
एक्काईसौं शताव्दीमा प्रवेश भएपछि तिब्बतको टेलिकम व्यवसायको विकास उचितरुपमा हुँदैआएको छ। प्राप्त जानकारीअनुसार, सन 1999 देखि 2004 सम्म चीनको केन्द्रीय सरकार र चीनको टेलिकम समूहले तिब्बतको टेलिकम व्यवसायको विकासका लागि दुइ अरब चिनियाँ युआन लगानी गरेका छन। सन 2003 को अन्तसम्ममा तिब्बतका सम्पूर्ण— सत्तरीभन्दा बढी जिल्लाका "हरेक गाउँमा टेलिफोनको सुविधा र हरेक जिल्लामा केबल सुविधा" भन्ने लक्ष्यलाई साकार तुल्याइएको छ भने विभिन्न टेलिकम सुविधाको उपयोग गर्ने ग्राहकहरुको संख्या चार लाख बीस हजार पुगेको छ।
"विश्वको छानोको छानो" भनिएको तिब्बतको आली क्षेत्रमा प्राकृतिक वातावरण र मौसम निकै कठिन हुनुका साथै यातायातको सुविधा पनि कमै देखिन्छ। तर केही हजार किलोमिटरसम्मको लामो केबल आली क्षेत्रमा पुर्याइएको छ। त्यस केबलको संरक्षकहरुले नियमित रुपमा तिनको निरीक्षण र संरक्षण गर्नेगरेका छन। यसबारे चर्चा गर्दै चीनको टेलिकम समूहको तिब्बत शाखा कम्पनी अन्तर्गत आली क्षेत्र शाखाका प्रबन्धक चांग स्याउ हुले भन्नुभयोः

"सन 1997 पछि हामीले आफ्नो क्षेत्रमा एउटा उपग्रह प्रणाली खडा गरेका छौं। यसबाट हाम्रो क्षेत्रमा सञ्चारको आवश्यकता आधारभूत रुपमा पूरा गरिएको छ। सन 2004 को मे महिनासम्ममा आली क्षेत्रका हरेक जिल्लामा टेलिफोन प्रणाली तथा केबल र इन्टर्नेटको सुविधा पुगेको छ।"
हाल तिब्बतमा किसान तथा पशुपालकहरुको सञ्चारको आवश्यकता आधारभूत रुपमा पूरा भइसकेको छ। आगामी दिनहरुमा अझ उच्च स्तरीय इन्टर्नेट प्रविधिमार्फत अझ बढी केबल तानेर यसलाई अझ पूर्णता दिने योजना सम्बन्धित विभागहरुले गरेका छन। यसबारे चर्चा गर्दै चीनको टेलिकम समूहको तिब्बत शाखा कम्पनीका उप-प्रबन्धक स्यु फु फिंगले भन्नुभयोः
"तिब्बतमा छ हजारभन्दा बढी गाउँहरु छन। तीमध्येका दुइ हजारभन्दा बढी गाउँहरुमा हाल टेलिफोनको सुविधा उपलव्ध गराइसकिएको छ। अन्य चार हजारजति गाउँहरु अझै यस सुविधाबाट बञ्चित छन। टेलिफोनको सुविधा पुगिसकेका ती दुइ हजारभन्दा बढी गाउँहरुको वातावरण केही राम्रो देखिन्छ। बाँकी चार हजार जति गाउँहरुको अवस्था अझै कठिन देखिन्छ। ती गाउँहरु आ-आफ्नो जिल्लाको सदरमुकामदेखि निकै टाढा छन भने त्यहाँको प्राकृतिक वातावरण पनि कठिन छ र यातायातको सुविधा पनि छैन। तापनि हामी यस अवस्थामा सुधार ल्याउनका लागि सम्भव भएसम्मको प्रयास गर्नेछौं।"

|