china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतको चुंबा जिल्लाको जन-अस्पताल सम्बन्धी जानकारीको दोस्रो भाग
    (GMT+08:00) 2008-02-01 08:51:18    

                चुंबा जिल्लाको सदरमुकाममा बसोबास गर्ने बासिन्दाहरुको संख्या छ सयभन्दा अलि बढी मात्र छ। अन्य गाउँहरुमा छरिएर बस्ने अधिकांश पशुपालकहरुको उपचार गर्न चिकित्सक निमा तुन्चु तथा उहाँका सहकर्मीहरु गाउँ-गाउँमा पुग्नुपर्छ। पहिले यातायातको सुविधा नभएको बेलामा उहाँहरु सधैं औषधिको बाकस बोकेर पैदल वा घोडामा ती गाउँहरु पुग्नुहुन्थ्यो। हाल अस्पतालको आफ्नै गाडी छ। यसबाट ती चिकित्सकहरुलाई निकै सुविधा भएको छ।

                हरेक ग्रीष्म र शरद् ऋतुमा पशुपालनका लागि चुंबा जिल्लाका पशुपालकहरु पाँच/छ महिनाका लागि चाहिने खाने कुरा लिएर आफ्नो घरबाट धेरै टाढाका घाँसे मैदानमा जानेगर्दछन। तिनीहरुका लागि उपचार गराउन सबैभन्दा कठीन अवधि पनि यही नै हो। चुंबा जिल्लामा जम्मा उनान्सठीवटा गाउँ छन। ती हरेक गाउँमा चिकित्सक छन। तर तिनीहरु टाउको दुखेकोजस्ता सामान्य रोगको उपचार मात्र गर्नसक्छन। चुंबा जिल्लामा चिकित्सक निमा तुन्चु जस्तै ठूलो रोगको उपचार गर्नसक्ने चिकित्सकहरुको संख्या चौबीसजना मात्र छ। त्यसैले चिकित्सक निमा तुन्चुलगायतका चिकित्सकहरुले स्थानीय पशुपालकहरुको उपचारका लागि एक वर्षमा तीन चार पटक टाढा-टाढाका गाउँहरु पुग्नुपर्छ।

               केही वर्षअघि श्री चाउ व्है च्युन तिब्बतका लागि सेवा उपलव्ध गराउन भनेर चीनको भित्री भागबाट चुंबा जिल्ला पुग्नुभएको छ। हाल उहाँ चुंबा जिल्लाको स्वास्थ्य ब्यूरोका प्रमुख हुनुहुन्छ। उहाँले आफ्नो जिल्लामा औषधि तथा चिकित्सकको निकै ठूलो अभावको अवधिको अन्त्य भइसके तापनि हालको चिकित्सा तथा स्वास्थ्य अवस्थामा अझ ठूलो सुधार गर्नुपर्ने आवश्यकता रहेको विचार व्यक्त गर्नुभएको छ। यसबारे चर्चा गर्दै उहाँले भन्नुभयोः

              "सर्वप्रथम हामीले चिकित्सकहरुको गुणस्तर तथा क्षमतालाई बढाउनुपर्छ। र, दोस्रो कुरा, चिकित्सकको संख्या अझ बढाउनुपर्छ। यसका अतिरिक्त, घुमन्ते पशुपालकहरुको उपचार गर्ने उद्देश्यले हामीले घुम्ती चिकित्सा प्रणालीको स्थापना गर्नुपर्छ।"

               चीन सरकारले विगत केही वर्षदेखियता धेरै ग्रामीण तथा पशुपालन क्षेत्रहरुमा "नयाँ ढाँचाको सहयोग चिकित्सा व्यवस्था" परिक्षणका रुपमा सञ्चालन गरेको छ। त्यो भनेको के हो भने, चीनको केन्द्रीय सरकार, विभिन्न ठाउँका विभिन्न तहका सरकारहरु र किसान तथा पशुपालकहरुले छुट्टा-छुट्टै रुपमा खर्च बेहोरेर किसान तथा पशुपालकहरुको उपचार सम्बन्धी समस्याको समाधान गर्नु हो। सन 2004 मा चुंबा जिल्लामा पनि सो व्यवस्था लागू भएको छ। श्री चाउ व्है च्युनका अनुसार, हाल चुंबा जिल्लाका सम्पूर्ण पशुपालकहरु सो व्यवस्थामा समेटिइसकेका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040