो प्रयासमार्फत तिब्बती जातिको प्राचीन तथा विविध प्रहसन कार्य अविच्छिन्न रुपमा विकसित भई आधुनिक समाजमा अझ प्रतिभापूर्ण हुनसक्ने आशा श्री सोनाम सेरिंग गर्नुहुन्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040