china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बती चालक र स्वीजर्ल्याण्डेली पर्यटकबीचको मित्रता सम्बन्धी जानकारीको पहिलो भाग
    (GMT+08:00) 2008-02-22 14:42:12    

                  विश्वको छानो भनिएको चीनको तिब्बतले हरेक वर्ष चीनभित्र र बाहिरका लाखौं लाख पर्यटकहरुलाई भित्र्याउने गरेको छ। ती पर्यटकहरुलाई सबैभन्दा बढी सहयोग दिने मानिसहरु पथ-प्रदर्शकका अतिरिक्त चालकहरु पनि हुन। टारभूमिमा पर्यटकहरुको सेवाका लागि मोटर चलाउने एक हजारभन्दा बढी चालकहरुमध्ये तान्चंग छ्युन्फै एकजना हुनुहुन्छ।

                  पैंत्तीस वर्षीय तान्चंगले मोटर चलाउन थाल्नुभएको दश वर्षभन्दा बढी भैसकेको छ। उहाँले पर्यटकहरुका लागि मोटर चलाउनुका साथसाथै उनिहरुका लागि दोभाषे तथा पथ-प्रदर्शकको सेवा पनि उपलव्ध गराउनेगर्नुभएको छ। उहाँको उत्साहजनक सेवाको प्रशंसा थुप्रै पर्यटकहरुले गरेका छन।

                   माध्यमिक शिक्षा हासिल गरेपछि श्री तान्चंगले मोटरको मरम्मतसम्बन्धी तालिम लिनुभएको थियो। त्यसपछि उहाँले तिब्बतको एउटा पर्यटन एजेन्सीका लागि गाडी चलाउने काम गर्नुभयो। तर यसबाट हुने आम्दानी निकै कम थियो। त्यसैले आफ्नै गाडी चलाएर पर्यटकहरुको सेवा गरेर बढी आम्दानी प्राप्त गर्ने उहाँको इच्छा थियो।

                   सन 2003 को जुलाईमा श्री तान्चंगले स्वीजर्ल्याण्डबाट आएको एउटा पर्यटक टोलीलाई मध्य र दक्षिणी तिब्बतमा घुमाउनुभयो। भ्रमणका क्रममा श्री तान्चंगले ती पर्यटकहरुको राम्रो सेवा गर्नुभयो। अन्तमा उक्त टोलीका प्रमुखले श्री तान्चंगलाई धन्यवादस्वरुप दश हजार चिनियाँ युआनभन्दा बढी रकम दिनुभएको थियो। त्यस रकमबाट श्री तान्चंगले आफ्नो परिवारको जीवनस्तरमा सुधार गर्न पाउनुभयो। दुइ महिनापछि उक्त स्वीजर्ल्याण्डेली पर्यटक टोलीका प्रमुखले अर्को एउटा टोली ल्याएर तिब्बत पुग्नुभयो। उहाँले श्री तान्चंगलाई फेरि आफ्नो सहयोगका लागि बोलाउनुभयो। यस पटकको सेवाबाट श्री तान्चंगको जीवनमा अत्यन्तै ठूलो परिवर्तन आयो।

                   भ्रमणका क्रममा उक्त स्वीजर्ल्याण्डेली टोलीका प्रमुखले एउटा, आफ्नै, गाडी किन्ने श्री तान्चंगको इच्छा रहेको कुरा थाहा पाउनुभयो। आफ्नो टोलीको भ्रमण समाप्त भएपछि श्री तान्चंगलाई एउटा गाडी दिने वचन उहाँले दिनुभयो। तर तान्चंगले उहाँको कुरामा विश्वास गर्नसक्नुभएन। ती टोली प्रमुखले ठट्टा गर्नुभएको भन्ने उहाँले सोच्नुभयो। सो पर्यटक टोली ल्हासा फर्केको दिन उक्त प्रमुखले श्री तान्चंगलाई गाडी किन्न जाने प्रस्ताव गर्नुभयो। यो कुरा सुनेर श्री तान्चंग छक्क पर्नुभयो। त्यसको भोलिपल्ट श्री तान्चंग आफ्नै गाडी चलाएर घर फर्कनुभयो। यसबारे चर्चा गर्दै उहाँले भन्नुभयोः

                  "त्यति बेला मैले विश्वासै गर्न सकिन। मेरी श्रीमतीले पनि विश्वास गरिनन। हामीलाई सपना देखिरहेको जस्तै भयो।"

    (क्रमशः)

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040