
चीनको तिब्बत स्वायत्त प्रदेशको क्षेत्रफल बाह्र लाख वर्गकिलोमिटरभन्दा बढी छ। त्यो लाखौं तिब्बती पशुपालकहरुको बासस्थान हो। घुमन्ते जीवन बिताइरहेका ती पशुलापकहरु पानी तथा घाँस पर्याप्त पाइने ठाउँहरुमा सरेर पशुपालन गर्नेगर्दछन। यातायातको सुविधा नभएका कारण पहिले तिब्बती पशुपालकहरुले उपचारमा ठूलो कठिनाइको सामना गर्नु परिरहन्थ्यो। हालको अवस्था पनि यस्तै छ कि भन्ने प्रश्न लिएर अब हामी नेपालसितको सिमा क्षेत्रमा पर्ने चुंबा जिल्लामा जाऔं।
त्रिचालिस वर्षीय लोसांग तान्चंग चुंबा जिल्लाका एकजना सामान्य पशुपालक हुनुहुन्छ। उहाँकी श्रीमती हाल मुटुको रोगबाट पिडित हुनुहुन्छ। आफ्नी श्रीमतीलाई उपचार गराउन उहाँ आफ्नो जिल्लाको सदरमुकामस्थित जन-अस्पताल आउनुभएको छ। उहाँहरु बस्ने गाउँ र सो अस्पताल बीचको दूरी छ किलोमिटरजति छ। आफ्नो गाउँमा सामान्य रोगको मात्र उपचार गर्नपाइने कुरा बताउँदै श्री लोसांग तान्चंगले भन्नुभयोः
"हामीलाई रुघा लाग्ने, टाउको दुख्ने आदि सामान्य रोग लागेको बेलामा हाम्रो गाउँका चिकित्सकले हाम्रो उपचार गर्नसक्छन। तर ठूलो रोगको उपचारका लागि हामीले जिल्लाको अस्पताल नै पुग्नुपर्छ।"

नेपालसित जोडिएको चुंबा जिल्ला समुद्र सतहदेखि पाँच हजार मिटरभन्दा बढी उचाइमा छ। सो जिल्लाको क्षेत्रफल चालिस हजार वर्गकिलोमिटरजति छ। त्यहाँ बस्ने पशुपालकहरुको संख्या बीस हजारजति छ। त्यहाँको प्राकृतिक वातावरण निकै कठिन देखिन्छ। गत शताव्दीको साठीको दशकमा चुंबा जिल्लाको जन-अस्पतालको निर्माण गरिएको हो। सन 2004 मा सो अस्पतालको तीन तले भवनको निर्माण पूरा भयो। सो भवन हाल स्थानीय बास्तुहरुको द्योतक बनिसकेको छ।
त्यहाँको अन्तरंग विभागमा सेवारत झण्डै साठी वर्ष पुगिसकेकका चिकित्सक निमा तुन्चुले चुंबा जिल्लाको जन-अस्पतालमा काम गर्नथाल्नुभएको झण्डै तीस वर्षभइसक्यो। उहाँ त्यहाँका प्रशस्त स्थानीय पशुपालकहरु चिन्नुहुन्छ। विगत केही वर्षदेखि यता आफू कार्यरत त्यस अस्पतालको अवस्थामा निरन्तर रुपमा सुधार हुँदैआएको कुरा बताउँदै उहाँले भन्नुभयोः

"हाल हाम्रो अस्पतालमा अन्तरंग र बहिरंग विभागका साथै वाल-वालिका तथा महिला उपचार विभाग गरी चारवटा मुख्य विभागहरु छन। पहिले हाम्रो अस्पतालको अवस्था निकै कठिन थियो। तिनताका चिकित्सकहरुसँग रक्तचापमापक यन्त्र र स्टेथेस्कोप मात्र हुन्थ्यो अरु कुनै पनि यन्त्र हुँदैनथ्यो। तर हाल हाम्रो अस्पतालमा मुटुको चापमापक यन्त्र, एक्स-रे मशिन, अल्ट्रासाउण्डलगायतका यन्त्रहरु पनि छन।"
(क्रमशः)
|